HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

वास्तु टिप्स : पर्समा राखिएका यी चिजले तपाईंलाई बनाउन सक्छ गरिब, के राख्ने त ?

हो खबर by हो खबर
२ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

वास्तुशास्त्रका अनुसार हरेक व्यक्तिले आफ्नो पर्स कहिले पनि खाली राख्नु हुँदैन । पर्समा कम्तीमा एउटा सिक्का भए पनि राख्नु पर्छ । त्यति मात्र हैन वास्तुशास्त्रमा पर्समा केही चीजहरू राख्नु हुँदैन पनि भनिएको छ ।

वास्तुका अनुसार सकारात्मक ऊर्जाले घरमा सुख र समृद्धि ल्याउने गर्छ भने नकारात्मक ऊर्जाले जीवनमा धेरै समस्याहरू निम्त्याउँछ ।

यदि कोही व्यक्तिसँग पर्याप्त पैसा छैन वा घरमा प्रायः आर्थिक संकट रहन्छ भने, यसको पछाडि वास्तु दोष हुन सक्छ । वास्तुशास्त्रका अनुसार पर्समा राखिएका केही चीजहरूले व्यक्तिमा नकारात्मक प्रभाव पार्छ र यसका कारण उनी गरिबीतर्फ उन्मुख हुन्छन्।

पर्समा राखिएका यी चिजले गरिब बनाउन सक्छ

विकृत नोटहरू : पर्स वा वालेटमा विकृत नोटहरू कहिल्यै राख्नु हुँदैन । पर्समा पैसा अव्यवस्थित रुपमा राख्दा माता लक्ष्मी रिसाउनुहुन्छ । त्यसैले पर्समा पैसा सधैं व्यवस्थित ढंगले राख्नुपर्छ ।

धारिलो वा धातुको वस्तु : पर्समा कुनै पनि धारिलो वा धातुको वस्तु राख्नु हुँदैन। पर्समा चक्कु, पिन, चाबी जस्ता वस्तु राख्नाले देवी लक्ष्मी क्रोधित हुने जनविश्वास रहेको छ । यसको प्रभावले मानिस बिस्तारै गरिबीतर्फ जान थाल्छ ।

खाली पर्स : पर्स कहिले पनि खाली राख्नु हुँदैन । यसलाई अशुभ मानिन्छ । यो पैसाको अभावको संकेत हो। तसर्थ, सधैँ आफ्नो पर्समा केहि पैसा राख्नुहोस् ।

बिल वा पुरानो रसिद : आफ्नो पर्स वा वालेटमा बिल वा पुरानो रसिद जस्ता चीजहरू कहिल्यै नराख्नुहोस् । पर्समा कागजको थुप्रो राख्दा राहु दोष हुन्छ जसले आर्थिक हानि र अनावश्यक खर्च निम्त्याउँछ। त्यसैले आफ्नो पर्सबाट पुराना चीजहरू निकाल्नुहोस्।

पुर्खाको तस्बिर : पुर्खाको सम्मान गर्नुपर्छ तर पर्समा तस्बिर राख्नु हुँदैन । यसले दोष पैदा गर्छ। वास्तुशास्त्र अनुसार घरको दक्षिण-पश्चिम दिशामा पुर्खाको तस्बिर राख्नु पर्छ।

खानेकुरा : पर्समा कहिल्यै पनि खाने कुरा राख्नु हुँदैन । गुट्का, सुपारी आदि राख्दा पर्सको धन टिक्दैन । वास्तुका अनुसार मान्छेले आफ्नो पर्समा औषधि पनि राख्नुहुँदैन । यसरी औषधि राख्दा नकारात्मक असर पर्न सक्छ । र, धन पनि उल्टो दबाइमै खर्च हुन थाल्छ ।

के के राख्ने त ?

पर्समा लक्ष्मी भगवानको तस्बिर अवश्य राख्नुहोस् र बेला बेलामा त्यसलाई परिवर्तन गरिराख्नुहोस् । त्यसका कारणले तपाईँको पर्स कहिल्यै खाली हुँदैन । साथै पर्समा श्रीयन्त्र पनि राख्नुहोस् किनकि श्रीयन्त्र लक्ष्मी कै रूप हो । -एजेन्सीको सहयोगमा

Previous Post

पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना

Next Post

‘पूर्णबहादुरको सारंगी’ले मच्चायो तहल्का, शोहरु हाउसफूल

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

‘पूर्णबहादुरको सारंगी’ले मच्चायो तहल्का, शोहरु हाउसफूल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.