HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

क्यान्सर लाग्नै नदिन के गर्ने ? जानौं यी उपाय १०

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हाम्रो शरीरमा अनगिन्ती कोशिकाहरू हुन्छन् । यसमध्ये नयाँ बन्ने कोष र कोशिकाहरूको वृद्धिको क्रम सामान्य अवस्थामा कोषभित्र रहेको डिएनएले नियन्त्रण गरिरहेको हुन्छ । तर खराब जीवनशैली र बाह्य वातावरणीय प्रतिकूलताको कारण कोष तथा कोशिकाहरूको वृद्धि अनियन्त्रित हुन्छ । कोशिकाहरूको अनियन्त्रित वृद्धि हुनु नै क्यान्सर हो ।

क्यान्सर लाग्ने कतिपय कारण अझै पनि स्पष्ट छैन । तर, कतिपय क्यान्सर भने हामीले वर्तमानमा अँगालेको खराब जीवनशैली र खानपानले पनि हुनसक्छ । धेरै चिकित्सकहरूले जीवनशैली र खानपानमा सुधार गरेर क्यान्सरको जोखिमबाट बच्न सकिन्छ भन्ने गरेका छन् ।

के छ त क्यान्सर लाग्नै नदिने उपाय ?

१. सुर्तीजन्य पदार्थको सेवन नगर्ने

सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, कलेजो, मुख र पेट लगायतको क्यान्सर हुन्छ । चुरोटमा ६०० प्रकारका तत्त्वहरू हुने र सेवन गर्दा ७ हजार प्रकारका रसायनहरू जल्ने र ती निकै हानिकारक हुन्छन् । त्यसैले क्यान्सरबाट बच्नका लागि सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन । सुर्तीजन्य पदार्थ सेवन नगरे ९० प्रतिशत फोक्सोको क्यान्सरबाट बच्न सकिन्छ ।

२. मोटोपना नियन्त्रण गर्ने

बेलायतको इम्पेरियल कलेजले गरेको एक अध्ययन अनुसार शरीरमा अत्यधिक बोसोका कारण फ्याट सेलले हर्मोन र प्रोटिन उत्पादन गर्छ । जुन रगतको साथै शरीरभरि फैलिन्छ र यही कारणले विभिन्न प्रकारका क्यान्सरको जोखिम बढाउँछ ।

मोटोपनाकै कारण १३ प्रकारको क्यान्सरको जोखिम बढ्ने अध्ययनले देखाएको छ । जसमा खाने नली, प्यान्क्रियाटिक, कलेजो, पेट, कोलोन र रेक्टम, पित्त थैली, फोक्सो, मिर्गौला र महिलामा स्तन, पाठेघर वा पाठेघरको मुखको क्यान्सर हुनसक्छ । त्यसैले यस्ता क्यान्सरबाट बच्नका लागि मोटोपनालाई नियन्त्रण गर्नुपर्छ ।

३. मद्यपान नगर्ने

मदिराको अत्याधिक सेवनले शरीरको डीएनए मर्मत गर्ने क्षमता घटाउँछ, जसले क्यान्सरको जोखिम बढाउँछ । कलेजो, अन्न नली, मुख, घाँटी, ठूलो आन्द्रा, पित्तथैली र स्तन क्यान्सरको जोखिम बढाउँछ । त्यसैले मद्यपान नगरेर वा त्यागेर पनि क्यान्सरबाट बच्न सकिन्छ ।

४. खानपानमा विशेष ध्यान दिने

पछिल्लो समय हाम्रो खानपानमा एकदमै धेरै परिवर्तन भएको छ । फस्ट फुड, प्याकेट फुड हाम्रो दैनिक खाना भएको छ। यस्ता खानेकुराले क्यान्सर लगायत अन्य दीर्घ रोगको जोखिम बढाएको छ । यस्ता विभिन्न रोगहरूको जोखिम रोक्न हामीले खानपान परिवर्तन गर्नुपर्छ । प्याकेटफुड, जंकफुड भन्दा पनि पहिलेदेखि नेपालीहरूले खाँदै आएको खाना दाल, भात, तरकारी, अचार आदि साधारण खाना नै स्वस्थ्यकर हुन्छन्।

