HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

पति-पत्नीको उमेर अन्तर धेरै हुँदा आउँछन् यस्ता समस्या,

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in रोचक
0
Breakup of a couple with man and sad girlfriend outdoor. Divorce, couple, love, pain concept.

Breakup of a couple with man and sad girlfriend outdoor. Divorce, couple, love, pain concept.

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

भनिन्छ– प्रेममा उमेर, जात, जन्म र वर्ण केही हेरिँदैन । गीतकार इन्दिवरले लेखेको र चर्चित गायक जगजित सिंहले गाएको एक हिन्दी गीतमा छ

न उमरकी सीमा हो
न जन्मका हो बन्धन
जब प्यार करे कोही तो देखे केबल मन
तर, यो त ‘प्रेम’को कुरा भयो । कुरा जब ‘विवाह’को आउँछ, उमेर हेरिन्छ । उमेर विवाहको एक महत्त्वपूर्ण शर्त बन्दछ ।प्रेम र विवाह फरक विषय हुन् । प्रेम हुँदैमा विवाह हुनुपर्दछ भन्ने छैन । प्रेम एक प्राकृतिक भावना हो, विवाह एक सामाजिक सम्झौता । प्रेमको वैधानिकता भावनासँग जोडिएको हुन्छ र विवाहको विधान सामाजिक वैधतासँग ।

कुनै समय संसारका धेरै देश र समाजमा बाल विवाहको प्रचलन थियो । उमेर नपुग्दै अभिभावकले आफ्ना सन्तानको बिहे सम्झौता गरिदिन्थे । जवान भएर पनि तीनले वचनको पालना गर्थे । आज यस्तो प्रचलन कानूनतः बन्देज छ । बिरलै समुदाय र राज्यमा मात्र अब यस्ता प्रचलन बाँकी होलान् ।

विवाह योग्य उमेरका लागि राज्यका आ-आफ्ना कानून छन् । सामान्यतः १६, १८ वा २० वर्षअघि विवाह गर्न नपाइने कानून बनेका छन् । बालविवाह निषेधको समयमा १६ वर्षलाई परिपक्क उमेर मानिएको थियो । आज १६ वर्ष त्यति परिपक्क उमेर मानिँदैन । अधिकांश देशमा १८ वा २० वर्ष नपुगी विवाह गर्न नपाइने कानून छ ।

तर, उमेरको प्रसङ्ग बालविवाहको कारणले मात्र हैन, अनमेल विवाहको कारणले पनि उठ्ने गर्दछ । दुलाहा-दुलहीबीच उमेरको ठूलो भिन्नतालाई ‘अनमेल विवाह’ भनिन्छ । अनमेल बिहे भएका दम्पत्तिबीच विभिन्न समस्या देखिने गर्दछन् ।

अनुसन्धान प्रतिवेदन र सर्वेक्षणहरूले के देखाउँछन भने उमेरको दूरी धेरै भएका दम्पत्तिमा मुख्यत: निम्न समस्या देखा पर्दछन् ।

१. अनमेलपनको हीनताभास

उमेरको भिन्नता धेरै भएका दम्पत्तिबीच सँगै हिँड्दा वा सार्वजनिक जीवनमा सहभागी हुँदा नाता भ्रम सृजना हुन्छ । दम्पत्ति नभएर दाजु-बहिनी, पिता-पुत्री वा अन्य नातेदार हुन सक्ने भान अरुलाई पर्दछ । अरुमा पर्न सक्ने यस्तो भ्रमले स्वयम् दम्पत्ति प्रभावित हुन्छन् ।

तिनलाई सँगै हिँड्न वा सार्वजनिक जीवनमा दम्पत्तिको जस्तो व्यवहार गर्न अप्ठ्यारो अनुभूति हुन्छ । मनमा उमेर भिन्नता र अनमेलपनको हीनताभास भइरहन्छ ।

२. शक्ति सम्बन्धमा असमानता

असमान उमेरका दम्पत्तिको आपसी शक्ति सम्बन्ध पनि असमान नै हुन्छ । जोडीमा एकजना छिटो वृद्ध, कमजोर वा शिथिल हुने हुँदा अर्कोलाई निर्णायक प्रभाव पर्दछ ।

