HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

नेकपा एमालेको भवनबाट २ लाख ५० हजार बढीको सामग्री चोरी

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कपिलवस्तु –

कपिलवस्तु नगरपालिका वडा नम्बर १, समयमाई मन्दिर छेउमा निर्माणाधीन नेकपा एमालेको भवनबाट २ लाख ५० हजार रुपैयाँ बढीको निर्माण सामग्री चोरी भएको छ।

मंगलबार राति कोही नभएको मौका छोपी चोरहरूले छड, ग्राइन्डर मेसिन, ब्याट्री, तारलगायत सामग्री चोरेर लगेका छन्।

निर्माण कम्पनी सनाया कन्स्ट्रक्सनका साझेदार अभिषेक पाण्डेयले १६ एमएमदेखि २० एमएमसम्मका छड, ग्राइन्डर मेसिन, तारसहित ढाई लाखभन्दा बढीको सामग्री चोरी भएको बताए।

यो भवन ६२ लाखभन्दा बढीको ठेक्कामा निर्माण भइरहेको छ। पाण्डेयका अनुसार, लेबर र मिस्त्री बिदामा गएको बेला कोही नभएको मौका छोपी चोरहरूले सामग्री चोरेका हुन्। उनले भने, ‘प्रतिस्पर्धाका आधारमा ४० प्रतिशत कम लागतमा भवन निर्माणको जिम्मा लिएका थियौं, तर सामग्री चोरी हुँदा हामी समस्यामा परेका छौं।’

यसअघि १० दिन अगाडि पनि त्यही ठाउँमा चोरी भएको थियो। त्यतिबेला चोर र सामग्री फेला पारी चेतावनी दिएर छाडिएको पाण्डेयले बताए। एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले निर्माण कम्पनीले ढाई लाखभन्दा बढीको सामग्री चोरी भएको मौखिक जानकारी दिएको बताए। उनले भने, ‘रखेडीका लागि मान्छे राख्न भनेका थियौं, तर कम्पनीले आनाकानी गर्‍यो, जसले चोरहरूको मनोबल बढ्यो।’

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनमणि अधिकारीले भने एमाले भवनको सामग्री चोरीबारे कुनै जानकारी नभएको बताए। उनले यो विषयमा बुझ्ने बताए। यसअघि तीन महिनाअघि सिद्धार्थ टोल, घिमिरे टोल र क्याम्पस टोलमा भएको लाखौंको सुन र नगद चोरीका घटनामा पनि प्रहरीले चोर पक्राउ गर्न सकेको छैन।

Previous Post

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच करिब एक घन्टा कुराकानी -के के भयो छलफल ?

Next Post

सेयरबजार परिसूचक नेप्से ९.७५ अंकले वृद्धि

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

सेयरबजार परिसूचक नेप्से ९.७५ अंकले वृद्धि

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.