HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

रूपन्देहीमा ६ महिनामा ११ जनाको हत्या

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

रुपन्देहीमा पछिल्लो साढे ६ महिनामा व्यक्ति हत्याका ११ वटा घटना भएका छन्। पछिल्लो समय महिनैपिच्छे हत्याका घटना दोहोरिन थालेका हुन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका तथ्यांक अनुसार गत भदौ महिना यता ११ जनाको हत्या भएको छ।

यो संख्या झण्डै अघिल्लो एकवर्र्षको तथ्यांक बराबर हो। प्रहरीका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा रुपन्देहीमा १२ जनाको हत्या भएको थियो।

चालु आर्थिक वर्षमा भने भदौदेखि फागुन आधासम्म ११ जनाको हत्या भईसकेको छ। हत्या हुनेहरुमा ६ जना महिला र ५ जना पुरुष रहेका छन्। प्रहरीले हत्यापछि घटनामा संलग्नहरुलाई पक्राउ गरेपनि घटना दोहोरिन भने छोडेका छैनन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले अधिकांश हत्याका घटना सम्पत्ति र घरायसी विवादका कारण परिवार भित्रकै व्यक्तिबाट हुने गरेको छ। कतिपय घटना भने व्यक्तिगत रिसइबी, झैंझगडा र अन्य सम्बन्धका कारण समेत हुने गरेको कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार गत फागुन १७ गते मायादेवी गाउँपालिक वडा नं. २ डेङ्गचहवाका २९ वर्षीय राकेशसिंह लोधको हत्या पनि परिवारका सदस्यबाटै भएको प्रहरीको आशंका छ। यद्यपि प्रहरीले अहिलेसम्म उक्त घटनामा संलग्नलाई पक्राउ गर्न सकेको छैन।

गाउँमै खेती किसानी गर्दै आएका राकेश घरमा एक्लै बस्थे। राकेशको उनकै दाजु दीपक लोधसँग अंशको विवाद थियो। राकेशको हत्या कसले गरेको भन्ने एकिन नभएपनि दीपक भने अहिले फरार छन्।

गत फागुन ८ गते रुपन्देहीको सियारीस्थित बेथरी सडकखण्डमा दाङको लमही नगरपालिका वडा नं. ७ की संगिता चौधरीको शव फेला पर्‍यो।

बुटवल उपमहानगरपालिका–११ कालिकापथमा साथीहरुसँग बसेर ज्याला मजदुरी गर्दै आएकी संगिताको टाउको र अनुहारमा ढुंगा प्रहार गरी नचिनिने गरि हत्या गरी सडक किनारमा परालको थुप्रोले ढाकेको अवस्थामा शव भेटिएको थियो।

प्रहरीले शव फेला परेपछि तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गर्दै जाँदा फागुन १६ गते तिलोत्तमा नगरपालिका–१२ का अजय भनिने ४२ वर्षीय अमिरिका थारुलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार मृतक संगिता र पक्राउ परेका अमिरिका सँगै मजदुरी गर्थे। घटना भएको दिन दुवैजनाले मादक पदार्थ सेवन गरेको र अमिरिकाले संगितालाई यौन प्रस्ताव राखेका थिए। संगिताले यौन प्रस्ताव अस्वीकार गरेपछि ढुंगाले हानेर हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। आरोपी अमिरिकाले पनि प्रहरीसामु उक्त कुरा स्वीकार गरेका छन्।

संगिता र राकेशको हत्या घटनालाई मात्र हेर्ने हो भनेपनि पछिल्लो समय भईरहेका हत्याका घटना परिवार र चिनजानका व्यक्तिबाटै हुने गरेको देखिएको छ। प्रहरीका अनुसार ११ वटा हत्या घटना मध्ये १० वटा घटनामा संलग्न १२ जना पक्राउ परिसकेका छन्।

राकेशको हत्यामा संलग्न भने पक्राउ पर्न सकेका छैनन्। प्रहरी प्रवक्ता कार्की सामान्य विवादका घटनाप्रति वेवास्ता गर्ने र प्रहरीसम्म नल्याउने गर्दा हत्याजस्तो जघन्य अपराध सम्म पुग्ने गरेको बताउँछन्।

Previous Post

सेयर बजारमा डेढ घण्टामै ६ अर्बको कारोबार,२९ सय नाघ्यो नेप्से

Next Post

बाथरुममा राखिएका यी ३ चिजले बनाउन सक्छ रोगी

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

बाथरुममा राखिएका यी ३ चिजले बनाउन सक्छ रोगी

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.