साताको कारोबारको पहिलो दिन आइतबार बजार खुलेको केही समयमै नेप्से परिसूचक ३ हजारको बिन्दुमा पुगेको थियो । यसअघि गत वर्षको साउन ३१ गते बजार ३०००.१ बिन्दुसम्म पुगेको थियो । आज यो बिन्दु पार भएको हो ।
शेयर कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.४४ अंकले घटेको छ ।
नेप्सेमा २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से घटेर २९६४.२० अंकमा आइपुगेको हो ।
आइतबार नेप्सेमा शेयर कारोबार हुँदा ६३ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भयो भने १८६ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । समग्रमा नेप्से परिसूचक घट्दा नेप्सेको पुँजीकरण पनि ०.६१ प्रतिशतले घटेको छ ।
आइतबार नेप्सेमा भएको शेयर कारोबारमा समता घरेलु लघुवित्तका शेयर कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने नारायणी डेभलपमेन्ट बैंकको शेयर कारोबारीले सबैभन्दा धेरै गुमाएका छन् । आजको कारोबारमा डेभलपमेन्ट बैंक, म्यानुफ्याक्चरिङ, लघुवित्त, म्यूचुअ फन्ड र व्यापार समूह बाहेक अन्यको सूचक घटेको छ ।






Discussion about this post