अहिले केही कलाकारले सामाजिक संजालमा आफूमाथि हुने घृणाजन्य अभिव्यक्तिविरुद्ध ‘प्रतिरोध अभियान’ चलाइरहेका छन् ।
ऋचा शर्मा, एलिना चौहान, समीक्षा अधिकारी, गरिमा शर्माले आफूविरुद्ध अमर्यादित टिप्पणी गर्नेको आइडी सार्वजनिक गरिरहेका छन् ।
उनीहरूको अभियानलाई साथ दिने सेलिब्रेटी र सर्वसाधारण खुलेर अघि आइरहेका छन् । गायक रामकृष्ण ढकालले पनि एलिना र समीक्षाको ‘प्रतिरोध अभियान’लाई समर्थन जनाएका छन् ।
सामाजिक संजालका केही फेक र रियल आइडीबाट केहीले आफूविरुद्ध अत्याचार गरिरहेको जनाउँदै गायक ढकालले ४ वटा सामाजिक संजालका आइडी सार्वजनिक गरेका छन् ।







Discussion about this post