HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

स्थानीय तहमा कृषि एम्बुलेन्स, किसानलाई राहत

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

किसानको घरबारीसम्म पुगेर कृषिजन्य उत्पादन बजारसम्म पुर्‍याउन जैमिनी नगरपालिकाले ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । सरकार र नगरको साझेदारीमा एम्बुलेन्स खरिदको तयारी गरिएको जनाइएको छ ।

‘कृषि एम्बुलेन्स’ खरिद प्रक्रिया अन्तिम चरणमा रहेको नगरका उपप्रमुख हरिहर शर्माले बताए। सङ्घीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको रु २५ लाख अनुदान र जैमिनी नगरपालिकाको रु २५ लाख लगानीमा कृषि एम्बुलेन्स गर्न लागिएको हो ।

स्थानीय बजार साँघुरो रहेको र टाढाको ठूलो बजारसम्म कृषिजन्य उत्पादन पुर्‍याउन किसान आफैँलाई ढुवानीमा कठिन हुने भएकाले नगरले कृषि एम्बुलेन्सको अवधारणा ल्याएको हो ।

नगरको योजनालाई सरकारले महत्त्व दिएरै साझेदारी गरेको कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले बताए । देशभरका इच्छुक स्थानीय तहसँग साझेदारी गरेर किसानलाई हित हुनेगरी ‘कृषि एम्बुलेन्स’ सञ्चालनको योजना बनाइने उनले बताए ।

स्थानीय तहमा उत्पादित तरकारी, अदुवा, बेसार, फलफूल, रैथानेबाली, माछा, मह, मासु, दही, छुर्पीलगायत उप  कृषि एम्बुलेन्समार्फत गरी बजार पुर्‍याउने नगरको लक्ष्य रहेको शर्माले बताए ।

‘समूह वा फार्ममा आबद्ध किसानले उत्पादन गरेका फसल बजारसम्म लैजाने काम कृषि एम्बुलेन्सले गर्छ’, शर्माले भने, ‘सञ्चालन कार्यविधि तयार गरेर किसानलाई फाइदा पुग्नेगरी नगरभर एम्बुलेन्स परिचालन हुनेछ ।’

नगरले एम्बुलेन्स सञ्चालनसँगै किसानलाई उत्पादन बढाउनका लागि पनि प्रोत्साहन गर्ने योजना बनाएको छ । बजारको अभावमा किसानको उत्पादन खेर जान नदिने र किसानलाई व्यावसायिक बनाउन नगरले एम्बुलेन्सको योजना ल्याएको शर्माले बताए ।

बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘कृषि एम्बुलेन्स’ सञ्चालनको घोषणा गरेको छ । कृषिजन्य उत्पादन बढाउने, बाँझो जग्गाको उपयोग गर्ने नीतिअनुसार कृषि एम्बुलेन्स सञ्चालनको घोषणा गरेको नगरले प्रक्रिया भने थालेको छैन ।

‘हामी सरकारको कार्यक्रम पर्खिरहेका छौँ, अहिले नै हाम्रो बजेटले मात्रै एम्बुलेन्स सञ्चालन सम्भव छैन’, नगर प्रमुख वसन्तकुमार श्रेष्ठले भने, ‘पहिले तरकारी मण्डी सञ्चालनको तयारीमा छौँ, त्यसपछि मात्रै किसानको तरकारी उठाउने एम्बुन्स ल्याउँछौँ ।’

नगरपालिकाले मण्डी सञ्चालनका लागि वडा नं ४ को उपल्लाचौरमा जग्गा भाडामा लिइसकेको छ । थप बजार क्षेत्रमा जग्गाको व्यवस्थापनको तयारीमै रहेको श्रेष्ठले जानकारी दिए ।

Previous Post

रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दा दर्ता गर्ने तयारी

Next Post

आगामी स्थानीय तहको निर्वाचनमा २५० पालिका जितेर माओवादी केन्द्र पहिलो पार्टी बन्छ : प्रचण्ड

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

आगामी स्थानीय तहको निर्वाचनमा २५० पालिका जितेर माओवादी केन्द्र पहिलो पार्टी बन्छ : प्रचण्ड

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.