नवलपरासीको बर्दघाटमा स्कुल बस र अर्को एउटा यात्रुबहाक बस ठोक्किँदा १४ विद्यार्थीसहित २० जना घाइते भएका छन्।
प्रहरीका अनुसार बर्दघाटस्थित चिसापानी अस्पताल अगाडि बुधबार स्कुल बस र यात्रुबाहक बस आपसमा ठोक्कँदा दुर्घटना भएको हो । भुताहस्थित ग्लोबल एकेडेमीको लु १ ख ८७० नम्बरको स्कुल बसलाई अर्को यात्रुबाहक बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार दुर्घटनामा १४ विद्यार्थी र ६ अन्य यात्रु घाइते भएका हुन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार गरिएको छ । घाइते सबै खतरामुक्त भएको प्रहरीले जनायो ।







Discussion about this post