क्यानडाको ओन्टारियोमा नेपाली चेली सामूहीक बलात्कृत भएकी छिन् ।
उनी तिहारमा भाइटीका लगाउँदै आएको दाजुसहितकै समूहबाट बलात्कृत भएकी हुन् । मात्र २० बर्षकी नर्स, उनलाई दाजु र अन्य दुई जनाले सामूहीक बलात्कार गरेका हुन् । कफीमा बेहोसीको औषधी मिलाएर उनलाई बेहोस गराइयो । बेहोस अवस्थामा लगातार ६ घण्टा बलात्कार गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।
जब उनी होसमा आइन्, त्यसपछि उक्त समूहले पीडितलाई उल्टै यो कुरा कतै भने मात्रपनि मार्ने, गायब बनाउँने धम्की दिए । यो सबै उनीहरुले भिडियोमा समेत उतारे । अव बारम्बार यसै गर्न नदिए उक्त भिडियो इन्टरनेटबाट भाइरल गराउने धम्की समेत दिए । तर धम्कीसँग नडराई उनी प्रहरीकोमा उजुरी दिन गइन् । उक्त तीन जनामा दुई जना अदालतको आदेशमा धरौटीमा रिहा भएका छन् ।
मुख्य योजनाकार दाजु पुर्पक्षका लागि हिरासतमा छन् । तर अर्को दुर्भाग्य ती तीन जनामा एक जना एचआईभी पोजेटिभ देखिएका छन् । नर्स विद्यार्थीमापनि उक्त संक्रमण पोजेटिभ देखिएको छ । उनी अहिले उपचार र मनोपरामर्समा छिन् । यो सबै क्यानडाका मिडियाले प्रकाशन गरेको समाचारसहित त्यहाँ रहेकी एक नेपालीले भिडियोमा नै बताएकी छिन् ।
Discussion about this post