HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

साताको अन्तिम दिन नेप्से परिसूचक घट्यो

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि नेप्से परिसूचक घटेको छ।

नेप्से २.७० अंकले घटेर २८१८.४३ विन्दुमा झरेको हो।

बिहीबार कारोबार रकममा पनि गिरावट आएको छ।

गत कारोबार दिन अर्थात् बुधबार १० अर्ब ९७ करोडको सेयर कारोबार भएकोमा बिहीबार १० अर्ब १० करोडको कारोबार भएको छ।

यो रकम अघिल्लो दिनको तुलनामा ८७ करोड रूपैयाँ कमी आएको हो।

आज ३१० वटा धितोपत्रको एक करोड ९० लाख ४१ हजार ५१४ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ वटाको घटेको छ। यस्तै १२ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन भुगोल इनर्जी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः ७४३ रूपैयाँ ६० पैसा र एक हजार ६७२ रूपैयाँ २० पैसा कायम भएको छ।

यस्तै, उपकार लघुवित्तको मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य चार हजार ६३० रूपैयाँ कायम भएको छ।

बिहीबार १०% नबिल बैंक डिबेन्चर २०८२ को मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १२३ रूपैयाँ २० पैसामा झरेको छ।

यस्तै, गुराँस लघुवित्तको मूल्य ७.६० प्रतिशतले घटेर प्रति कित्ता मूल्य तीन हजार ८० रूपैयाँ कायम भएको छ।

बिहीबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ७३ रूपैयाँमा १ अर्ब १२ करोड ८३ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ३.७७ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ३५० रूपैयाँमा १ अर्ब ८ करोड एक लाख बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।

यसदिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १.८६ प्रतिशतले बढेको छ।

Previous Post

कुलमानले सरकारलाई नटेर्ने, नचिन्ने भएको कारण शून्य नम्बर दिइएको हो -ऊर्जामन्त्री दीपक खड्का

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज फागुन २३ गते शुक्रवार, हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

शेयर बजार

घट्यो सेयर बजार -१३.५२ अंकले घट्यो नेप्से

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७...

Read more

सेयर वृद्धिमा निरन्तरता-आज पनि १०.४३ अंकले बढ्यो नेप्से

६ महिना अगाडि
1.2k

सेयर बजार राताम्य -२७ अंकले घटेर २५ सय विन्दुमा झर्‍यो नेप्से

७ महिना अगाडि
1.2k
share

सेयर बजारमा हरियाली ६२ अंकले बढ्यो

७ महिना अगाडि
1.2k

लगातार घट्दै सेयर बजार -एक वर्षकै न्यून विन्दुमा

८ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताको दर्शन गर्दै आज फागुन २३ गते शुक्रवार, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    २ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.