HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

फिल्म हिट भएपछि फिल्मको लाइन लाग्ने रहेछ – अन्जना बराईलि

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अञ्जना बराइली पछिल्लो समयकी ‘डिमान्डेड’ अभिनेत्री हुन् । ‘महापुरुष,’ ‘पुजार सार्की’ र ‘पूर्णबहादुरको सारङ्गी’जस्ता लगातार हिट फिल्ममा ह्याट्रिक गरेकी उनलाई अहिले फिल्मको लाइन लागेको छ । धेरै फिल्म अफर भएपछि छान्न गाह्रो हुन्छ नै । उनी पनि कुन गर्ने, कुन नगर्ने प्रेसरमा छिन् ।

फिल्म हिट भएपछि कलाकारलाई नयाँ प्रोजेक्टको लाइन लाग्नु स्वाभाविक भएको अञ्जना बताउँछिन् । ‘मलाई पनि अहिले धेरै प्रोजेक्ट आइरहेको छ । छानेर मात्र केही प्रोजेक्ट लिने गरेकी छु,’ उनले भनिन्, ‘धेरै आएपछि कुन गर्ने, कुन नगर्ने भन्ने छान्न कठिन हुँदोरहेछ ।’ नयाँ फिल्म छान्दै गर्दा एकदमै प्रेसर, डर हुने बताउने उनी कतिपय निर्माता–निर्देशक यसले फिल्म खेल्यो भने हिट हुन्छ भनेर समेत आउने सुनाउँछिन् । भनिन्, ‘यसले कलाकारलाई प्रेसर फिल गराउँदो रहेछ ।’

गत आइतबार नयाँ फिल्म ‘परिवर्तन’ साइन् गरेकी अञ्जनाको फिल्म छान्ने आफ्नै तरिका छ । पहिलो फिल्मको कन्टेन्ट कस्तो छ भनेर हेर्छिन् । त्यसपछि कन्टेन्टसँग जोडिने पात्रमा ध्यान दिन्छिन् । अनि आफ्नो चरित्र र टिमवर्क चित्त बुझ्दो भए मात्र काम गर्ने उनको बानी छ । सायद, त्यसैले पनि होला, उनलाई फिल्म अभिनयमा सुरुदेखि नै सफलता प्राप्त भइरहेको छ । उनलाई सफलता नमिलेको भनेको केही अगाडि प्रदर्शित फिल्म ‘डोरी’बाट मात्र हो । अञ्जना अभिनित नयाँ फिल्म ‘महाभोज’ बिहीबारबाट दर्शकमाझ आउने तयारीमा थियो । तर, विभिन्न आन्दोलन तथा विषम परिस्थितिका कारण उत्पन्न असहज अवस्थालाई दृष्टिगत गर्दै फिल्मको रिलिज स्थगित गरिएको छ । फिल्म जहिले रिलिज भएपनि कन्टेट र पात्र बलियो भएकोले यसले भने सफलता हातपर्नेमा उनी विश्वस्त छिन् । ‘महाभोज’ अभिनय यात्राको अर्को खुड्किलो साबित हुनेछ भन्ने उनको विश्वास छ ।

अहिलेसम्मको फिल्ममा अञ्जना गाउँले भूमिकामै देखिँदै आएकी छिन् । त्यसैले उनलाई सधैँ ‘गाउँले पात्र’ भन्ने आरोप समेत लाग्दै आएको छ । यस फिल्ममा भने उनले सहरिया युवतीको भूमिका निर्वाह गरेकी छन् ।

फिल्म अभिनय नयाँ नभए पनि भूमिकाको हिसाबले नयाँ अनुभव मिलेको उनी बताउँछिन् । सहरमै हुर्किएकी उनी यसअघिका सबै फिल्ममा गाउँले भूमिका हुनु संयोग मान्छिन् ।

फिल्मको नाम ‘महाभोज’ । यो कस्तो महाभोज ? धेरैका  जिज्ञासा हुन सक्छ । ‘मानिसहरू भोज भनेपछि खानेकुरासँग जोड्नुहुन्छ । फिल्मले भने सहकारी ठगी र त्यसले ल्याउने पारिवारिक, सामाजिक तथा राजनीतिक द्वन्द्वको कथा भन्छ,’ अञ्जना थप्छिन्, ‘फिल्मको कथा घर घरको कहानी हो ।’

