HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

गर्भवती महिलालाई फोनबाटै जानकारी तथा परामर्श

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कर्णालीको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल सोमबार सहरी स्वास्थ्य केन्द्र दौलतपुर पुगिन् ।

वीरेन्द्रनगर–२ मा रहेको उक्त केन्द्रबाट पुगेर नगरप्रमुख ढकालले गर्भावस्थामा रहेकी स्थानीय नर्मा थापालाई फोन गरिन् ।नगरप्रमुख ढकालले थापाको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन् । नियमित गर्भ जाँच गरे, नगरेकोबारे जानकारी सोधिन् । प्रसूति सेवाका जाने ठाउँ थाहा भए नभएको बुझिन् । पोषणको स्थितिबारे समेत जानकारी लिइन् । उनले थापालाई गर्भावस्थामा केही समस्या आए ढुक्कसँग स्वास्थ्य संस्थामा आएर नगरपालिकाले दिने सुविधा लिन आग्रह गरिन् । यसरी नै हरेक गर्भवतीसँग फोनबाटै भलाकुसारी गर्ने सेवा अब वीरेन्द्रनगरका १६ वटै वडाबाट कार्यान्वयनमा आउनेछ ।

नगरपालिकाले गर्भवती तथा सुत्केरी आमालाई घरमै स्वास्थ्य सेवा प्रदान गर्न ‘हेलो गर्भवती आमा’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । यो कार्यक्रमअन्र्तगत अब हरेक हप्ता गर्भवती तथा सुत्केरी आमाहरूलाई दक्ष स्वास्थ्यकर्मीहरूले फोन गर्ने छन् । स्वास्थ्यकर्मीले फोनबाटै आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिनेछन् । नियमित गर्भजाँच, रगत जाँच, भिडियो एक्सरे, पिसाब तथा आवश्यक जाँच पड्ताल, खोप, पोषण तथा सरसफाइ, गर्भवती अवस्थामा देखापर्ने खतराका चिह्नहरू, प्रसूति पूर्वको तयारीका साथै अन्य स्वास्थ्य सेवा गर्भवती तथा आमालाई टेलिफोनमार्फत घरमै सेवा दिने उद्देश्यले कार्यक्रम कार्यान्वयन गरिएको नगरप्रमुख ढकालले बताइन् ।

‘वीरेन्द्रनगरमा रहेका गर्भवती आमाहरूलाई सरकारले तोकेअनुसार अनिवार्य चार पटक गर्भ जाँचमा एक हजार रुपैयाँ र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईरहेका छाँै’, नगरप्रमुख ढकालले भनिन्, ‘गर्भावस्थामा रहेका महिलाले जाँच गर्न स्वास्थ्य संस्थामा आउने समय बिर्सिएर छुट्न थालेपछि नयाँ कार्यक्रम थालनी गरेका हौं ।’ महिला स्वास्थ्य स्वयम्सेविकामार्फत १६ वटा वडामा रहेका गर्भवती आमाहरूको पूर्ण विवरण स्वास्थ्य केन्द्रहरूमा राखिएको छ । सोही विवरण हेरेर हप्ता तथा जाँच गर्ने समयमा स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मीले गर्भवतीलाई टेलिफोनमार्फत आवश्यक सरसल्लाह तथा परामर्श दिने व्यवस्था मिलाइएको छ ।

चार पटक गरिने गर्भ जाँचलाई बढाएर सरकारले आठ पटक गर्नुपर्ने अनिवार्य प्रोटोकल लागू गरेपछि यसबाट छुट्न सक्ने सम्भावित आमा र बच्चाको स्वास्थ्यलाई मध्यनजर गरेर टेलिफोनबाटै परामर्श दिन थालिएको नगरप्रमुख ढकालको भनाइ छ । ‘नयाँ प्रोटोकल लागू भएपछि यसको जानकारी नुहुनु र जाँच गराउने समय बिर्सिनेलगायतका कारणले गर्भवती महिलाहरू स्वास्थ्य संस्थामा जाँच गराउन नआउने भएपछि स्वास्थ्य संस्थाबाटै सम्पर्क गरी सेवा दिने प्रणालीको विकास गरिएको हो,’ नगरप्रमुख ढकालले भनिन् ।

नगरपालिकाले यसअघि चार पटकसम्म जाँच गर्न आउने गर्भवतीलाई प्रोत्साहनस्वरूप एक हजार र निःशुल्क एम्बुलेन्स सेवा दिँदै आइएको थियो । नगरपालिकाका १६ वडामा २० वटा स्वास्थ्य केन्द्रहरू छन् । नगरपालिकाले यी स्वास्थ्य संस्थाबाट हालसम्म २ सय ८४ जना गर्भवती आमालाई सुत्केरी हुन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । आठपटक गरिने जाँचमा भने अधिकांश गर्भवती महिलाहरू छुट्न थालेपछि नयाँ रणनीति लिएको नगरपालिकाले जनाएको छ । कार्यक्रमले आर्थिक रूपमा विपन्न महिलाहरूलाई आवश्यकताका आधारमा घरमै सेवा लिनसमेत सहज हुनेछ ।

नगरपालिकाले हालसम्म पाँच हजार गर्भवती तथा सुत्केरी आमालाई प्रत्येक महिना टेलिफोनमार्फत गर्भावस्थाका जोखिमका कारण हुन सक्ने अकाल मृत्युलाई रोक्न परामर्श सेवा दिएको छ । सुत्केरी हुनका लागि बर्थिङ सेन्टरसम्म पुग्न नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिएको नगरपालिकाको जनस्वास्थ्य शाखाका प्रमुख भूपेन्देव गिरीले बताए । ‘२ सय १२ जना गर्भवतीको भिडियो एक्सरे, १ सय ७२ जनालाई नगरप्रमुख पोषण कोशेली प्रदान गरिएको छ,’ गिरीले भने ।

Previous Post

शनिबार देखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने

Next Post

सुनको भाउ हालसम्मकै उच्च ,कतिमा भैरहेको छ कारोबार ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

सूचना/प्रबिधि

यूएईले दिन थाल्यो नेपालीलाई श्रम तथा भिजिट भिसा

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान...

Read more

नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

७ महिना अगाडि
1.2k

यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन,भाडा बढ्ला भनेर चिन्ता नगर्नु -यातायात मन्त्री देवेन्द्र दाहाल

१० महिना अगाडि
1.2k

तीज गीतमा विकृति र अश्लीलता फैलाउनेलाई कारबाही

११ महिना अगाडि
1.2k

दुबई जाने हवाई भाडा ह्वात्तै घट्यो

११ महिना अगाडि
1.2k
Next Post

सुनको भाउ हालसम्मकै उच्च ,कतिमा भैरहेको छ कारोबार ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.