HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

माघ महिनाको मासिक राशिफल

हो खबर by हो खबर
१ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
माघ महिना मेष राशिका लागि फलदायी रहनेछ। महत्त्वाकांक्षी योजना प्रारम्भ गर्न उपयुक्त समय हो। मेहनतले जीवनशैलीमा सुधार ल्याउनेछ भने कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुने सम्भावना छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दाम, इनाम र पुरस्कार पाउने समय हो। व्यापार र उद्योगमा मनग्गे फाइदा हुनेछ। खर्च भए पनि भविष्यका लागि महत्त्वपूर्ण काममा लगानी गर्ने अवसर पाउनुहुनेछ।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशिका लागि यो महिना मध्यम फलदायी रहनेछ। चुनौतीहरूको सामना गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यावहारिक दायित्वका कारण स्वतन्त्रता बाधित हुन सक्छ। बन्धुबान्धव तथा गुरुजनसँग मतभेद देखा पर्न सक्छ। थकान, आलस्य र अस्वस्थताले लक्ष्यप्राप्तिमा अवरोध हुनेछ। प्रेमसम्बन्धमा असमझदारी बढ्ने सम्भावना छ। तथापि, अनुभव र लगनशीलताले लक्ष्य प्राप्त गर्न मद्दत गर्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। समाजमा गुमेको स्थान पुनः प्राप्त हुनेछ। अचल सम्पत्तिसम्बन्धी विवाद सम्झौतामा टुंगिनेछ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशिका लागि यो महिना सामान्य रहनेछ। महिनाभरि कष्टभावमा रहने ग्रहको प्रभावले चुनौतीहरू देखा पर्नेछन्। व्यवसाय र नियमित आम्दानीका काम भने सञ्चालन हुनेछन्। चिताएको लाभांश नउठ्नाले आर्थिक अभाव अनुभव हुन सक्छ। शत्रुहरू सक्रिय रहनेछन्। लामो समय काम गर्दा स्वास्थ्यमा समस्या आउन सक्छ। कब्जियत र ढाड-कम्मरका समस्या सताउन सक्छन्। चोटपटकको सम्भावना रहेकाले सावधानी अपनाउनुहोला। शुभचिन्तकहरूको साथले चुनौतीहरूमाथि विजय प्राप्त गर्न सकिनेछ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशिका लागि यो महिना शुभ फलदायी रहनेछ। मनपर्ने भौतिक साधन र सवारी साधन जोड्ने समय छ। व्यापार र व्यवसायमा नयाँ काम सुरु हुनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। रोकिने आशंका गरिएको काम बन्नेछ। अध्ययनमा सफलता प्राप्त हुनेछ। टाढाको यात्रा गर्ने अवसर मिल्नेछ। प्रेमसम्बन्धले वैवाहिक जीवनतर्फ मार्ग प्रशस्त गर्नेछ। तर, अरूका विषयमा बढी चासो राख्दा आत्मसम्मानमा चोट पुग्न सक्ने भएकाले सजग रहनुहोला।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशिका लागि यो महिना विशेष फलदायी रहनेछ। नयाँ उद्योग वा व्यवसाय सुरु गर्न अनुकूल समय छ। आर्थिक समस्या समाधान हुनेछ। भौतिक साधनहरूको अभिवृद्धि हुनेछ। प्रतिस्पर्धीहरू सहयोगीका रूपमा देखा पर्नेछन्। वर्गीय हक र हितका लागि गरिएको प्रयासले सफलता दिलाउनेछ। मिहिनेतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ। साझेदारी र सगोल सम्पत्तिमा केही विवाद देखा पर्न सक्छ।

 

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशिका लागि यो महिना मिश्रित रहनेछ। स्वास्थ्यमा मौसमी समस्या देखापर्ने सम्भावना छ। आँटेका काममा ढिलाइ भए पनि शुभचिन्तकहरूको सहयोगले योजना सफल हुनेछन्। सन्तानका माध्यमबाट लाभ हुनेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। सानो प्रयासले आर्थिक सुधार हुनेछ। टाढाको यात्रा गर्ने अवसर मिल्नेछ।

 

 

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशिका लागि यो महिना सामान्य रहनेछ। उच्च महत्त्वाकांक्षा पूर्ण गर्न बुद्धिको सहारा लिनुपर्नेछ। घर-जग्गा सम्बन्धी विवादले मानसिक तनाव बढ्न सक्छ। साथीभाइको सहयोगले व्यवसायमा सुधार ल्याउन सकिनेछ। कृषि क्षेत्रमा लगानी गर्दा भविष्यमा लाभ हुनेछ। प्रेमसम्बन्धमा सकारात्मक उपलब्धि हुनेछ।

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशिका लागि माघ महिना लाभदायक हुनेछ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। राजनीतिमा सफलता मिल्नेछ। भूमिसम्बन्धी विवाद समाधान हुनेछ। प्रतिष्ठित व्यक्तिहरूसँगको सम्बन्धले नयाँ अवसर दिलाउनेछ।

 

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
धनु राशिका लागि यो महिना मिश्रित फलदायी रहनेछ। मिहिनेतले व्यवसायमा सफलता दिलाउनेछ। तर, बलजफ्तीको बानीले समस्या निम्त्याउन सक्छ। ठगीमा परिने सम्भावना छ। शुभचिन्तकहरूको सुझावलाई ध्यान दिनुहोला।

 

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
मकर राशिका लागि यो महिना मध्यम रहनेछ। आलस्यले अवसर गुम्ने सम्भावना छ। आफन्तहरूसँग असमझदारी बढ्न सक्छ। बुद्धिको सही उपयोगले सफलता प्राप्त हुनेछ। कृषि र पशुधनबाट लाभ हुनेछ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
यस महिनामा केही व्यावहारिक उतारचढाव आउन सक्छन्। सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइनेछ। आम्दानीको तुलनामा बढी खर्च हुनाले आर्थिक समस्या देखा पर्न सक्छ। दौडधुप र लगनशीलताले मात्र काम सम्पादन हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी केही फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा विदेश जाने अवसर प्राप्त हुनेछ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
माघ महिना कार्यदायी रहनेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। नोकरी तथा राजनीतिमा सम्मानित स्थान प्राप्त हुनेछ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। मानसम्मानका साथ आम्दानी बढ्नेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। सोख तथा विलासी मनोवृत्तिले खर्च बढाए पनि उत्साहजनक समाचार सुन्न पाइनेछ।

Previous Post

एसईई आगामी चैत ७ गतेदेखि, यस्तो छ रुटिन

Next Post

पत्थरचट्टा मिर्गौलाको पत्थरीको मार्ने औषधि, कस्ता व्यक्तिहरूले सेवन गर्नु हुँदैन ?

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

पत्थरचट्टा मिर्गौलाको पत्थरीको मार्ने औषधि, कस्ता व्यक्तिहरूले सेवन गर्नु हुँदैन ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.