HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

खातामा जम्मा गर्नुस् एक लाख रुपैयाँ, ७७ कम्पनीले ल्याउँदैछन् आईपीओ

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

पुँजीबजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) ले करिब ११ महिनापछि नयाँ अध्यक्ष पाएको छ । सन्तोषनारायण श्रेष्ठ बोर्ड अध्यक्ष बनेसँगै पाइपलाइनमा भएका साधारण शेयर (आईपीओ) जारी हुन थाल्नेछ ।

मंसिर ९ गते सेबोनले अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्नासाथ आईपीओ जारी गर्ने पाइपलाइनमा भएका कम्पनी सार्वजनिक गरेको थियो ।सेबोनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०८० फागुन २० यता मात्र ४२ कम्पनी आईपीओ स्वीकृति पखाईमा थपिएका छन् । यससँगै आईपीओ निष्काशनको तयारीमा रहेका कम्पनी सङ्ख्या ७७ पुगेको छ ।

सेबोनमा पाइपलाइनमा भएका सबै कम्पनीको आईपीओ जारी भएमा ४९ अर्ब १० करोड ९० लाख १६ हजार ५९६ रुपैयाँ बराबरको ३३ करोड ५६ लाख ८६ हजार ८३ कित्ता शेयर निष्काशन हुनेछ ।

बोर्डले सार्वजनिक गरेको विवरणमा सबैभन्दा बढी हाइड्रोपावर समूहको आईपीओ स्वीकृति प्रक्रियामा छन् । उक्त समूहका ३७ कम्पनी आईपीओ निष्कासन पखाईमा छन् । हाइड्रोको ३७ कम्पनीको आईपीओ भए बजारमा १५ अर्ब ७३ करोड ९० लाख ४६ हजार ४०० रुपैयाँ बराबरको १५ करोड ७३ लाख ९० हजार ४६४ कित्ता शेयर आउनेछ ।

हाइड्रोपावर समूहपछि उत्पादन तथा प्रशोधन समूहको धेरै आईपीओ पाइपलाइनमा छन् । सेबोनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार उत्पादन तथा प्रशोधनको १५ वटा आईपीओ पाइपलाइनमा छन् । उक्त समूहको २२ अर्ब ६८ करोड ४७ लाख ७६ हजार ६९६ रुपैयाँ बराबरको नौ करोड १६ लाख ७५ हजार ६८४ कित्ता शेयर निष्काशन हुनेछ ।

अन्य समूहका पनि १० कम्पनीले आईपीओ निष्काशन तयारीमा गरेका छन् । यी १० कम्पनीले तीन अर्ब ३२ करोड २८ लाख ४३ हजार ५०० रुपैयाँ बराबरको दुई करोड ६५ लाख ६ हजार ४३५ कित्ता शेयर निष्काशन गर्न अनुमति कुरेका हुन् ।

त्यस्तै, होटल तथा पर्यटन समूहका सात कम्पनीको आईपीओ पनि पाइपलाइनमै छ । यो समूहको तीन अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको तीन करोड ५६ लाख ६० हजार कित्ता शेयर निष्काशन हुन लागेको हो ।

लगानी समूहको तीनवटा कम्पनीले पनि दुई अर्ब ८४ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको एक करोड ५६ लाख ७३ हजार ५०० कित्ता शेयर जारी गर्न लागेका छन् ।

यस्तै, माइक्रो इन्स्योरेन्सका तीन कम्पनीको १०० रुपैयाँ दरका आईपीओ भर्न थप तीन हजार रुपैयाँ खर्च हुनेछ । आईपीओ जारी गर्ने पखाईमा रहेको स्वस्तिक लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता १०० रुपैयाँका दरले नै आईपीओ जारी गर्न अनुमति मागेको छ । आईपीओ निष्काशनको स्वीकृति पाएको गार्जियन माइक्रो लाइफ इन्स्योरेन्सले पनि प्रतिकित्ता १०० रुपैयाँका दरले नै आईपीओ जारी गर्नेछ ।

एक पटकमा कतिवटा आईपीओ ?

