सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ९.९६ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.३६ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय ८८.३२ विन्दुमा ओर्लेको छ ।
आइतबार र सोमबार पनि घटेको नेप्सेले मंगलबार पनि सोही प्रवृति पछ्याएको हो ।सो दिन कारोबारमा आएकामध्ये ८६ कम्पनीको सेयर मूल्य बढ्यो भने १६० वटाको घट्यो र एउटा कम्पनीको स्थिर रहयो ।
७१ हजार ६ सय ९४ पटकको सेयर कारोबारमा २ करोड २५ लाख ५५ हजार ७ सय १३ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ८ अर्ब ३२ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको हो । सोमबार ८ अर्ब ७७ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्यको परिसूचक बढे । तर, बाँकी सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्से झन्डै दोहोरो अंकले घटेको हो ।






Discussion about this post