HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

आज जनकपुर र विराटनगर भिड्दै, सबै टोली उत्साहित

हो खबर by हो खबर
२ वर्ष अगाडि
in खेलकुद, समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आज देखि सुरु हुने नेपाल प्रिमियर लिगका आठ फ्रेन्चाइज टोलीका कप्तानले पहिलो संस्करणका खेलका लागि आफू उत्साहित रहेको बताएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सबै फ्रेन्चाइज टोलीका कप्तानले एनपिएलको आयोजनालाई लिएर आफू उत्साहित रहेको बताएका हुन्।

शनिबार जनकपुर बोल्ट्स र विराटनगर किङ्सले एनपिएल उद्घाटन खेलमा प्रतिष्पर्धा गर्दैछन्। उद्घाटन अगाडि भएको पत्रकार सम्मेलनमा सबै फ्रेन्चाइज टोलीका कप्तानले एनपिएल आयोजना हुनु एक्सपोजरको राम्रो माध्यम रहेको र जहाँ आफूहरूले खेल्न उत्साहित रहेको धारणा राखे।

जनकपुर बोल्ट अनिल साहको कप्तानीमा उत्रँदैछ भने विराटनगरको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्। ग्लोवल स्टारको छवि बनाएका विराटनगरका कप्तान सन्दीपले विभिन्न देशमा फ्रेन्चाइज खेल्दा आफ्नो देशमा पनि विश्वका स्टारसहित राम्रो फ्रेन्चाइज लिग होस् भन्ने चाहना रहँदै आएको र जुन अहिले पूरा भएको बताए। उनले यसअघि नेपालमा भएका फ्रेन्चाइज क्रिकेटको योगदान पनि भुल्न नहुने उल्लेख गरे। लेग स्पिनरसमेत रहेका सन्दीपले पहिलो खेलमा जित निकाल्ने लक्ष्यका साथ उत्रने पनि बताए। यता, जनकपुर बोल्ट्सको मार्की खेलाडी असिफ सेख हुन्।

जनकपुर बोल्ट्सले अनिललाई कप्तानी जिम्मेवारी दिएको छ। मार्कीलाई कप्तानी जिम्मेवारी नदिने जनकपुर एक्लो टोली हो। कप्तान अनिलले आसिफकै सल्लाहपछि आफू कप्तान बनेको स्पष्ट पारे। उनले केही दिन काठमाडौंमा तयारीसँगै अभ्यास खेल पनि खेलेको र टोली सन्तुलित रहेको बताएका छन्।

विराटनगर र जनकपुरबिच शनिवार १२ः१५ खेल हुनेछ। जनकपुरले न्युजिल्याण्डका जिमी निसमजस्ता चर्चित र अनुभवी क्रिकेटर भित्राएको छ। विराटनगरसँग ग्लोबल स्टार सन्दीपसँगै न्युजिल्याण्डकै मार्टिन गप्टिलजस्ता आक्रामक ब्याट्सम्यान छन्। त्यसैले पहिलो खेल रोमाञ्चक हुने आशा गरिएको छ।

शुक्रबार पत्रकार सम्मेलनमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले आफ्नो टोलीमा युवा खेलाडीको बाहुल्यतासँगै शिखर धवन र बाबर हयात स्टारको साथले राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे।

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले करिव ६/७ दिनको तयारी गरेको र आफ्नो टोली पनि सन्तुलित रहेकाले राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे। साथै उनले देशमा एनपिएल आयोजनालाई लिएर राम्रो माहोल बनेको र भविष्यमा यसले छुट्टै उचाइ लिने धारणा राखेका छन्।

अन्तर्राष्ट्रिय ब्रोडकास्टर र अनुभवी खेलाडीको आगमनले एनपिएललाई नयाँ उचाइमा पुर्‍याउने उनको विश्वास थियो। काठमाडौं गुर्खाजका कप्तान करण केसीले यो एनपिएल युवा खेलाडीलाई आफ्नो ट्यालेन्ट देखाउने राम्रो माध्यम बन्ने विश्वास व्यक्त गरे। साथै उनले आफ्नो टोलीले राम्रो तयारी गरिरहेको पनि बताएका छन्।

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टोलीको तयारी राम्रो भएको र १/२ वटा अभ्यास खेल पनि खेलेकाले राम्रो प्रदर्शन गर्ने बताए। साथै उनले एनपिएललाई लिएर सबै खेलाडी उत्साहित रहेको उल्लेख गरे।

चितवन राइनोजका कप्तान कुशल मल्लले आफूहरू खेलका लागि उत्साहित रहेको बताए। पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले पोखरामा नै ८/९ दिन अभ्यास गरेको बताए। साथै उनले अभ्यास खेलमा पनि राम्रो भएको र खेलका लागि सबै खेलाडी उत्साहित रहेको उल्लेख गरे। सो अवसरमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले एनपिएलको आयोजनासँगै नेपाली क्रिकेटले नयाँ उचाई लिने विश्वास व्यक्त गरे।

Previous Post

पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

Next Post

आजदेखि ‘नेपाल प्रिमियर लिग’ क्रिकेट त्रिविमा पढ्ने विद्यार्थीलाई टिकट मूल्यमा छुट

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

आजदेखि ‘नेपाल प्रिमियर लिग’ क्रिकेट त्रिविमा पढ्ने विद्यार्थीलाई टिकट मूल्यमा छुट

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.