निर्माणाधीन भवनको पिलर ढलेर लाग्दा काभ्रेमा एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो ३ बजेतिर नमोबुद्ध नगरपालिका-१, कानाकोटस्थित वृदा आश्रमको भवन बनाउने क्रममा माथिबाट सुक्खा पहिरो खस्दा दोस्रो तलाको पिलर ढली रडले टाउकोमा लागेर पर्साको सखुवा प्रसौनी गाउँपालिका-३ का ३८ वर्षीय दुर्जन माझीको मृत्यु भएको हो ।उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।प्रहरीले घटनास्थल सुरक्षित राखिएको र घटनास्थलको मुचुल्काको लागि इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको टोलीले अनुसन्धान गरिरहेको उनले बताइन् ।
खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...
Read more







Discussion about this post