HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

मङ्सिर २ गतेदेखी ८ गते सम्म हेर्नुहोस साप्ताहिक : राशिफल

हो खबर by हो खबर
२ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

बोलीको प्रभाव बढ्नुका साथै सीपमा थप निखार आउने देखिन्छ। धार्मिक एवं सामाजिक कार्यमा रुचि बढ्नेछ । नोकरी गर्नेहरुका लागि कार्यस्थलमा कामको बोझ थपिन सक्नेछ । राम्रो परिश्रम गरि काम सम्पन्न गरेपनि अपजश हरु आईलाग्न सक्नेछ । प्रेम सम्बन्ध सकारात्मक रहनेछ । विद्यार्थी वर्गका लागि पनि यो साता शुभ रहेको छ। शुक्रबार र शनिबार भने कमजोर रहेका छन । । यी दिनहरुमा कुनै पनि महत्वपुर्ण कार्यको शुरुवात नगर्नु एवं लगानी नगर्नु उत्तम हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

ईज्जत र प्रतिष्ठा बढ्नेछ । आत्मसम्मान उच्च रहनेछ तर कतिपय कार्यमा हतारमा निर्णय हुनसक्छ र पछि समस्या आउन सक्छ । परिवारमा उचित सल्लाह एवं छलफल गरि निर्णय गर्नु उत्तम हुनेछ । आर्थिक अवस्था सामान्य रहनेछ । व्यापार व्यवसाय बाट पनि मिश्रित लाभ मिल्नेछ । विशेष गरि सञ्चार तथा प्रविधिसँग सम्बन्धित क्षेत्रको कारोबार बाट लाभ हुनेछ । नोकरी गर्नेहरुका लागि पनि शुभ समय रहने देखिन्छ । कार्यस्थलमा तपाईको कार्यको सराहना हुनेछ । विद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जीवन पनि सुखद रहनेछ । विशेष गरि आफ्नो जीवनसाथीबाट भरपुर साथ र सहयोग हुनेछ । प्रेमीसँग सामान्य मतभेद देखिन सक्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

साताको शुरुका दिन आईतबार र सोमबार विना कारण दौडधुप हुन सक्नेछ । खर्च बढ्नेछ भने मानसिक चिन्ता देखिन सक्नेछ । काम विग्रनाले नैराश्यता बढ्नेछ । तर मंगलबार देखि चन्द्रमाको गोचर प्रथम भावमा पर्ने हुनाले अवस्थामा सुधार आउनेछ । सिर्जनात्मक एवं तार्किक क्षमता बढ्नेछ । अप्ठ्यारो परिस्थितीसँग जुध्न सक्नुहुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । प्रशस्त धन आर्जन हुने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाईसँग रमाईला पलहरु व्यतित हुनेछन । सहकर्मी साथीबाट सहयोग प्राप्त हुनेछ । यो साता परिवारका सदस्य बीच एकआपसमा विवाद देखिन सक्नेछ । जीवनसाथीसँग सामान्य सम्बन्ध रहनेछ । सुमधुर सम्बन्धका लागि जिम्मेवार हुनु आवश्यक देखिन्छ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । एक आपसमा विश्वास बढ्नेछ भने आपसी समझदारी कायम रहनेछ । विद्यार्थीका लागि अध्ययन कार्यमा मन जानेछ । तपाईको परिश्रम अनुसार नै सफलता मिल्ने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आईतबार र सोमबार व्यापार व्यवसायका दृष्टिबाट सकारात्मक रहने देखिन्छ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । तपाईको कलात्मक एवं सिर्जनात्मक क्षमता उच्च रहने देखिन्छ । आफ्ना साथीभाईबाट महत्वपुर्ण सहयोग प्राप्त हुनेछ । विरोधीहरु पराजित हुनेछन् । नोकरी गर्ने हरुका लागि नयाँ काम सिक्न पाईने अवसर हुनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाईमा विभिन्न बाधा एवं समस्याहरु देखिन सक्नेछन् । चुनौतिहरु लाई पार लगाउँदै पढाईमा मन लगाउनु जरुरी छ । मंगलबार र बुधबार भने तपाईका लागि कमजोर दिन रहनेछन । यि दिनहरुमा अनावश्यक खर्च बढ्न सक्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कार्यक्षेत्रमा सफलता दिलाउनेछ । नयाँ क्षेत्रका कार्य गर्ने अवसर आउन सक्नेछ । व्यापार व्यवसायबाट पनि सफल साता रहनेछ । पारिवारमा सकारात्मक वातावरण हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । सामाजिक एवं राजनीतिक क्षेत्रमा समेत तपाईको उचाई बढ्नेछ। तपाईका विरोधीहरुको मनोवल कमजोर रहने देखिन्छ । विद्यार्थीको पढाईमा मन जानेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । आफ्नो सुखदुखमा प्रेमीको साथ र सहयोग प्राप्त हुनेछ । साताका अन्त्य तिरका दिनहरु शुक्रबार र शनिबार भने अनावश्यक धन खर्च हुने एवं चिन्ता बढ्ने योग छ । यी दिनहरुमा कुनैपनि महत्वपुर्ण कार्यको शुरुवात नगर्नु उत्तम हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

