प्रसौनी । होली खेल्ने क्रममा विवाद हुँदा शनिबार जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा छुरी प्रहारबाट एक युवकको ज्यान गएको छ ।
मधेशका अधिकांश जिल्लामा शुक्रबार होली मनाइएको थियो । तर, जनकपुरधाममा भने शनिबार होली मनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृ त्यु हुनेमा पप्पु यादवका १९ वर्षीय छोरा आँशु छन् । प्रहरीले आँशुमाथि छु री प्र हार गरेको आरोपमा जनकपुरधाम–२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई प क्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणकुमार सिंहले होली खेल्ने क्रममा रमाइलो गरिरहँदा विवाद भएपछि धर्मेन्द्रले आँशुमाथि छु री प्र हार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए ।







Discussion about this post