HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

गर्भावस्थामा किन हुन्छ जुम्ल्याहा बच्चा ? जुम्ल्याहा बच्चा जन्मनुका कारण के हुन्? जानिराखौ

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कतिपय महिलाले जुम्ल्याहा बच्चा चाहन्छन् । गर्भावस्थामा जुम्ल्याहा बच्चा हुनुका कैयौँ कारण छन् । आमाको कारणले मात्र जुम्ल्याहा बच्चा हुँदैन । यसमा बुवाको पनि उत्तिकै भूमिका हुन्छ । यो एक प्राकृतिक तरिका हो । यसलाई सुधार गर्ने कुनै उपाय या उपचार छैन ।

यी हुन् जुम्ल्याहा बच्चा जन्मनुका कारण :

प्रकृतिले मानिसको पाठेघर खासमा एउटै शिशुका लागि उपयुक्त हुने गरी सिर्जना गरेको भए पनि सधैँभरि प्रकृतिकै नियम पालना हुन्छ भन्ने ग्यारेन्टी हुँदैन । त्यसमाथि पछिल्लो समय कतिपय मानिसकै व्यवहारले पनि जुम्ल्याहा वा सोभन्दा बढी शिशु गर्भमा बस्न राम्रो वातावरण सिर्जित भइरहेको छ । उदाहरणको लागि समयको बदलावसँगै ढिलो विवाह गर्ने चलन तथा कृत्रिम गर्भाधानको सुविधाको कारण जुम्ल्याहा वा तिम्ल्याहा गर्भ बस्ने सम्भावना बढ्दै गएको छ

दुईवटा छुट्टाछुट्टै डिम्ब छुट्टाछुट्टै शुक्रकीटले निषेचित भएर वा एउटा शुक्रकीटले निषेचित भइसकेको डिम्ब दुईवटा भ्रूणमा बाँडिएर जुम्ल्याहा गर्भ रहन्छ । यही नियम तिम्ल्याहा र चम्ल्याहाको केसमा पनि लागू हुन्छ ।

निषेचित डिम्ब छुट्टिँदा गर्भाधानको ७२ घण्टाभित्र, ८ दिनभित्र, २ हप्ताभित्र वा सोभन्दा पछि कहिले भएको हो त्यसैको आधारमा विभिन्न खाले जुम्ल्याहाको विकास हुन्छ । तर २ हप्तासम्ममा एक–अर्कामा छुट्टिएन भने टाउको, पेट, जीउ, ढाड, चाक वा शिशुको कुनै भाग जोडिएरै जन्मिने हुन्छ, जसलाई चिकित्सा विज्ञानमा कन्ज्वाइन्ट ट्विन भनिन्छ ।

किन हुन्छ जुम्ल्याहा ? 

मोनोजाइगोटिक (एउटा शुक्रकीटले निषेचित भइसकेको डिम्ब दुईवटा भ्रूणमा बाँडिएर हुने) जुम्ल्याहाको कारण विश्वभर एकैखाले भए पनि डाइजाइगोटिक (दुईवटा छुट्टाछुट्टै डिम्ब छुट्टाछुट्टै शुक्रकीटले निषेचित भएर बस्ने) खालको जुम्ल्याहा भने जाति, उमेर, शारीरिक उचाइ, तौल, बच्चा पाएको संख्याका आधारमा फरक–फरक हुन्छ । प्रायजसो पहिलो बेतमै जुम्ल्याहा हुने सम्भावना भए पनि गर्भवती महिलाको उमेर र गर्भ संख्याको वृद्धिसँगै जुम्ल्याहा हुने सम्भावना बढ्दै जान्छ ।

जुम्ल्याहाका जटिलताहरु

गर्भावस्थाको शुरुतिर लाग्ने वाकवाकी बढी हुन्छ । रक्तअल्पता देखिन्छ । अधिक ठूलो पाठेघरका कारण पाठेघरपछाडिको रक्तनली थिचिन गई गोडा तथा जननेन्द्रियवरिपरिको भाग सुनिन्छ । गर्भावस्थाकै कारणले उत्पन्न हुने उच्च रक्तचाप तथा मधुमेह देखा पर्ने हुन्छ । मुटुको ढुकढुकी बढ्ने, सास फेर्न गाह्रो हुने, महिनापूर्व व्यथा लाग्ने सम्भावना ५ देखि ८ प्रतिशत बढी हुन्छ । पिँडौलाका रक्तनली फुल्ने, गुदद्वारमा पाइल्स देखा पर्ने हुन्छ । पाठेघरको तल्लो भागसम्म साल पुगी व्यथापूर्व रक्तश्राव हुने हुन्छ । सुत्केरीपश्चात् पनि अधिक रक्तश्राव हुने हुन्छ ।

