पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ,पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ। सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कणाली प्रदेशमा पनि फैलिने भन्दै विस्तारै गण्डकी र लुम्बिनीसम्म आउने जानकारी दिए। माथि सर्दै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने देखिने उनको भनाई रहेको छ।
लामिछानेका अनुसार आज (मंगलबार) दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जानेछ। उनले अहिले वर्षा भने नभइसकेको जानकारी दिए। राति र बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा हल्ला वर्षा हुनसक्ने सम्भावना रहेको उनको भनाई छ।
महाशाखाले सोमबार साँझ सार्वजनिक गरेको विवरणमा हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हुने देखिएको छ।







Discussion about this post