करिव एक महिना अघिमात्र संयुक्त अरब इमिरेट्सको दुबई पुगेका संखुवासभाको खाँदबारी नगरपालिका–८, डाँडागाउँका ३५ वर्षीय सुमन विश्वकर्माको आफ्नै साथीले छुरा प्रहार गरी हत्या गरेको परिवारले जानकारी दिएको छ।
विश्वकर्मा दुबई पुगेर १५ दिन काम बिहिन भएर बसेको र ड्युटी लागेको १५ दिनमै एउटै कोठामा सँगै बस्ने नेपाली साथीले हत्या गरेको श्रीमती प्रतिमा विश्वकर्मालाई उदृत गर्दै नेपाल पत्रकार महासंघ संखुवासभाका निबर्तमान अध्यक्ष इन्द्र गिरीले बताए। मृतक र कोहलपुर घर भएका मगर थरका युवा एउटै कम्पनीमा काम गर्ने र संगै बस्ने गरेका थिए।
एक महिना भित्रै साथीभईसकेका उनीहरु एक दिन दुवै जना बसेर मदिरा सेवन गरेको र एक आपसमा विवाद हुँदा छुरा प्रहार गरी हत्या भएको भन्ने खबर आएको श्रीमती प्रतिमाले बताईन्। हत्या गर्ने ती नेपालीलाई दुबई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको बताईएको छ।






Discussion about this post