मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज व्यवसायबाट राम्रो फाइदा निकाल्न सकिनेछ। कृषि तथा उद्योगमा पनि राम्रो लाभ हुनेछ। कामबाट पनि आर्थिक लाभ मिल्नेछ। आवश्यकता परेको ठाउँमा दाजुभाईको सहयोग मिल्न सक्छ। परिवारमा मेलमिलाप रहनेछ र प्रेम जीवनमा पनि आत्मीय सम्बन्ध हुन सक्नेछ। पढाईमा पनि राम्रो सफलता मिल्न सक्छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज नोकरी गर्नेहरुको लागि राम्रो मौकाहरु आउन सक्छन् भने व्यवसाय गर्नेहरुले राम्रो नाफा बनाउन सक्छन्। स्वास्थ्य राम्रो रहनुका साथै पारिवारिक सद्भाव कायम रहनेछ। आज विद्यार्थीको पढाई पनि राम्रो हुन सक्ने रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन राशि भएकाहरूका लागि आज समय सामान्य रहन सक्छ। आज महत्वपूर्ण कामहरु सुरु नगर्नु नै बेस होला। आज स्वास्थ्य पनि सामान्य नै रहनेछ। धार्मिक, सामाजिक तथा परोपकार तिर लाग्दा मनमा शान्ति मिल्ला। पारिवारिक सम्बन्ध सामान्य रहनेछ भने विद्यार्थीले मेहेनत गर्दा पढाई राम्रो रहन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशि भएकाहरूका लागि आज समय सामान्य छ।आज नयाँ कामको थालनी, हालको पेशामा ठूलो लगानी गर्नु पनि ठीक छैन। आज पारिवारिक असमझदारी र विद्यार्थीको पढाईमा मन नजान सक्छ। प्रेम जीवनमा पनि असमझदारी हुन सक्ने भएकाले विचार गर्नुपर्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशि भएकाहरूका लागि आज समय राम्रो रहेको छ । व्यवसायबाट राम्रो नाफा आर्जन हुन सक्छ भने साझेदारी कामबाट विशेष फाइदा हुन सक्छ। पति वा पत्नीको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुन सक्छ। पारिवारिक जीवन र प्रेम जीवनमा समझदारी र विश्वास रहन सक्छ। विद्यार्थीको पनि पढाईमा प्रगति हुन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज समय राम्रो रहेको छ। आज आर्थिक क्षेत्र सम्बन्धि अर्थात् बैंक, फाइनान्स आदि क्षेत्रमा काम गर्ने व्यक्तिले विशेष लाभ प्राप्त गर्न सक्छन्। आज धनको बचत र दीर्घकालीन लगानी हुन सक्छ। आज सुनचाँदी वा अन्य वस्तुको खरिद हुन सक्छ। आज स्वास्थ्य, पारिवारिक जीवन, प्रेम जीवन तथा विद्यार्थीको पढाई सम्बन्धि क्षेत्रहरु राम्रो रहन सक्छन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशि भएकाहरूका लागि आज समय सामान्य रहेको छ। आज शैक्षिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुले राम्रो प्रगति गर्न सक्छन् भने अन्य क्षेत्र सामान्य रहन सक्छ। आज पारिवारिक जीवन सामान्य रहन सक्छ। विद्यार्थीले मेहेनत गर्दा सफलता पाउन सक्छन्। प्रेम जीवन राम्रो रहनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशि भएकाहरूका लागि आज समय सामान्य रहेको छ। आज यात्रामा अवरोध र लेनदेनमा घाटा हुन सक्छ । आज पारिवारिक र प्रेम जीवनमा शंका तथा अविश्वास हुन सक्छ। विद्यार्थीको पढाईमा ध्यान नजान सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनु राशि भएकाहरूका लागि आज समय राम्रो रहेको छ । आज व्यापार व्यवसायबाट राम्रोे लाभ प्राप्त गर्न सक्नुहुनेछ । थान कपडाको दोकान, किराना, मट्टीतेल, डिजल, कुनै पनि तरल पदार्थको पेसा गर्ने व्यक्तिलाई पनि पूर्ण सफलता र लाभको रहेको छ । आज परिवारमा रमाइलो हुन सक्छ । विद्यार्थीले पढाईमा प्रगति गर्न सक्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मकर राशि भएकाहरूका लागि आज समय सामान्य रहन सक्छ । आज लेनदेन गर्दा आफुलाई घाटा हुन सक्ने भएकाले विचार पुर्याउनुपर्छ। आज प्रेम जीवन तथा पारिवारिक जीवनमा सामान्य असमझदारी देखिए पनि तुरुन्तै हट्नेछ। विद्यार्थीको पढाई सामान्य रहन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशि भएकाहरूका लागि आज समय राम्रो रहन सक्छ । मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ । आज आफन्तका बीच भेटघाट र परिवारसँग मनोरन्जनात्मक कार्यमा सरिक हुन सकिन्छ। विद्यार्थीको पढाईमा ध्यान जान्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शरीरमा अस्वस्थताको अनुभव हुन सक्ने भएकाले जोशजाँगरमा कमी आउन सक्छ। आज परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता हुने, लेनदेन र जग्गा जमीन सम्बन्धी कार्यमा विवाद पर्न सक्ने रहेकाले सचेत रहनुहोला।






Discussion about this post