यो साता व्यस्तता बढ्नेछ । परिश्रम अनुसार सफलता हात लाग्दा मन प्रफुल्ल बन्नेछ । प्रशस्त धन आर्जन हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ हुनेछ। नोकरी गर्नेहरुका लागि साता सफल रहनेछ । कामको जिम्मेवारी बढ्न सक्नेछ । पारिवारिक जीवन सुमधुर रहनेछ । सुख दुखमा जीवनसाथीको सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाईमा प्रतिकुल समय देखिन्छ । मन चञ्चल भएर पढाईमा ध्यान केन्द्रित नहुन सक्छ । सचेत रहनुहोला । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशिका लागि यो साता मिश्रित रहेको छ । व्यर्थमा मानसिक चिन्ता बढ्न सक्नेछ । स्वास्थ्य कमजोर हुने एवं नसोचेको क्षेत्रमा धन खर्च हुन सक्नेछ । मंगलबार देखि चन्द्रमाको गोचर भाग्य स्थानमा हुने हुनाले अवस्थामा सुधार हुनेछ । धार्मिक एवं सामाजिक कार्यमा तपाईको रुचि बढ्नेछ । तपाईको परिश्रमको उचित मुल्य प्राप्त हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ र धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था पनि सकारात्मक रहनेछ। परिवारमा सामान्य विवादहरु देखिन सक्नेछन । विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ । तुलनात्मक रुपमा आईतबार र सोमबार भने कमजोर दिनहरु रहेका छन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

साझेदारीका कार्यबाट उचित मुनाफा आर्जन हुनेछ । तपाईको सामाजिक दायरा फराकिलो बन्दै जानेछ । भोग विलास एवं विपरितलिंगीका साथीको लाखि खर्च बढ्नेछ । मंगलबार र बुधबार अष्टम भावमा चन्द्रमाको गोचरका कारण वादविवादमा पर्न सकिनेछ । आफ्नो बोली र व्यवहारमा संयमता अपनाउनु होला । अन्य दिनहरु भने शुभ रहेका छन । धन लाभ हुनेछ ।सरकारी क्षेत्रबाट साथ र सहयोग मिल्न सक्नेछ । आफ्ना साथीभाईबाट सहयोग प्राप्त हुनेछ । आम्दानी बढनेछ । परिवारमा मेलमिलाप हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा सकारात्मक समय रहनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

