HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

गर्भावस्थामा यौनसम्पर्क गर्नु हुन्छ कि हुँदैन ?यसबारे जानौं

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गर्भावस्था महिलाका लागि जीवनको सबैभन्दा विशेष र सुन्दर, तर संवेदनशील समय हो । यस समयमा मन र शरीरमा धेरै परिवर्तनहरू हुन्छन् । यी परिवर्तनका बीचमा गर्भवती महिलाको मनमा धेरै प्रश्नहरू पनि उठ्छन् ।

धेरै प्रश्नहरू मध्ये एउटा प्रश्न गर्भावस्थामा यौनसम्पर्क गर्नु हुन्छ कि हुँदैन ? भन्ने पनि उठ्न सक्छ । तर यस विषयमा दम्पती खुलेर कुरा गर्न सक्दैनन् । यो प्रश्नको बारेमा धेरै भ्रमहरू पनि समाजमा व्याप्त छ । यस्तोमा यसबारे चिकित्सा विज्ञानले के भन्छ त ?

चिकित्सा विज्ञान के भन्छ ?

यदि गर्भावस्था सामान्य छ र कुनै जटिलता छैन भने यौनसम्पर्क पूर्ण रूपमा सुरक्षित हुनसक्छ ।  आमाको गर्भमा शिशुलाई एम्नियोटिक तरल पदार्थ र पाठेघरको बलियो लेयरले सुरक्षित राख्छ, त्यसैले सामान्यतया यौनसम्पर्कले बच्चालाई कुनै हानि गर्दैन ।

यसको अर्थ गर्भमा हुर्किरहेको बच्चा आमाको गर्भ, बलियो मांसपेशी र एम्नियोटिक तरल पदार्थको तहले राम्रोसँग सुरक्षित हुन्छ । यसका साथै, पाठेघरको मुख (सर्भिक्स) लाई म्युकस प्लगले बन्द गरिन्छ, जसले ब्याक्टेरिया र सङ्क्रमणबाट सुरक्षा प्रदान गर्छ । अर्थात्, यदि कुनै जटिलताहरू छैनन् भने, यौनसम्पर्कले गर्भमा रहेको बच्चालाई कुनै हानि गर्दैन।

के छ फाइदा ?

यदि महिला कुनै समस्याबाट पीडित छैनन् र डाक्टरले निषेध गरेका छैनन् भने, पार्टनरसँग बस्दा भावनात्मकसँगै या‌ैन सम्बन्ध राख्न सकिन्छ । यस समयमा, गर्भवती महिलालाई आफ्नो पार्टनरको निकटता र माया चाहिन्छ ।

यसले हर्मोनलाई आराम दिन्छ, जसले तनाव कम गर्छ ।यौनसम्पर्ककाे क्रममा चरम सुखपछि शरीर र मनले आराम महसुस गर्छ । रक्तसञ्चारमा सुधार हुन्छ, जसले आमा र बच्चा दुवैलाई फाइदा पुर्‍याउँछ ।

कुन अस्थामा यौनसम्पर्क नगर्ने ?

गर्भ रहेका बेला केही विशेष  चिकित्सा अवस्थाहरूमा, डाक्टरले यौन सम्पर्कबाट नराख्न सल्लाह दिन्छन् । यी मध्ये एक हो ‘प्लासेन्टा प्रिभिया’ । यो भनेको प्लेसेन्टा (साल) ले पाठेघरको तल्लो भाग ढाकेको अवस्था हो ।

समय पूर्व प्रसवको जोखिम भएको अवस्थामा पनि यौनसम्पर्क गर्नुहुँदैन । समय पूर्व प्रसवको जोखिम भन्नाले विगतमा पनि समय पूर्व प्रसव भएको छ भने बुझिन्छ ।

गर्भावस्थामा बारम्बार रक्तस्राव भएमा, एम्नियोटिक तरल पदार्थ चुहिएमा अर्थात् पानीको फोका फुटेकाे अवस्थामा पनि यौन सम्पर्क नगर्न सल्लाह दिइन्छ ।

जुम्ल्याहा बच्चाहरू भएमा पनि गर्भावस्थामा, जोखिम अलि बढी हुन्छ ।

पहिले गर्भपतन वा गर्भावस्थाको जटिलता भएको छ भने पनि सावधानी अपनाउनु पर्ने हुन्छ ।

यी कुराहरूमा ध्यान दिनुपर्छ

गर्भावस्थाको पहिलो तीन महिना र अन्तिम तीन महिना यौन सम्बन्ध राख्दा विशेष ध्यान दिनुपर्छ । पहिलो तीन महिना र अन्तिम तीन महिना लापरबाही गरियो भने गर्भपातको जोखिम बढ्छ ।

गर्भावस्थामा यौनसम्पर्क गर्दा सुरक्षित आसन छनोट गर्नुपर्छ । पेटमा दबाब पर्ने कुनै पनि आसनमा अपनाउनु हुँदैन । सरसफाइमा ध्यान दिनुपर्छ ।  सरसफाइले सङ्क्रमणको जोखिम कम गर्छ । विभिन्न सङ्क्रमणबाट बच्नका लागि कन्डम प्रयोग गर्नुपर्छ ।

यदि दुखाइ, रक्तस्राव वा असुविधा महसुस भयो भने, तुरुन्तै यौनसम्पर्क रोक्नुपर्छ । र, याैन मज्जा प्राप्त हुने विकल्प राेज्नुपर्छ ।

– गर्भावस्थामा याैनसम्बन्धकाे मामिलामा डाक्टरसँग खुलेर आफ्ना कुरा गर्नुपर्छ ।  हिचकिचाहटमा कुनै पनि निर्णय गर्नुहुँदैन ।

-आफ्नो पार्टनरसँग सञ्चार कायम राख्नुपर्छ । जबरजस्ती यौनसम्पर्क गर्नुहुँदैन ।

-शारीरिक संकेतहरूमा ध्यान दिनुपर्छ । पेटमा दबाब दिने आसनहरू अपनाउनु हुँदैन ।

-सबै कुरा सामान्य भएपछि मात्र अगाडि बढ्नुपर्छ, असुविधा, पीडा वा डरलाई बेवास्ता गर्नुहुँदैन ।

Previous Post

घाइते शिक्षकहरुको उपचार सरकारले गर्नुपर्छ -सभापति डिपी अर्याल अर्याल

Next Post

आज चिया दिवस : तीन अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

आज चिया दिवस : तीन अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.