५. शारीरिक रुपमा सक्रिय रहने

क्यान्सर लगायत विभिन्न रोगहरूबाट बच्नका लागि शारीरिक रुपमा सक्रिय रहनु पनि महत्वपूर्ण हुन्छ । किनकि शारीरिक रुपमा सक्रिय भइएन भने मोटोपना निम्तन्छ र मोटोपनासँगै अन्य समस्या आउन सक्छ। त्यसैले क्यान्सर लाग्नै नदिन शारीरिक रुपमा सक्रिय रहने र नियमित व्यायाम, योग, प्राणायाम गर्नुपर्छ ।

६. तनाव व्यवस्थापन गर्ने

तनावको कारण पनि विभिन्न शारीरिक तथा मानसिक समस्या बढी रहेको छ । आजभोलि हामी चाहिने भन्दाबढी तनाव लिन्छौँ । आफूसँगै अरूको चिन्ताले मानिसको तनाव बढाएको छ ।

जुन तनावका कारण निद्रा पनि राम्ररी लाग्दैन, खाना पनि रुच्दैन र क्यान्सर लगायत विभिन्न रोगको जोखिम बढ्छ । त्यसैले अनावश्यक तनाव पनि लिनु हुँदैन ।

७. पर्याप्त मात्रामा आराम गर्ने

अहिले मान्छेहरूले कामलाई बढी महत्त्व दिन्छन् । काम काम भनेर आराम गर्ने समय पनि छुटाउँदैनन् । तर, कामसँगै आरामको लागि समय पनि छुट्टाउनु पर्छ । दैनिक ६ देखि ८ घण्टा आराम गर्नुपर्छ ।

कतिपय दिनमा सुत्ने रातभर काम गर्ने गर्छन् भने त्यो गलत हो । हामीले प्रकृतिको नियम अनुसार चल्नुपर्छ । दिनमा काम गर्ने र रातको समयमा आराम गर्नुपर्छ ।

८. जोखिमयुक्त कामबाट बच्ने

कोही कृषिमा काम गर्छन् जसमा विषादी छर्ने काम हुन्छ वा धुवा धुलो बढि आउने ठाउँमा काम गर्छन् भने त्यसबाट कार्सिनोजेनिक पदार्थ निस्कन्छ जसले क्यान्सरको जोखिम बढाउँछ । त्यसैले यस्ता जोखिमपूर्ण काम गर्दा पनि विशेष सावधानी अपनाएर क्यान्सरको जोखिमबाट बच्न सकिन्छ ।

९. सङ्क्रमणबाट बच्ने

असुरक्षित यौन सम्पर्कको कारणले ह्युमन प्यापिलोमा भाइरसको संक्रमण भएर क्यान्सर हुने जोखिम हुन्छ । बाहिरको खाना जथाभावी खायो भने हेपाटाइटिस बी, बीको संक्रमण हुन्छ । त्यसैले यस्ता सङ्क्रमणबाट बच्नको लागि हेपाटाइटिस बी र ह्युमन प्यापिलोमा भाइरस विरुद्धको खोप लगाउनुपर्छ ।

१०. असुरक्षित यौन सम्पर्कबाट बच्ने

धेरै व्यक्तिसँग शारीरिक सम्पर्क राखेमा पनि यौनजन्य रोगले कालान्तरमा क्यान्सर गराउन सक्छ । त्यसैले असुरक्षित यौन सम्पर्क सकेसम्म गर्नुहुँदैन । साथै ह्युमन प्यापिलोमा भाइरस विरुद्धको खोप लगाउनुपर्छ ।

Previous Post

ताप्लेजुङमा रहेको चर्चित धार्मिक स्थल पाथिभरामा केबुलकार निर्माणको कार्य स्थगित

Next Post

दर्ता नभए फेसबुकसहित सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्छ-सञ्चारमन्त्री गुरुङ

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

दर्ता नभए फेसबुकसहित सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्छ-सञ्चारमन्त्री गुरुङ

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.