HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

घरमा किन रोपिन्छ तुलसी ?यस्ता छन् फाइदा जानिराखौं

अप्सरा आचार्य by अप्सरा आचार्य
११ महिना अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आज  हिन्दु परम्परा अनुसार मठमा तुलसी रोप्ने दिन । नेपाल नेपाल, भारतलगायतका विभिन्न देशमा मठमा तुलसी रोपिन्छ। धार्मिक दृष्टिले यसलाई भगवान विष्णुको स्वरुपमा लिइन्छ । तर, तुलसीका अनेकन फाइदा छन् भन्ने कुरा आम मानिसलाई कमै मात्र थाहा छ ।

घरमा तुलसी राख्दा सुख, समृद्धि प्राप्त हुने चर्चा पनि गरिन्छ । धार्मिक दृष्टिले सो विषयलाई पनि अथ्र्याउने प्रयास गरिएको छ । वैज्ञानिक रुपमा तुलसीको फाइदा अपरम्पार रहेको जानकारहरु बताउँछन् । यसमा रहेको औषधीय गुण मानव स्वास्थ्यका लागि बहुउपयोगी मानिने आयुर्वेदका जानकारहरुको भनाइ छ ।

यसलाई महत्वपूर्ण जडिबुटीको श्रेणीमा राखिएको छ । किनकी रुघा तथा खोकी लाग्दा तुलसीको प्रयोगले विशेष फाइदा दिन्छ । तुलसीको पात र दानाका आ–आफ्नै खालका विशेषता रहेका छन् । यसको औषधीय लाभका बारेमा राम्रै खोज पनि भएको छ ।

यो एक प्रकारको सुगन्धित वनस्पती पनि हो । यसले वायु मण्डलमा रहेका दुषित हावालाई समेत स्वच्छ बनाउन सहयोग गर्छ । यो एक किटाणुनाशक वनस्पती समेत हो । त्यसकारण यसको बहुउपयोग रहेको छ ।

खोज तथा अनुसन्धानमा संलग्नहरुका अनुसार खासमा तुलसी ५ प्रकारका पाइन्छन् । तर पनि प्रचलित भने सेतो र कालो प्रजातिका तुलसी मात्रै रहेका छन् । यसको सेवनबाट खानपान तथा प्रदुषणका कारणले उत्पन्न हुने विकारलाई हटाउन सहयोग गर्दछ । पेट सफा गर्दछ भने यसले रक्तसञ्चार प्रणालीलाई पनि बलियो बनाउन सहयोग पुर्याउँछ । तुलसीमा एन्टिअक्सिडेन्ड नामक तत्वले मानव शरीरलाई फाइदा दिन्छ ।

सामान्यरुपमा पनि तुलसीको पात, बीउ, हाँगा, जरा आदि सबैजसो भाग औषधीय गुणले युक्त रहेको आम धारणा रहेको छ । धोइ पखाली गरेर तुलसीको पात त्यसै पनि खान सकिन्छ । यस्तै, पातलाई सुकाएर चियाको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

तुलसी सेवन गर्दा पाचनक्रिया सक्रिय पार्ने, भोक जगाउने, झाडाबान्ता रोक्ने काम गर्ने आयुर्वेदमा उल्लेख गरिएको छ । यस्तै, कलेजोको क्षमतामा समेत वृद्धि गर्ने चिकित्सकहरुको भनाइ छ ।

ह्वासको दुर्गन्ध हटाउन तथा हड्डी बलियो बनाउन एवम् अनुहारको दाग हटाउन समेत तुलसी लाभदायी मानिन्छ ।

आयुर्वेदका अनुसार चिसो वा मर्की लागेमा वा हल्का ज्वरो आउँदा तुलसीको पात, मरिच र मिस्री पानीमा पकाएर पनि पिउन सकिन्छ ।

तुलसीमा एन्टी–ब्याक्टेरियल तत्व हुने भएकाले घाउ तथा चोटपटक नियन्त्रण गर्न समेत यसको उपयोग गरिन्छ । पुरुषमा हुने यौन दुर्बलता हटाउन समेत तुलसी लाभकारी हुने अध्ययनबाट प्रष्ट भएको छ ।

Previous Post

अमेरिकामा बाढीले हालसम्म ५१ जनाको मृत्यु, २७ बेपत्ता

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज सोमवार,कस्तो छ तपाईंको राशिफल ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज सोमवार,कस्तो छ तपाईंको राशिफल ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.