HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

लोकसेवामा लगातार फेल हुँदा र प्रेमिकासँगको सम्बन्ध पनि तनावपूर्ण हुँदा बुवा र भाइको हत्या

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनका कान्छा छोरा मृत भेटिएको प्रकरणमा बेपत्ता मिलन आचार्यले घटना स्वीकारेका छन् ।

शनिबार राति बुवा र भाइको ज्यान लिएपछि फरार रहेका उनले मंगलबार बिहान प्रहरी बृत्त महाराजगञ्जमा पुगेर घटना स्वीकारेका हुन् ।

घटनापछि आइबार सबेरै बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित कोठाबाट मोटरसाइकल चढेर फरार भएका उनी सातदोबाटो हुँदै कलंकी पुगेपछि गायब भएका थिए ।

कलंकीमा मोबाइलको सिमकार्ड फ्याँकेर गायब भएका उनले अचानक मंगलबार बिहान प्रहरी बृत्त महाराजगञ्ज पुगेर घटना सकारेका हुन् ।

प्रहरीले खोजतलास गरिरहेका बेला अचानक महाराजगञ्ज बृत्त पुगेका उनलाई नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोधपुछ गरेको थियो ।

त्यसक्रममा उनले बाबु र भाइको हत्या आफैंले गरेको भन्दै घटना सकारेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी एवम् प्रवक्ता काजीकुमार आचार्यले बताए ।

‘उनलाई हाम्रो टोलीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। त्यसक्रममा उनले बुवा र भाइको हत्या गरेको सकारेका छन्’, आचार्यले खबरहबलाई भनेका छन् ।

मिलन आफू धेरै कुरामा तनावमा आएका बेला मन अस्थिर हुँदा घटना हुन गराउन पुगेको बताएका छन् । बुवाले आफूलाई धेरै माया गर्ने गरेको बताउँदै तर बुवाको सपना पूरा गर्न असफल भएको प्रहरीसँग बताएका छन् ।

‘मैले लोकसेवा आयोगमा नाम निकालोस् भन्ने सपना बुवाले बोक्नु भएको थियो । उहाँले मलाई माया गर्नु हुन्थ्यो । तर उहाँको सपना पूरा गर्न सकिनँ । लोकसेवा ६/७ पटक दिँदा पनि फेल भएँ’, उनले प्रहरीसँगको बयानमा भनेका छन्, ‘म असफल भइरहँदा बुवा पनि ठूलो तनावमा हुनुहुन्थ्यो ।’

आचार्यले लोकसेवामा असफल हुँदा प्रेमिकासँगको सम्बन्ध पनि तनावपूर्ण भएको बताएका छन् । उनले बुवा र भाइलाई शारीरिक अभ्यासमा प्रयोग गरिने ड्रमबेल र मसला पिँस्न प्रयोग गरिने सिलौटाले हानेर ज्यान लिएको बताएका छन् । उनले बालकोटस्थित डेराका अलग अलग कोठामा सुतेका बुवा र भाइको ज्यान लिएर आइतबार सबेरै बिहान भागेका थिए ।

प्रहरीका अनुसार उनले बुवा र भाइको ज्यान लिएपछि आफूले पनि आत्महत्या प्रयास गर्दा असफल भएको बताएका छन् । एक प्रहरी अधिकारीले मिलनसँगको संवाद सुनेपछि उनीमा मानसिक समस्या पनि रहेको हुन सक्ने आशंका गरेका छन् । यद्यपि अहिले प्रहरी उनको स्वास्थ्य परीक्षणको चरणमा छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय निमित्त कार्यालय प्रमुख आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा सोमबार मृत भेटिएका थिए । उनीहरू दुवैलाई शनिबार राति मिलन आफैंले मासुभात पकाएर खुवाएका पन थिए ।

उनीहरूसँगै शनिबार राति उक्त घरमा सुतेका जेठा छोरा मिलन भने बेपत्ता थिए । बुवा र कान्छा छोरा मृत भेटिँदा बेपत्ता रहेका जेठा छोरा मिलन भने बेपत्ता थिए ।

आइतबार बिहान ३ बजे कोठाबाट निस्किएर बेपत्ता भएका उनी मंगलबार महाराजगञ्ज प्रहरी बृत्तमा पुगेसँगै प्रहरीले पक्राउ गरेको हो । महाराजगञ्ज प्रहरी बृत्तमा रहेका उनलाई लिन टोली पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधवप्रसाद बुढाथोकीले खबरहबलाई जानकारी दिए ।

‘आइतबार बिहान ३ बजेदेखि मिलन कोठाबाट मोटरसाइकल चढेर हिँडेको देखिएको थियो । सातदोबाटोसम्म पुगेको पत्ता लागेको थियो । मंगलबार बिहान महाराजगञ्ज बृत्तमा पुगेपछि पक्राउ गरिएको छ’, उनले भने, ‘अहिले हाम्रो टोली लिन जाँदैछ। ल्याइसकेपछि विस्तृत विवरण खुल्छ ।’

हुलाकका निमित्त कार्यालय प्रमुख आचार्य खोटाङबाट पाँच दिनअघि मात्रै जेठा छोरा मिलन आचार्य र कान्छा छोरा प्रवीण बसिरहेको भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा पुगेका थिए । उनी स्कुटरको लाइसेन्स निकाल्ने योजनासहित कार्यालयमा बिदा लेखाएर काठमाडौं आएका थिए ।

Previous Post

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

Next Post

आजबाट रवि लामिछानेको थुनछेक बहस

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

आजबाट रवि लामिछानेको थुनछेक बहस

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.