HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

कांग्रेस सभापति देउवाको भारत भ्रमण नजाने

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in समाचार
0
Prime Minister Sher Bahadur Deuba announces his resignation in Kathmandu, on Wednesday, February 15, 2018. Photo: Reuters

Prime Minister Sher Bahadur Deuba announces his resignation in Kathmandu, on Wednesday, February 15, 2018. Photo: Reuters

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण कार्यक्रम अन्तिम समयमा रद्द भएको छ ।

सत्तारूढ दलका नेता देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भारत भ्रमण कार्यक्रम रद्द भएको जानकारी खबरहबलाई दिए ।

छिमेकी भारत जारी महाकुम्भ मेलाको अवसर पारेर उनी बिहीबार दिउँसो भारत जाने तयारी थियो । उत्तर प्रदेश राज्यमा पर्ने प्रयागराजमा अहिले महाकुम्भ लागिरहेको छ ।

त्यही सन्दर्भमा उनी भारत जाने तयारी थियो तर त्यहाँ उच्चस्तरीय राजनीतिक भेटघाट नहुने भएपछि भ्रमण रद्द भएको हो । उनले भारतीय विदेशमन्त्री एस. जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्नका लागि कूटनीतिक पहल गरेका थिए । तर त्यो नहुने भएसँगै देउवाको भारत भ्रमण रद्द भएको हो ।

सभापति देउवालाई इन्डिया फाउन्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलिटी’ कार्यक्रममा वक्ताको रूपमा आमन्त्रण गरेको थियो । त्यही कार्यक्रममा सहभागी हुँदै उनी प्रयागराजबाट दिल्लीसमेत जाने तयारी थियो ।

इन्डिया फाउन्डेसनको आयोजनामा आगामी शुक्रबार र शनिबार आयोजना हुन गइरहेको कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुने तयारी थियो । उत्तर प्रदेशका मुख्यमन्त्रीसँग मात्रै भेट हुने भएपछि देउवाको भ्रमण रद्द भएको स्रोतले जनाएको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाखा लगाउन कांग्रेस र नेकपा एमालेले गत असार १७ गते राति ७ बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए ।

त्यसपछि असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने । कांग्रेससँगको सहकार्यमा तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीलाई भारतले अहिलेसम्म भ्रमणको निम्तो पठाएको छैन ।

देउवा पत्नी एवम् परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पटक पटक पहल गरे पनि ओलीका लागि भारतले हरियो झन्डा नदेखाउँदा देउवाको पनि भ्रमण रद्द भएको हो ।

यही ४ फागुनमा परराष्ट्रमन्त्री डा. राणा र छिमेकी भारतीय विदेशमन्त्री एस. जयशंकरबीच ओमनको राजधानी मस्कटमा भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा पनि दुई देशबीच सम्बन्ध बलियो बनाउने औपचारिकताका लागि कुरा भएको थियो ।

तर आठौँ हिन्द महासागरीय सम्मेलनमा भाग लिन पुगेका दुईजनाबीच ओलीको भ्रमणबारे कुरा हुन सकेन । भारतले ओलीलाई हरियो झन्डा नदेखाएको अवस्थामा देउवालाई पनि भारतीय उच्च नेताले भेट नदिने भएपछि भ्रमण रद्द गरिएको हो ।

Previous Post

सुनको मूल्य बढ्यो

Next Post

प्रधानमन्त्री ओली पोखरा जाँदै

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
२ घण्टा अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

२ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post

प्रधानमन्त्री ओली पोखरा जाँदै

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    २ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.