HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

अपहरण शैलीमा पोखरा ल्याइयोः रवि लामिछाने

हो खबर by हो खबर
१ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले आफूलाई रातारात अपहरण शैलीमा पोखरा ल्याइएको बताएका छन् ।

आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा आफ्नो धारणा राख्दै रविले एकपटक स्वास्थ्य परीक्षण त गरिदिनुस् भनेर आग्रह गर्दा पनि सुनुवाई नभएको गुनासो गरे । उनले चितवनमा आफ्नो स्वास्थ्य अवस्था कमजोर हुँदा पनि बयानका लागि तयार भएको न्यायाधीश समक्ष बताएका छन् ।

उनले भने, ‘ चितवन पु-याएकै दिन बयान सुरु भयो। टाउको दुखिरहेको थियो। तरपनि बयान दिएँ। भोलिपल्ट पनि बिहानबाटै बयान भयो। बिहान करिब साँढे ८ बजेबाट राति ९ बजेसम्म बयान भयो। दोस्रो दिन पनि टाउको दुखेको निको भएको थिएन, मैले एसपी/डीएपीकै औषधि खाएको थिएँ। गाह्रो हुँदा पनि बयानमा सहयोग गर्दिन भनिन। राति अबेर मलाई सरकारी वकीलको कार्यालयबाट जिल्ला प्रहरी कार्यालय फर्काइयो।’

साथै रविले चितवनबाट पोखरा लाने क्रममा एक जना प्रहरीले मदिरा सेवन समेत गरेको बताएको छन् । आफूलाई प्रहरीले जबरजस्ती हात तान्नदै गाडीमा राखेको पनि रविले बताएका छन् ।

‘मलाई गाह्रो भएको छ आरम गर्न दिनुस् भनेर पटकपटक आग्रह गरे। बिहान तपाईंकै अगाडि औषधि खाएको छु, मेरो प्रेसरको अवस्था त्यो अवस्थामा थियो, तपाईंहरुले थाहा पाइहाल्नुभयो होला। मलाई अस्पताल लगेर चेक गर्नुस् भनें। तर, उहाँहरुले सुन्नु भएन। लैजाने नै भए मेरो परिवार, वकील र पार्टीका साथीहरुलाई जानकारी दिनुस्, एक कल मात्र गर्न दिनुस् भनें तर उहाँहरुले दिनुभएन। कसैलाई खबर गर्न दिनु भएन। त्यसपछि केही प्रहरी आएर जाउँजाउँ भन्दै मेरो हात तान्न थाले। आएकामध्ये एकजना बोल्दा मदिराको गन्ध आयो, मलाई नछुनुस् भन्दै म बिस्तारै तल ओर्लिएँ ’ उनले भने ।

Previous Post

सोमवार शिवको विशेष दिन ? गर्नुहोस् पूजा

Next Post

एकैदिन विभिन्न स्थानमा भएका दुर्घटनामा पाँच जनाको मृत्यु

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

एकैदिन विभिन्न स्थानमा भएका दुर्घटनामा पाँच जनाको मृत्यु

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.