HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

जापानले बनायो वृद्धवृद्धाको डाइपर फेर्ने, मोजा लाइदिने र लुगा धोइदिने एआई रोबोट

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

एआईद्वारा सञ्चालित एक रोबोटले वृद्ध-वृद्धाको हेरचाह गर्ने तरिका प्रदर्शन गरेको छ । जापानको राजधानी टोकियोमा हालै गरिएको एक परीक्षणमा उक्त रोबोटले बिरामीलाई कोल्टे फर्काएर डाइपर फेरि दिने र बिस्तारामा हुन सक्ने घाउ/चोटबाट बचाउने क्षमता देखाएको हो ।

१५० किलोग्राम तौल भएको यो रोबोटलाई ‘एआईआरईसी’ नाम दिइएको छ । यो जापानको बढ्दो वृद्ध जनसङ्ख्याबिच हेरचाह गर्ने मानिसहरूको अभावलाई कम गर्न भविष्यमा प्रयोग गर्न सकिने प्रोटोटाइप हो । वासेदा विश्वविद्यालयका प्राध्यापक शिगेकी सुगानोको नेतृत्वमा सरकारी सहयोगमा एआईआरईसीबारे अनुसन्धान भइरहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनले जापानमा बढ्दो वृद्ध जनसङ्ख्यालाई हेर्दा चिकित्सा र वृद्धवृद्धाको हेरचाहमा रोबोटको सहयोग आवश्यक पर्ने बताए ।

जापान विश्वकै सबैभन्दा बढी वृद्ध जनसङ्ख्या भएको देश हो, जहाँ जन्मदर घट्दो छ भने काम गर्ने उमेरका मानिसहरूको सङ्ख्या कम हुँदै गएको छ । त्यसैमाथि आप्रवासन नीति पनि कडा छ ।

दोस्रो विश्व युद्धपछि जन्मदर बढेकोले ‘बेबी बुमर’ पुस्ताको सङ्ख्या धेरै छ । सन् १९४६ देखि १९६५ को अवधिमा जन्मिएका मानिसहरूलाई बेबी बुमर पुस्ताको नामले चिनिन्छ । दोस्रो विश्व युद्धपछिको आर्थिक उन्नतिले जन्मदर पनि बढाएको थियो ।

यस पुस्ताका सबै सदस्यले सन् २०२४ को अन्त्यसम्ममा ७५ वर्ष उमेर पार गरिसकेका छन्, जसले गर्दा वृद्धवृद्धाको हेरचाह गर्ने कामदारको अभाव चुलिएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०२४ मा जन्मदर ५ प्रतिशतले घटेर ७ लाख २० हजार ९ सय ८८ मा पुगेको छ, जुन नयाँ रेकर्ड हो ।

जेनकोकाईका निर्देशक ताकाशी मियामोटोले अहिलेको अवस्थामा जेनतेन काम चलाइरहेको र १०-१५ वर्षमा अवस्था निकै नाजुक हुने बताए । उनले प्रविधिको प्रयोगबाट यसलाई रोक्न सकिने तर्क गरेका छन् । जेनकोकाईले नयाँ प्रविधिहरूलाई सक्रिय रूपमा अँगालेको छ, तर रोबोटको प्रयोग भने सीमित छ ।

टोकियोको एक सुविधामा, पुतली आकारको रोबोटले पप गीत गाएर र साधारण व्यायाम गराएर हेरचाहमा मद्‍दत गर्छ । जबकि मानव हेरचाहकर्ता अन्य काममा व्यस्त हुन्छन् । हाल नर्सिङ केयर प्रविधिको सबैभन्दा उपयोगी पक्ष भनेकै बिरामीको बिस्तारा मुनि राखिएको स्लिपिङ सेन्सर हो, जसले उनीहरूको निद्राको अवस्था निगरानी गर्छ र राति मानिसले गर्ने निगरानीलाई कम गर्छ ।

टेस्लाको अप्टिमस जस्ता ह्युमनोइड रोबोट विकास भइरहेका छन् । जापान टाइम्सलाई प्राध्यापक सुगानोले मानिसहरूसँग सुरक्षित रूपमा अन्तरक्रिया गर्न सक्ने रोबोटलाई उच्च स्तरको इन्टेलिजेन्स आवश्यक पर्ने बताए । उनी भन्छन्, “ह्युमनोइड रोबोटहरू विश्वभर विकास भइरहेका छन् । तर, तिनीहरू विरलै मानिसहरूसँग प्रत्यक्ष सम्पर्कमा आउँछन् । तिनीहरूले घरका वा कारखानामा मात्र काम गर्छन् ।”

सुगानोको एआईआरईसी रोबोटले मानिसलाई उठ्न, मोजा लगाउन, अण्डा पकाउन, लुगा धुने र घर वरपरका अन्य उपयोगी कामहरू गर्न मद्दत गर्न सक्छ । तर, सुगानोले नर्सिङ केयर र मेडिकल सुविधामा प्रयोग गर्न सकिने हिसाबले एआईआरईसी सन् २०३० सम्ममा मात्र तयार हुने अपेक्षा गरेका छन् । यसको सुरुवाति मूल्य १ करोड येन (६७ हजार अमेरिकी डलर)  हुने अनुमान गरिएको छ ।

Previous Post

बाथरुममा राखिएका यी ३ चिजले बनाउन सक्छ रोगी

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज फागुन २० गते मंगलवार, हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

सूचना/प्रबिधि

यूएईले दिन थाल्यो नेपालीलाई श्रम तथा भिजिट भिसा

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान...

Read more

नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

७ महिना अगाडि
1.2k

यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन,भाडा बढ्ला भनेर चिन्ता नगर्नु -यातायात मन्त्री देवेन्द्र दाहाल

१० महिना अगाडि
1.2k

तीज गीतमा विकृति र अश्लीलता फैलाउनेलाई कारबाही

११ महिना अगाडि
1.2k

दुबई जाने हवाई भाडा ह्वात्तै घट्यो

११ महिना अगाडि
1.2k
Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज फागुन २० गते मंगलवार, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.