HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

७० कटेपछि सहरबाट बसाइ सरेर काभ्रे जाँदैछु : हरिवंश आचार्य

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अभिनेता हरिवंश आचार्यलाई धेरैले सोध्छन्, तपाईं काभ्रेमा जन्मिनुभएको हो ? प्रायःजसो आउने यो प्रश्नमा उनको जवाफ हुने गर्छ- होइन, म काभ्रेमा गर्भमा बसेँ र काठमाडौंमा जन्मिएँ ।

तर, अब ६६ वर्षका आचार्यलाई जीवनको उत्तराद्र्ध काभ्रेमा बिताउने मन छ । उमेरले ७० वर्ष टेकेपछि आफू पुख्र्यौली थलो काभ्रेमै बसाइ सर्ने र नागरिकता पनि त्यहीँकै बनाउने सोच उनमा छ ।

मुटुरोग विशेषज्ञ राजेन्द्र कोजुको पुस्तक ‘मुटुको कथा’ विमोचन गर्न आयोजित समारोहमा हरिवंशले ७० कटेपछि आफू गाउँमा फर्किने सोचमा रहेको बताएका हुन् । उनको पुख्र्यौली घर काभ्रेको धुलिखेल नगरपालिका-१२ मा पर्छ ।

‘बुवाहरू त्यहाँबाट बसाइ सर्न आएको ७० वर्ष भएछ । म पनि ७० वर्षपछि बसाइ सरेर त्यहीँ जाने सोच्दैछु । काभ्रेको मान्छे भन्दा गर्व लाग्छ । नागरिकता काठमाडौंकै छ, त्यसलाई पनि चेन्ज गरेर काभ्रेमा बस्ने जाऊँ कि त्यहाँको नागरिकता बनाउँ कि जस्तो लाग्दैछ’ उनले भने ।

उनले आफू काठमाडौंमा जन्मिएको प्रष्टीकरण दिँदै भने, ‘म काभ्रेमा गर्भभित्र बसेको हो, जन्मिन चाहिँ काठमाडौंमा जन्मिएको हुँ । काभ्रेको हावापानी, चामल, कोदो, फापरले मेरो जिउका मासु बनेका हुन् । मेरो पुर्खाको ठाउँलाई हृदयदेखि ढोग्न चाहन्छु ।’

‘जयनेपाल माध्यमिक विद्यालयबाट जीवन बुझेँ’

चर्चित पुस्तक ‘चिना हराएको मान्छे’का लेखक समेत रहेका हरिवंशले चलचित्र र नाटकभन्दा किताबको महत्व ज्यादा रहेको बताए । ‘किताबलाई चलचित्र र नाटकसँग तुलना गर्न सकिँदैन । संसारका प्रविधि नष्ट हुनसक्छन्, स्याटेलाइटमा रेकर्ड भएका डेटा मेटिनसक्छन् । किताबमा लेखिएका मेट्न सकिँदैन’ किताबको बखानमा उनी सुनिए ।

उनले किताब आफ्नो चौबिसै घण्टाको साथी रहेको बताए । ‘कोही मान्छे घरमा आउँछ र जान्छ । किताब चौबिसै घण्टा मेरो घरमा आएर बस्छ । मेरो सिरानमा राख्न पनि मिल्ने, मेरो टाउकोमा राख्न पनि मिल्ने । जहाँ पनि राख्न मिल्ने । सबैभन्दा मिल्ने साथी भनेको किताब हुने रहेछ’ उनले भने ।

उनले भैरव अर्यालका हास्यब्यंग्य किताबले आफूलाई हास्यब्यंग्य क्षेत्रमा अघि बढ्न प्रेरणा दिएको बताए । आफूले स्वअध्ययन गर्ने गरेपछि स्कुलमा भने फिटिक्कै नपढ्ने बानी रहेको उनले सम्झिए । ‘यति धेरै पढ्ने मान्छे तर स्कुलमा नपढ्ने मान्छे म । मेरो कर्ममा- पढ्न पनि पर्ने, नपढ्न पनि पर्ने’ भन्छन्, ‘स्कुलमा चाहिँ सबैभन्दा नपढ्ने मान्छे भनेर गन्या थिएँ म । सबैभन्दा काम नलाग्ने भनेर गनिएको थिएँ ।’