पाइपलाइनमा रहेका ७७ कम्पनीमध्ये सबैभन्दा पहिले गार्जियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ जारी हुनेछ । सेबोनले उक्त इन्स्योरेन्सलाई आईपीओ जारी गर्न स्वीकृति दिइसकेको छ ।

कागजात सबै पूरा भएमा धेरै कम्पनीको आईपीओ एकैपटक पनि आउनसक्ने सम्भावना रहेको धितोपत्र बोर्डका प्रवक्ता नवराज अधिकारी बताउँछन् । ‘समयमै कागजात पूरा गर्ने नसक्ने कम्पनीको आईपीओमात्र ढिला आउने हो,’ अधिकारीले भने, ‘पहिला जो आयो, त्यसैलाई सेबोनले स्वीकृति दिने हो ।’

सर्वसाधारणलाई शेयर बेच्न खोजेका कम्पनीले सकेसम्म चाँडो पुँजी उठाउन चाहेकाले कागजात पूरा गरे एकैपटक आईपीओ आउनसक्ने अधिकारीको भनाइ छ ।

‘यो पटक एकैपटक धेरै कम्पनीको आईपीओ पनि आउन सक्छ,’, अधिकारीले भने, ‘तर, आईपीओ निष्काशनको स्वीकृति दिने कुरा अध्यक्षको हो, उहाँले जसरी निर्णय गर्नुहुन्छ – सोहीअनुसार आईपीओ जारी हुन्छ ।’

सेबोनले सबै कुरा हेर्न भ्याएको खण्डमा अन्य अवस्थामा भने जतिवटा कम्पनीको कागजात मिलेको छ – त्यति कम्पनीको आईपीओ जारी गर्न स्वीकृति दिन पाइने अधिकारी बताउँछन् ।

आईपीओ भर्न के गर्ने ?

आईपीओमा आवेदन दिन सबैभन्दा पहिले बैंक खाता हुनुपर्छ । त्यसपछि मर्चेन्ट बैंकको खातासमेत आवश्यक पर्छ । धितोपत्र निष्काशन तथा बिक्री वितरण र प्रबन्धसँग सम्बन्धित आवश्यक सम्पूर्ण काम मर्चेन्ट बैंकबाट हुने गर्छ ।

मर्चेन्ट बैंकमा खाता भएमा ‘मेरो शेयर’ एप प्रयोग गरी आईपीओ सजिलै भर्न सकिन्छ ।अहिले नेपालमा ३१ वटा मर्चेन्ट बैंक छन् । ती मध्ये जुनसुकै मर्चेन्ट बैंकको खाता छ भने आईपीओका लागि आवेदन दिन सकिन्छ ।

पछिल्लो समय अधिकांश मर्चेन्ट बैंकले अनलाइन माध्यमबाट नै खाता खोल्न सक्ने व्यवस्था गरेका छन् । अधिकांश वाणिज्य बैंकहरूको आफ्नै मर्चेन्ट बैंक छ ।

मर्चेन्ट बैंकमा खाता खोल्नका लागि आफ्नो खाता भएको वाणिज्य बैंकको नजिकको शाखामा बुझ्न सकिन्छ ।

अन्य समूहको तीन कम्पनीले प्रिमियम तथा बुक बिल्डिङमा र ६ कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा आईपीओ जारी गर्न बोर्डसँग अनुमति मागेका छन् । नेपाल ब्रोडकास्टिङ च्यानल लिमिटेडले भने प्रतिकित्ता ५० रुपैयाँमै आईपीओ ल्याउन स्वीकृति पर्खिएको छ । अन्य समूहका १० कम्पनीको आईपीओ ल्याए प्रत्यक कम्पनीको न्यूनतम १० कित्ता भर्न १६ हजार ६५० रुपैयाँ आवश्यक पर्छ ।

लगानी समूहको तीन कम्पनीको आईपीओ आउँदा सर्वसाधारणले ६ हजार १०० रुपैयाँ सर्बसाधारणले खर्च गर्नुपर्ने हुन्छ । २ वटा कम्पनी प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ ल्याउँदा शिवम् होल्डिङ्स लिमिटेड भने २१० रुपैयाँ प्रतिकित्तामा आईपीओको अनुमति मागेको छ ।

हाइड्रोपावरको सबै ३७ कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले नै आईपीओ ल्याउनेछन् । ती सबै आईपीओ भर्न एक जनाले ३७ हजार रुपैयाँ लगानी गर्नुपर्छ । होटल तथा पर्यटन समूहका सात कम्पनीमध्ये ६ वटाले १०० रुपैयाँका दरले आईपीओ ल्याउनेछन् । अकामा होटल लिमिटेडले भने ५० रुपैयाँका दरले आईपीओ ल्याउनेछ ।

