शीतलहरका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा यातायात अवरुद्ध बनेको छ।नारायणगढ–बुटवल सडक विस्तारको क्रममा रहेको यो सडक खण्ड उकालो र ओरालो रहेकाले शीतलहरका बेला सडक चिप्लो भएर यातायात अवरुद्ध हुने गरेको छ । सोही क्रममा बुधबार बिहानसम्म यातायात अवरुद्ध भएको हो । बर्दघाट नगरपालिका–४ खुर्सानी खोलास्थित पूर्व–पश्चिम राजमार्गमा हुस्सु तथा शीतलहरको कारण बाटो चिप्लो भएर दुईतर्फी आवागमन नै अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी रेशम बोहराले जानकारी दिए । प्रहरीले ठूला र मालवाहक सवारीलाई पूर्वतर्फ दुम्किबास र पश्चिमतर्फ बर्दघाटमा रोकेको छ । यसअघि पनि वर्षामा सडक हिलो हुँदा उकालोमा सवारी चिप्लिएर यातायात अवरुद्ध हुने गरेको थियो ।
खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...
Read more







Discussion about this post