HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सेयर बजारमा लगातार घट्दो क्रम जारी -२५७६.७६ अंकमा झर्यो नेप्से

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

बुधबार कारोबार खुलेदेखि नै नेप्से परिसूचक २५६० को टेवा विन्दु परीक्षणमा लागेको देखिएको छ।

केही समय बजार बढ्ने र घट्ने भइरहेको बजार बन्द हुँदा भने नेप्से परिसूचक चार अंकले घटेको छ। बजार घट्दा २५५२ सम्म पुगेको बजार बढेर २६०६ सम्म पुगेको थियो।

केही समयअघि विश्लेषकहरूले नेप्सेले २५६० आसपासमा दरिलो टेवा पाउने बताउँदै आएका थिए। यही कारण नेप्सेले यसमा दरिलो टेवा परीक्षण गरिरहेको देखिन्छ।

यसदिन अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ।

सोमबार सात अर्ब ३६ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन पाँच अर्ब ६६ करोडको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ७० करोड रूपैयाँ कमी आएको हो।आज ३२० वटा धितोपत्रको एक करोड ३९ लाख ५२ हजार १२१ कित्ता सेयर किनबेच भएको हो।

बुधबार ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ वटाको घटेको छ। यस्तै, सात कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन कालिका लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.०८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार १२४ रूपैयाँ कायम भएको छ।

यसैगरी, स्वरोजगार लघुवित्तको मूल्य ७.९२ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ९० रूपैयाँ पुगेको छ।

यस्तै, जनउत्थान सामुदायिक लघुवित्तको मूल्य सर्वाधिक ७.६७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ५६५ रूपैयाँमा झरेको छ।

गुडविल फाइनान्सको मूल्य ६.७७ प्रतिशतले घटेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८८१ रूपैयाँ कायम भएको छ।

बुधबार सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ९९९ रूपैयाँमा २० करोड ५८ लाखको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा २.४६ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ३६५ रूपैयाँ ९० पैसामा १६ करोड ९८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ र निर्जीवन बीमा समूहको परिसूचक एक प्रतिशतभन्दा कमले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

यसदिन वित्त समूहको परिसूचक सर्वाधिक २.६८ प्रतिशतले घटेको छ भने दोस्रोमा लघुवित्त समूहको परिसूचक १.०७ प्रतिशतले घटेको छ।

Previous Post

यी चिज भुलेर पनि कहिल्यै घरभित्र नराख्नुहोस्, अशुभ हुनसक्छ

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज असोज ३ गते बिहिवार तपाई राशिफल हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

शेयर बजार

घट्यो सेयर बजार -१३.५२ अंकले घट्यो नेप्से

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७...

Read more

सेयर वृद्धिमा निरन्तरता-आज पनि १०.४३ अंकले बढ्यो नेप्से

६ महिना अगाडि
1.2k

सेयर बजार राताम्य -२७ अंकले घटेर २५ सय विन्दुमा झर्‍यो नेप्से

७ महिना अगाडि
1.2k
share

सेयर बजारमा हरियाली ६२ अंकले बढ्यो

७ महिना अगाडि
1.2k

लगातार घट्दै सेयर बजार -एक वर्षकै न्यून विन्दुमा

८ महिना अगाडि
1.2k
Next Post
Nepali Rashifal

सुपा देउराली माताको दर्शन गर्दै आज असोज ३ गते बिहिवार तपाई राशिफल हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.