‘महाभोज’ दिनेश राउतले निर्देशन गरेको फिल्म हो । फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, गौमाया गुरुङ र मलिका महतको मुख्य भूमिका छ । दिनेश र आर्यनसँग उनले ‘पुजार सार्की’मा सहकार्य गरेकी थिइन् ।

दयाहाङ राई, खगेन्द्र लामिछाने, गौमाया गुरुङ र मलिका महतसँग पहिलो सहकार्य हो । सबैसँगको सहकार्य एकदमै स्मरणीय भएको उनी बताउँछिन् । यीमध्ये खगेन्द्र अभिनयका लागि झनै सजिलो कलाकार रहेको अञ्जनाले अनुभव गरेकी छन् ।

‘खगेन्द्र दाईसँग ३, ४ वर्ष अगाडि एउटा म्युजिक भिडियोको सिलसिलामा जोडिएको थिए । उहाँले अभिनय गरेको होइन, प्रोजेक्ट उहाँको थियो । त्यसरी चिनजान थियो,’ उनी भन्छिन्, ‘खगेन्द्र दाइ पहिले हिटलर टाइपको हुनुहुन्छ जस्तो लाग्थ्यो । काम गर्दा व्यवहार एकदमै सरल पाएँ ।’ ‘पशुपति प्रसाद,’ ‘टलक्कजंग भर्सेज टुल्के’लगायत फिल्मसमेत हेरेको बताउने उनी खगेन्द्रसँग काम गर्ने सपना यस फिल्मले पुर्‍याएको सुनाउँछिन् ।

अञ्जनाले धेरै राम्रा कलाकारसँग सहकार्य गर्ने अवसर पाएकी छन् । त्यसैले उनमा नयाँ प्रोजेक्टमा नयाँ नयाँ कलाकारसँग काम गर्ने चाहना छ ।

पछिल्लो समय फिमेल बेसमा फिल्म कम बनेका छन् । यस्ता फिल्म वृद्धि भए हुन्थ्यो भन्ने धारणा राख्ने उनको महिला मुख्य भूमिकामा रहेको फिल्मसमेत अभिनय गर्ने इच्छा छ ।

२०७९ कात्तिकमा प्रदर्शित फिल्म ‘महापुरुष’बाट अभिनय डेब्यु गरेकी अञ्जनाको छोटो समयमै फिल्मी यात्रा राम्रो भएको छ । यस्तो यात्रा उनले कहिल्यै कल्पना गरेको थिइनन् रे ।

‘कलाकार बन्छु, फिल्म क्षेत्रमा काम गर्छु भन्ने बच्चैदेखिको सपना त हो तर ‘महापुरुष’बाट त्यति छिटो अभिनयमा भित्रिन्छु र अहिलेको अवस्था आउँछु भन्ने कल्पना थिएन’ अञ्जना भन्छिन्, ‘महापुरुष अडिसन लिएर छानिएको हो । खै अहिलेसम्म कसरी आए आफैलाई अचम्म लागिरहेछ ।’

Previous Post

ऊनको स्वीटर’ फिल्मले अहिले सम्म कति कमायो ?

Next Post

मनसुन भित्रिएसँगै कुन कुन ठाउँमा भारी वर्षा हुँदै छ ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मनोरञ्जन

अनमोल केसीको फिल्म ‘जेरी अन टप’ आजदेखि देशब्यापी प्रदर्शनमा- ओपनिङ सुखद

by अप्सरा आचार्य
८ महिना अगाडि
0
1.2k

फिल्म 'जेरी अन टप' शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ र प्रारम्भिक ओपनिङ सुखद देखिएको छ। फिल्मले सुखद ओपनिङ गर्ने संकेत...

Read more

रातको १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

८ महिना अगाडि
1.2k

पल शाहको फिल्म ‘मोहर हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

९ महिना अगाडि
1.2k

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

९ महिना अगाडि
1.2k

अन्ततः आयो विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ (भिडिओसहित)

१० महिना अगाडि
1.2k
Next Post

मनसुन भित्रिएसँगै कुन कुन ठाउँमा भारी वर्षा हुँदै छ ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.