३. एकअर्काप्रति दोषारोपण

दम्पत्तिबीच समान शक्ति सम्बन्ध र निर्णय अधिकार नहुँदा तिनले बिग्रेका काममा लागि एक अर्कालाई दोषारोपण गर्दछन् । बढी उमेरकाल कम उमेरको जोडामा बचकनापन र त्यसबाट हानि भएको देख्छ । कम उमेरवालाले बढी उमेरलाई आफ्नो जीवनमाथि अनावश्यक वा गलत निर्णय थोपरेको दोष लगाउने गर्दछ ।

४. विवाहेत्तर यौन सम्बन्धको सम्भावना

औसत मानिस समान उमेर समूहबीच यौन सम्बन्धको चाहना राख्दछन् । तर, अनमेल विवाहले यस्तो चाहना पूरा गर्ने अवसर दिँदैन । तसर्थ, ती मनमनै असन्तुष्ट हुन्छन् । आफ्नै उमेर समूहको जोडासँग यौन सम्बन्ध राख्न पाए कस्तो हुन्थ्यो होला भन्ने अतृप्त सोच तिनको मनमा जाग्रित भइरहन्छ ।

यसबाट आफ्नो उमेर समूहमा यौन सम्बन्ध बनाउने प्रयास गर्दछन् । विवाहेत्तर सम्बन्धको सम्भावना बढी हुन्छ र यसले दम्पत्तिको सम्बन्धमा थप जटिलता उत्पन्न गर्दछ ।

५. पुस्तागत भिन्नता

पति-पत्नीको उमेरमा धेरै ठूलो दूरी व्यक्तिगत सवाल मात्र नभएर पुस्तागत भिन्नताको कारण बन्दछ । फरक पुस्ताबीचको वैवाहिक जीवन सहज हुँदैन । हरेक पुस्ताका आफ्ना सोच र जीवनशैली हुन्छन् ।

व्यक्तिगत सम्मान र भावनात्मक लगाव ठीकठाक हुँदाहुँदै पनि पुस्तागत दृष्टिकोण र जीवनशैलीको भिन्नताले दाम्पत्य जीवनको मज्जामा कमी ल्याउन सक्दछ ।

पुस्तागत भिन्नता भनेको मूल्य प्रणालीको भिन्नता पनि हो । खानपान र लवाइखवाइमा आउने भिन्नता पनि हो । यी भिन्नताले सृजना गर्ने दूरी कम गर्न तथा सम्बन्ध कायम राख्न दम्पत्तिले अतिरिक्त प्रयास गर्नुपर्ने आवश्यकता बन्दछ ।

६. एक्लो हुनुपर्ने भय र पुनर्विवाहको झमेला

असमान उमेरबीच कुनै एकको छिटो मृत्यु हुनु स्वाभाविक हुन्छ । तसर्थ, कम उमेरको सदस्यमा छिटै बिदुर वा बिधवा हुनु पर्ने चिन्ताले भित्रभित्रै सताइरहेको हुन्छ । बुढ्यौलीको एक्लो जीवनको कल्पना धेरैका लागि कहालीलाग्दो हुन्छ ।

अर्को कुरा दम्पत्तिमध्ये कुनै एकको छिटो मृत्यु भएमा बाँच्नेलाई पुनर्विवाह गर्नुपर्ने झमेला थपिन्छ ।

७. डिभोर्स हुने सम्भावना धेरै

पतिपत्नी बीच उमेरमा धेरै ठूलो भिन्नता छ भने खास समयपछि समझदारी बिग्रने वा एकअर्कासँग असन्तुष्ट हुने सम्भावना बढी हुन्छ, साथै डिभोर्सको सम्भावना पनि बढ्छ ।

डिभोर्स हुनु एक सामान्य कानुनी प्रक्रिया मात्र हैन, सँगसँगै आर्थिक, पारिवारिक सम्बन्धमा जटिलता थपिन्छन् । सन्तानहरूप्रतिको दायित्व र सम्बन्धमा कठिनाइ उत्पन्न हुन्छ ।

नेपालमा पतिपत्नीबीच १० वर्षभन्दा बढी उमेरको भिन्नता राम्रो मानिँदैन । तर, वयस्क मानिसबीचको प्रेम र विवाहलाई यो कानुनी सीमाभित्र राख्न भने सजिलो छैन । कतिपय देशका कानुनले १० वर्ष उमेर भिन्नताको छुट सुविधासमेत दिएका छैनन् ।