यतिखेर लघुबीमा (माइक्रो इन्स्योरेन्स) का तीन कम्पनी आईपीओ जारी गर्ने स्वीकृति पखाइमा छन् । यी तीन कम्पनीले ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता साधारण शेयर जारी गर्न खोजेका हुन् ।

लघुवित्त समूहतर्फ स्वस्तिक लघुवित्त वित्तीय संस्था आईपीओ निष्काशन पखाईमा छ । नियामकबाट स्वीकृति पाए स्वस्तिकले ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता शेयर जारी गर्नेछ ।

गार्जियन माइक्रो लाइफ इन्स्योरेन्सलाई सेबोनले आईपीओ निष्काशन स्वीकृति दिइसकेको छ । उक्त कम्पनीको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन हुँदैछ ।

७७ कम्पनीको आईपीओ भर्न एक लाख रुपैयाँ चाहिने

निष्काशन स्वीकृति पर्खिरहेका सबै कम्पनीको आईपीओ जारी भए सर्वसाधारणले एक लाख रुपैयाँ खर्चनुपर्नेछ ।

धेरैजसो आईपीओको अङ्कित मूल्य १०० रुपैयाँ भए पनि कतिपय कम्पनीलाई सेबोनले प्रिमियम र बुल बिल्डिङ विधिमार्फत धितोपत्र निष्काशन गर्न दिँदैछ । यी सबै कम्पनीको आईपीओ नछुटाइ भर्न सर्वसाधारणले करिब एक लाख रुपैयाँ जोरजाम गर्नुपर्ने देखिन्छ ।

हरेक कम्पनीको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने हुन्छ । सेबोनले ७७ वटा सबै कम्पनीलाई निष्काशन गर्ने अनुमति दिए एक सर्वसाधारणले सबै गरी ९३ हजार ८३६ रुपैयाँको आईपीओ भर्न पाउँछन् ।

सेबोनले प्रकाशन गरेको सूची अनुसार नौवटा कम्पनीको आईपीओ प्रिमियम र बुक बिल्डिङ विधिमार्फत् आउँछ भने दुई कम्पनीको आईपीओ ५० रुपैयाँ प्रतिकित्ताका दरले आउनेछ । बाँकी ६६ वटा कम्पनीको आईपीओ भने प्रतिकित्ता १०० रुपैयाँमा भर्न पाइनेछ ।

सबैभन्दा बढी प्रिमियम र बुक बिल्डिङमा उत्पादन तथा प्रशोधन समूहको आईपीओ आउनेछ । उक्त समूहको १५ कम्पनी आईपीओ जारी गर्ने पाइपलाइमा छन् । जसमध्ये नौ कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको आईपीओ जारी गर्नेछन् भने पाँच कम्पनीले बढी मूल्यको आईपीओ निष्कासन गर्न अनुमति कुरेका छन् । उक्त समूहबाट आईपीओ जारी गर्न खोजेका सबै १५ कम्पनीको साधारण शेयर भर्न एक जनालाई ३२ हजार ५८६ रुपैयाँ आवश्यक पर्नेछ ।

Previous Post

प्यारालाइसिस कस्ता व्यक्तिलाई हुन्छ र किन हुन्छ ?

Next Post

सुनसरीमा टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

शेयर बजार

घट्यो सेयर बजार -१३.५२ अंकले घट्यो नेप्से

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७...

Read more

सेयर वृद्धिमा निरन्तरता-आज पनि १०.४३ अंकले बढ्यो नेप्से

६ महिना अगाडि
1.2k

सेयर बजार राताम्य -२७ अंकले घटेर २५ सय विन्दुमा झर्‍यो नेप्से

७ महिना अगाडि
1.2k
share

सेयर बजारमा हरियाली ६२ अंकले बढ्यो

७ महिना अगाडि
1.2k

लगातार घट्दै सेयर बजार -एक वर्षकै न्यून विन्दुमा

८ महिना अगाडि
1.2k
Next Post
सांकेतिक तस्बिर

सुनसरीमा टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.