बुधबार पनि सेयर बजारमा गिरावट जारी रह्यो । अघिल्लो दिन ७.६ घटेको बजार आज १४.८ अंक घट्यो । बजार घट्दा कारोबार रकम भने बढेको छ ।
बुधबार ३११ कम्पनीका ५४ हजार ६२२ पटकको कारोबारमा ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार ६४३ रुपैयाँ रहेको छ ।
५३ कम्पनीको सेयर मूल्य बढ्दा १८३ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ३ वटा बढ्दा बाँकी राताम्मे छन् । आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।






Discussion about this post