HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

१२ कक्षा पास गरेर २० वर्ष पूरा गरी विवाह गर्ने छोरीलाई ५० हजार पुरस्कार

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

बालविवाह न्यूनीकरण तथा शैक्षिकस्तर सुधारका लागि  सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकाले छोरीलाई दिन थालेको ‘प्रोत्साहन रकम’ प्रभावकारी बन्दै गएको छ ।

यहाँ व्याप्त रहेको बालविवाह तथा छोरीलाई नपढाउने प्रचलन न्यूनीकरणका लागि पालिकाले प्रोत्साहन रकम दिन सुरु गरेको हो ।

आर्थिक वर्ष २०७९–८० देखि पालिकाले १२ कक्षा पास गरेर २० वर्ष पूरा गरी विवाह गर्ने छोरीलाई ५० हजार रुपैयाँ प्रोत्साहन रकम दिन सुरु गरेसँगै स्नातक अध्ययन गर्ने छोरीलाई क्याम्पस भर्ना गर्न रु ११ हजार सहयोग गर्ने निर्णय गरेको थियो ।पालिकाले सुरु गरेको उक्त अभियानले समाजमा बालविवाह न्यूनीकरण तथा छोरीको पठनपाठनमा सकारात्मक प्रभाव पारेको स्थानीय शिक्षक रामएकवाल महतोले बताए । मधेसका आर्थिक अवस्था कमजोर भएका, अल्पसङ्ख्यक, पिछडिएको समाजमा अझै पनि छोरीलाई धेरै पढाउन हुन्न भन्ने मानसिकता रहेकाले सोको न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएको उनले जानकारी दिए ।

कक्षा ७–८ पढ्दापढ्दै विवाह गरेर पठाइदिने प्रचलनले समाजमा छोरीको शैक्षिकस्तर माथि उठ्न नसकेको शिक्षिका रमा सिंहले बताइन् । बालविवाह न्यूनीकरण तथा शैक्षिकस्तर सुधारका लागि पालिकाले छोरीलाई दिन थालेको ‘प्रोत्साहन रकम’ प्रभावकारी बन्दै गएको उनको भनाइ छ ।

गरिब तथा विपन्न समुदायमा चाहेर पनि पढाउन सक्ने अवस्था नहुँदा पालिकाले दिने प्रोत्साहन रकमले ठूलो राहत पुगेको स्नातक तहमा अध्ययनरत शोभा कुमारीले बताइन् । ‘मैले कक्षा १२ पास गरेर २१ वर्षको उमेरमा विवाह गरेँ,’ उनले भनिन्, ‘विवाहको मण्डपमा पुगेर पालिकाका प्रतिनिधिले ५० हजारका प्रोत्साहन रकम दिए । परिवारको आयस्रोत नभएकाले मैले पढ्न सक्ने अवस्था थिएन । सोही रकमले अहिले स्नातक तह अध्ययन गरिरहेकी छु ।’

दुई दिदीमध्ये एकजना निरक्षर र एक जनाले कक्षा ७ सम्म पढेकाले आफूले पढेर सक्षम नागरिक बन्ने सपना देखेको शोभाको भनाइ छ । ‘म अहिले पनि सामाजिक संस्थामा आबद्ध भएर काम गरिरहेकी छु,’ उनले भनिन्, ‘पढेर शिक्षक बन्ने र समाजमा ज्ञानको ज्योति फैलाउने चाहना छ ।’ गाउँपालिकाले आफ्नो योजनामा सहयोग गरिरहेको उनले बताइन् ।

सबनमकुमारी चौधरी बहुमुखी क्याम्पस बयलबासमा स्नातक तह दोस्रो वर्ष अध्ययन गरिरहेकी छिन् ।

पालिकाले पठनपाठनलाई निरन्तरता दिन चाहने छोरीका लागि प्रोत्साहन योजना ल्याएपछि उच्च शिक्षा पढ्न सजिलो भएको उनले बताइन् । ‘पठनपाठनको आर्थिक बोझ नहुने भएपछि परिवारले सहयोग गर्न थाल्नुभएको छ । क्याम्पस भर्ना गर्न लिएको ऋण पालिकाले दिएपछि परिवारलाई पनि सहज भएको छ,’ उनले भनिन् ।

चन्द्रनगर गाउँपालिका(३ निवासी पूजाकुमारी साहले पालिकाको सहयोगमा आफ्नो पढाइलाई निरन्तरता दिएको बताइन् । बीस वर्षमा कक्षा १२ को परीक्षा दिएर विवाह गरेकी उनलाई गाउँपालिकाले ५० हजार रुपैयाँ प्रोत्साहन रकम दिएको थियो ।

उनीजस्तै चन्द्रनगर गाउँपालिकामा हालसम्म २० वर्ष पूरा गरी १२ कक्षा पढेर विवाह गरेका ७८ र स्नातक तह भर्ना गरेका दुई सय १० जना सम्मानित भइसकेको अध्यक्ष राजकुमार महतोले जानकारी दिए । यो सङ्ख्या बढ्दो क्रममा रहेको बताउँदै यस अभियानले बालविवाह गर्नेको सङ्ख्यामा ५० प्रतिशतसम्म कमी आएको उनको भनाइ छ ।

चाहना भएर पनि उच्च शिक्षा पढ्न नपाउने छोरीहरूलाई यो अभियानले ठूलो सहयोग पुर्याएको अध्यक्ष महतोले विश्वास व्यक्त गरे । ‘अहिले क्याम्पसमा हेर्ने हो भने उच्च शिक्षाका लागि भर्ना हुने छात्रभन्दा छात्रा धेरै हुनुहुन्छ,’ उनले भने, ‘यो अभियान सञ्चालनपछि छात्राको उल्लेख्य सहभागिता भएको पाएका छौँ । यसलाई निरन्तरता दिँदै गएमा यो सङ्ख्या अझै बढ्ने विश्वास लिएका छौँ ।’

अभियानपछि समाजमा छोरी पढाउनुपर्छ, बालविवाह गर्ने भन्ने चेतनास्तर वृद्धि हुँदै गएको अध्यक्ष महतोले बताए । ‘एउटी महिला शिक्षित हुनु भनेको पूरै परिवार शिक्षित हुनु हो । त्यसैले ‘छोरी पढाऊ, छोरी बचाऊ’ भन्ने नारालाई आत्मसात गर्दै कार्यकालको सुरुदेखि योजना लागू गरेका हौँ,’ उनले भने ।

Previous Post

दियो बाल्दा उच्चारण गर्नुस् यी मन्त्र-जसले गर्दा हुन्छ धन लाभ

Next Post

सेयर बजार घट्ने क्रम जारी ,नेप्से संगै कारोबार रकम पनि घट्यो

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

सेयर बजार घट्ने क्रम जारी ,नेप्से संगै कारोबार रकम पनि घट्यो

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.