HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सेयरबजारमा पहिरो , उच्च अंकले घट्यो नेप्से

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेको छ।

नेप्से ५८.०५ अंकले घटेर २५८२.७३ विन्दुमा बन्द भएको छ।

यस दिन कारोबार रकममा भने वृद्धि भएको छ।

सोमबार चार अर्ब ४८ करोडको सेयर कारोबार भएकोमा मंगलबार पाँच अर्ब १८ करोडको कारोबार भएको छ।

यो रकम अघिल्लो दिनको तुलनामा ७० करोड रूपैयाँ वृद्धि भएको हो।

धेरैले घटेको मूल्यमा पनि बिक्री बढाएपछि कारोबार रकममा वृद्धि भएको छ।

आज ३२५ वटा धितोपत्रको एक करोड ११ लाख ५५ हजार ९५५ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार ४ कम्पनीको सेयर मूल्य बढेको छ भने २४० वटाको घटेको छ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सयपत्री हाइड्रोपावर, उपकार लघुवित्त र अपर सोलु हाइड्रोको मूल्य १ प्रतिशतभन्दा कमले बढेको हो।

यसदिन ९.५% एनसिसी डिबेन्चर २०८६ को मूल्य सर्वाधिक ४.५२ प्रतिशतले बढेको छ।

उक्त डिबेन्चरको मूल्य एक हजार एक सय रूपैयाँ कायम भएको छ।

यस्तै, ११% केबिएल डिबेन्चर २०८९ को मूल्य ४.२२ प्रतिशतले बढेर प्रति डिबेन्चर मूल्य एक हजार २२२ रूपैयाँ पुगेको छ।

मंगलबार नारायणी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ८.७३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ७५९ रूपैयाँ ९४ पैसा पुगेको छ।

यस्तै, सर्पोट माइक्रोफाइनान्सको मूल्य ७.३७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ३२९ रूपैयाँ पुगेको छ।

मंगलबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता ९३८ रूपैयाँ ५० पैसामा २३ करोड २० लाख रूपैयाँको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा २.४२ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार २५० रूपैयाँमा २१ करोड ३९ लाख बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ३.५० प्रतिशतले घटेको छ।

Previous Post

विद्युत कार्यालयमा तोडफोड, प्रमुख कुटिए

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज चैत्र १३ गते बुधवार, हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

शेयर बजार

घट्यो सेयर बजार -१३.५२ अंकले घट्यो नेप्से

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७...

Read more

सेयर वृद्धिमा निरन्तरता-आज पनि १०.४३ अंकले बढ्यो नेप्से

६ महिना अगाडि
1.2k

सेयर बजार राताम्य -२७ अंकले घटेर २५ सय विन्दुमा झर्‍यो नेप्से

७ महिना अगाडि
1.2k
share

सेयर बजारमा हरियाली ६२ अंकले बढ्यो

७ महिना अगाडि
1.2k

लगातार घट्दै सेयर बजार -एक वर्षकै न्यून विन्दुमा

८ महिना अगाडि
1.2k
Next Post
Nepali Rashifal

सुपा देउराली माताको दर्शन गर्दै आज चैत्र १३ गते बुधवार, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.