नारायणगढ–
चितवनको नारायणगढ जेष्ठ ८ –मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर–२९ गाइघाटमा बिहीबार बिहान दुई ट्रक एक आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।
बिहान ६ः५० बजे नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ९८९७ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा दुबै ट्रकका अगाडिका भागमा ठूलो क्षति पुगेको छ। चालकहरू च्यापिएको अवस्थामा उद्धार गरी चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य घाइते यात्रुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।







Discussion about this post