समग्रमा यो साता मिश्रित रहेको छ । तपाईका विरोधीहरु पछि पर्नेछन् । तपाईको कार्य क्षमता घट्न सक्नेछ । कुनै पनि कार्यमा एकाग्रताका साथ लगनशील भएर कार्य गर्न कठिन हुने देखिन्छ । तर मंगलबार, बुधबार र बिहिबार भने तपाईका लागि सबल रहेका छन । नोकरी एवं व्यापार व्यवसायमा सफलता मिल्ने देखिन्छ । साझेदारीका कार्यबाट समेत उचित मुनाफा आर्जन हुनेछ । सामाजिक कार्यमा सरिक भइनेछ । आध्यात्मिक कार्यबाट मन प्रशन्न रहनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ अध्ययन अध्यापन कार्य सफल रहनेछ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । यो साता कुटुम्ब पक्षबाट समेत साथ र सहयोग प्राप्त हुन सक्नेछ । विद्यार्थीका लागि अनुकुल रहेको छ तपाईको परिश्रमको पुरा मुल्य प्राप्त हुनेछ । शुक्रबार र शनिबार भने स्वास्थ्य कमजोर हुने एवं धनखर्च बढ्न सक्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

समग्रमा यो साता सबल रहनेछ । सन्तान बाट सुख प्राप्त हुनेछ । कलात्मक एवं सिर्जनात्मक कार्यमा तपाईको मन जानेछ । उच्च स्तरकमा बौद्धिक व्यक्तित्वहरु सँग सहकार्य गर्न अवसर जुट्नेछ । सामाजिक ईज्जत र प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायबाट आर्थिक अवस्था मिश्रित रहने देखिन्छ । मनमा जाँगर र उत्साह कायम रहनेछ । प्रेम तथा पारिवारिक जीवनमा सामान्य समस्याहरु देखिन सक्नेछन् । जीवनसाथीबाट भने सुखदुखमा राम्रो साथ र सहयोग प्राप्त हुनेछ। विद्यार्थीको पढाईमा विभिन्न कारणले उतारचढावहरु आउन सक्नेछन् । आफ्नो पढाईमा सचेत हुनु आवश्यक छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आइतबार र सोमबार घरपरिवारका कारण केहि चिन्ता बढनेछ । आफ्नो बोलीका कारण परिवारका सदस्यसँगको दुरी बढ्न सक्नेछ । तर मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ । तपाईको रचनात्मक विचार एवं सिर्जनशीलताको प्रतिष्ठित व्यक्तित्वहरु बाट सराहना हुनेछ । धार्मिक एवं सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठामा वृद्धि हुनेछ । नोकरी गर्नेहरुका लागि पनि शुभ समय रहनेछ । प्रेम तथा पारिवारिक जीवन सुमधुर रहनेछ। विद्यार्थीको पढाई मन जानेछ । तपाईको परिश्रम अनुसार नै अंक प्राप्त हुने योग छ । आईतबार र सोमबार तपाईका लागि कमजोर दिनहरु भएकाले कुनैपनि महत्वपूर्ण कार्यको शुरुवात यी दिनहरुमा नगर्न उत्तम हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आर्थिक अवस्था मिश्रित रहनेछ । व्यापार व्यवसायमा उतारचढावहरु देखिन सक्नेछन् । तर मंगलबार र बुधबार भने घरपरिवारका कारण चिन्ता बढ्न सक्नेछ । तर पनि जीवनसाथीको सहयोगले आत्मविश्वास भने कायम नै रहनेछ । नोकरी गर्ने हरुका लागि शुभ समय छ । कार्यस्थलमा तपाईको बलियो प्रभाव रहनेछ । यो साता प्रेम सम्बन्ध मिश्रित रहनेछ । विद्यार्थीको पढाईमा पनि मध्यम अवस्था रहनेछ । सहि योजनाका साथ निरन्तर परिश्रम आवश्यक देखिन्छ ।

Previous Post

सुपा देउराली माताको दर्शन गर्दै आज मङ्सिर २ गते आइतवार तपाई राशिफल हेर्नुहोस : राशिफल

Next Post

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.