बच्चामा देखा पर्ने असर

गर्भावस्थाकै शुरुतिर गर्भ तुहिन सक्छ । बढीमा ५ प्रतिशतसम्ममा पाठेघरभित्रै जुम्ल्याहामध्ये एउटाको मृत्यु हुन सक्छ । मोनोजाइगोटिक खालको गर्भमा शारीरिक विकलाङ्गता बढ्ता देखा पर्दछ । त्यसै गरी एउटा शिशुको मुटु नै नहुने हुन्छ । वंशाणुगत खराबी पनि देखिन्छ । गर्भेशिशुहरु गलत तरिकाले बस्ने सम्भावना बढी हुन्छ । दुईवटा शिशुबीचको वृद्धिमा फरक हुन्छ । दुवै खाले जुम्ल्याहामा गर्भेशिशुको वजन भने कम हुन सक्छ । त्यसै गरी महिना नपुगी जन्मेको कारण नवजात शिशुमा धेरै जटिलताहरु देखा पर्दछ ।

जुम्ल्याहा गर्भको सुत्केरी व्यथाका दौरान समयअगावै साल छुट्टिन सक्ने, व्यथा पनि राम्ररी बढ्न नसक्ने, लामो समयसम्म पेट ठूलो भइरहेको कारण सुत्केरीपश्चात् पाठेघर खुम्चिन समय लाग्ने, यसै कारण अधिक रक्तश्राव हुने समस्या आउन सक्छ भने सुत्केरीपश्चात् दूध राम्रोसँग नआउने, यथेष्ट मात्रामा नआउने, पाठेघर पनि राम्ररी नखुम्चिने, पाठेघरको संक्रमण हुने हुन सक्छ ।

जुम्ल्याहा गर्भको व्यवस्थापन

  • जुम्ल्याहा गर्भमा दोस्रो त्रैमासिकपछि बढ्ता चुनौती पर्दछ । जुम्ल्याहा गर्भ थाहा पाउनासाथ फोलिक एसिड, आइरन अनि क्याल्सियमको थप जरुरत पर्दछ ।
  • यथेष्ट पोषक तत्वसहितको भोजन गर्नका लागि सल्लाह दिनुपर्दछ ।
  • घरमा तथा कार्यस्थलमा बढ्ता आरामको जरुरत पर्दछ ।
  • रक्तअल्पता, उच्च रक्तचाप भएको, महिनापूर्व व्यथा लागेको थाहा पाउन पटक–पटक फलोअपमा जानुपर्दछ । ३४ हप्ताभन्दा कम अवधिको गर्भ भए सकेसम्म गर्भ लम्ब्याउनुपर्दछ ।
  • मोनोजाइगोटिक खालको जुम्ल्याहामा अन्य बेलाभन्दा बढ्ता जटिलताहरु समयमै पत्ता लगाउन पटक–पटक अल्ट्रासाउन्ड गराउनुपर्दछ ।

जुम्ल्याहा शिशुमध्ये पहिलो उल्टो तरिकाले बसेको छ, पुट्ठाको हड्डी सानो छ, साल पाठेघरको तलसम्म आएको छ, अत्यधिक रक्तश्राव भइरहेको छ, शिशुको धड्कन तल–माथि भएको छ, पहिला पनि सिजेरियन भएको छ, गर्भेशिशुको तौल निकै कम छ र दोस्रो शिशु अप्रत्याशितरुपमा ठूलो छ भने सिजेरियन अपरेसनको जरुरत पर्दछ । होइन भने योनिद्वारबाटै सुत्केरी गराउन सकिन्छ ।

Previous Post

कोरियामा नेपाली युवकले आत्महत्या गरेपछि बाँकी नेपालीले कम्पनी छाड्दै

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज फागुन १७ गते शनिवार, हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post
Nepali Rashifal

सुपा देउराली माताको दर्शन गर्दै आज फागुन १७ गते शनिवार, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.