उनले स्कुलभन्दा चलचित्र घरबाट आफूले जीवनबारे धेरै कुरा बुझेको बताए । ‘मलाई रन्जना माध्यमिक विद्यालय, जयनेपाल माध्यमिक विद्यालमा राजेश खन्ना, हेलेन मिस, हेमा मालिनीले नपिटिकिन पढाउनुहुन्थ्यो । बुझाउनुहुन्थ्यो । त्यहीँ सिकेका कुरा लिएर जीवनमा अघि बढेको छु । उहाँहरूले पढाउनुभएको कुरा मेरो दिमागमा पस्न थाल्यो’ उनले भने ।

राजेन्द्र कोजुको पुस्तक ‘मुटुको कथा’ जन्मदिनमा दिन मिल्ने सर्वोत्तम उपहार भएको हरिवंश बताउँछन् ।

‘डाक्टर हुनुभन्दा एक्टर हुनु फाइदा’

हरिवंशले डाक्टर हुनुभन्दा एक्टर हुनु फाइदाजनक भन्दै ब्यंग्य गरे । ‘डाक्टर हुँदा डाक्टर मात्र भइने । एक्टर हुँदा डाक्टर पनि हुन पाइने, इन्जिनियर र चोर पनि हुन पाइने । सबैभन्दा धेरै चोर, नेता र सज्जन मान्छे पनि भएको छु’ उनले भने ।

‘अहिले पनि चलचित्र र टेलिचिलचित्रका स्क्रिप्ट लेख्दा धेरै पढन्ुपर्छ । हामीले एचआइभी एड्स, क्षयरोग र पर्यावरणको विषयमा पनि धेरैवटा टेलिचलचित्र बनाइसक्या छौं । त्यो बनाउँदा स्क्रिप्ट लेख्ने क्रममा सबैभन्दा पहिला आफूले पढ्नुपर्छ’ उनले भने ।

आफूलाई अघोषित डाक्टर भन्दा पनि हुने उनको भनाई छ । ‘आफूले पढेर त्यो चीज जानिएन भने स्क्रिप्ट लेख्न सकिँदैन । यसकारण पनि मलाई हृदयरोग, डायबिटिज, एचआइभी एड्सको बारेमा धेरै कुरा थाहा छ । यसकारण मलाई अघोषित डाक्टर भन्दा हुन्छ । टेलिचलचित्रमा डाक्टर भएर पनि खेल्या छु ।

डाक्टर हुनुभन्दा एक्टर हुनु फाइदा रहेको भन्दै उनले भने, ‘डाक्टर हुँदा डाक्टर मात्र भइने । एक्टर हुँदा डाक्टर पनि हुन पाइने, इन्जिनियर र चोर पनि हुन पाइने । सबैभन्दा धेरै चोर, नेता र सज्जन मान्छे पनि भएको छु ।’

जीवनसंगिनी मीरालाई गुमाउँदाको क्षण जीवनको सबैभन्दा दुःखद क्षण भएको उनको भनाई छ । ‘त्यो क्षणमा किताब लेख्न मलाई रवीन्द्र समीरले प्रेरणा दिनुभयो । अनि चिना हराएको मान्छे बजारमा निकाल्न पाएँ । अहिलेसम्म बजारमा १ लाखभन्दा धेरै पिस बिकेको छ’ उनले भने ।

Previous Post

सुनको मूल्य बढ्यो,कतिमा भैरहेको छ कारोबार ?

Next Post

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मनोरञ्जन

अनमोल केसीको फिल्म ‘जेरी अन टप’ आजदेखि देशब्यापी प्रदर्शनमा- ओपनिङ सुखद

by अप्सरा आचार्य
८ महिना अगाडि
0
1.2k

फिल्म 'जेरी अन टप' शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ र प्रारम्भिक ओपनिङ सुखद देखिएको छ। फिल्मले सुखद ओपनिङ गर्ने संकेत...

Read more

रातको १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

८ महिना अगाडि
1.2k

पल शाहको फिल्म ‘मोहर हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

९ महिना अगाडि
1.2k

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

९ महिना अगाडि
1.2k

अन्ततः आयो विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ (भिडिओसहित)

१० महिना अगाडि
1.2k
Next Post

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.