जस्तो कि डेनमार्कको कानून यस विषयमा बढो गजबको छ । त्यहाँ विवाहित दम्पत्तिबीचको उमेरमा ३ वर्षभन्दा बढीको भिन्नता हुनु हुँदैन । दुलाहा-दुलहीभन्दा ३ वर्षसम्म मात्र बढी उमेरको हुन सक्दछ । तर, सबैले यो कानून पालना गरी बस्दैनन् । बरु तिनले कानुनी दण्डको मूल्य चुकाउँछन तर, विवाह गर्छन नै ।

पत्नी-पत्नी उमेर अनुपात संसारभरि नै महिलाको भन्दा पुरुषको बढी देखिन्छ । लैङ्गिक समानताका दृष्टिले यो उचित हैन तर, यसो हुनुका मनोवैज्ञानिक कारण भने बलिया छन् ।

अक्सर महिला व्यवस्थित र करिअर स्थिरता भइसकेको पुरुषको चाहना राख्दछन् । तसर्थ, पत्नीको भन्दा पतिको उमेर बढी हुने गर्दछ । पतिभन्दा जेठी पत्नी निकै कम सङ्ख्यामा मात्रै भएको पाइन्छ ।

तर, यसको नाकारात्मक पाटो के हो भने जेठो पति हुँदा दम्पत्तिमध्ये छिटो मृत्यु पनि पतिको हुने सम्भावना बढी हुन्छ । समाजमा विदुरका तुलनामा विधवाको सङ्ख्या धेरै हुनुको मुख्य कारण पति-पत्नीमध्ये अधिकांशतः पतिको उमेर धेरै हुनु हो ।

उमेर भिन्नताको प्रभाव जीवनको चरणपिच्छे फरक हुन्छ । जस्तो कि प्रारम्भिक उमेरमा पति-पत्नीबीच १० वर्षको उमेर भिन्नता छ, पति ३० वर्षको र पत्नी २० वर्षको छन् भने खासै ठूलो समस्या नदेखिन सक्दछ तर, त्यही कुरा जीवनको उत्तरार्धमा पुग्दा फरक हुन्छ । जब त्यो भिन्नता ६३ र ७३ को हुन्छ, त्यसको चरित्र फरक हुन्छ ।

पत्नी यद्यपि यौनिक दृष्टिकोणले सक्षम नै हुन्छिन् र पतिमा वृद्धपनको गुण बढी देखिन सक्दछ । मानौँ कि उमेरको भिन्नता २० वर्ष छ भने त्यो झनै ठूलो समस्या हुन्छ । २० वर्षकी पत्नी र ४० वर्षको पतिबीच त्यति धेरै समस्या नहुन सक्दछ तर, जब त्यही सम्बन्ध अर्को चरण ५० वर्षकी पत्नी र ७० वर्षको पतिको अवस्थामा पुग्दछ, अनेक समस्या देखिन सक्दछन् ।

अष्ट्रियाली वैवाहिक सम्बन्ध अध्ययन सर्वेक्षण २०१७ का अनुसार ५ वर्षभन्दा कम उमेर भिन्नता भएका दम्पत्ति, त्यो पनि पत्नीभन्दा पति जेठो भएको अवस्थामा वैवाहिक सम्बन्ध सबैभन्दा बढी सफल र सुखद देखिएको थियो । कोरियाली सर्वेक्षण २०१५ ले पनि यो निष्कर्षलाई समर्थन गर्दछ ।

यदि अन्य बाध्यता वा संयोगको भूमिका प्रवल छैन भने पति-पत्नीबीच ५ वर्षभन्दा बढी उमेरको भिन्नता नहुनु राम्रो हो । र, निश्चय नै त्यो पति, पत्नी दुवैमा लागू हुनुपर्दछ ।

पत्नीभन्दा पति सधैँ जेठो हुनु पर्दछ भन्ने छैन । तर, मनोविश्लेकष भन्छन्, “पत्नीभन्दा पतिको उमेर बढी हुनु सामाजिक कारणबाट उत्पन्न लैङ्गिक असमानता मात्र हैन, यसका जैविक र मनोवैज्ञानिक कारण पनि छन् ।”

Previous Post

बनिन् गायिका एलिना चौहान ओशोमार्गी

Next Post

साताको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य अंकले बढ्यो

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

साताको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य अंकले बढ्यो

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.