अंग्रेजी नयाँ वर्षको अवसरमा जानकी मन्दिरमा भक्तजनको भीड लागेको छ।
आजबाट अंग्रेजी नयाँ वर्ष २०२५ सुरु भएको हो। नयाँ वर्षको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा भक्तजनहरू अंग्रेजी नयाँ वर्षको स्वागत र वर्षभर राम्रो होस् भन्ने हेतुले जानकी मन्दिरमा पूजापाठका लागि जम्मा भएका छन्। जसकारण मन्दिरमा परिसरमा भक्तजनको भीड उल्लेख्य छ।
धार्मिक स्थलका साथै जनकपुरधाम पर्यटकीय नगरीसमेत हो। जसकारण पनि नयाँ वर्षका दिन घुमफिरका लागि मानिसहरूको भीड छ।






Discussion about this post