HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

मुखबाट थुक धेरै आउनु राम्रो कि नराम्रो ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नेपाली समाजमा थुकलाई नराम्रो विम्बको रुपमा प्रस्तुत गरेको पाइन्छ । कसैले कुनै काम गर्न सकेन वा असफल भयो भने ‘यति पनि गर्न सकेन थुक्क’ भनेर थुक्ने प्रवृत्ति छ । कोही कसैको अन्धभक्त भएर समर्थन गर्छ भने ‘थुकेको थुक पनि चाट्ने’ भनेको सुनिन्छ ।

के साँच्चै ‘थुक’ घिनलाग्दो वा फोहोर कुरा हो ?
थुक मुख रसाएर आउने एक खालको तरल पदार्थ अर्थात् मुखको रस हो । यसले मुखलाई रसिलो बनाएर सुक्खा हुनबाट जोगाउँछ । यो मुख चलाएर स्वत: उत्पादन हुन्छ ।

कहाँबाट निस्कन्छ थुक ?मुखभित्र दुई प्रकारका ग्रन्थी हुन्छन्, भित्री र बाहिरी ग्रन्थी । बाहिरी ग्रन्थीलाई एक्जोक्राइन भनिन्छ जसभित्र र्‍याल ग्रन्थी हुन्छ । यसले थुक निकाल्ने काम गर्छ । थुक कानको तल गालामा प्यारोटिड ग्रन्थी, चिउँडोको तल सबम्याडिबुलर ग्रन्थी र जिब्रोमुनि सबलिग्वलमा दुई-दुईवटा हुन्छन् । यी प्रमुख तीन जोर ग्रन्थीबाट थुक निस्कन्छ । यसबाहेक मुखभित्र स-सानो स्यालभरी अर्थात् र्‍याल ग्रन्थी हुन्छन् । यसले थुक निकाल्ने काम गर्छ ।

यसले के काम गर्छ ?

प्यारोटिड ग्रन्थीले पानी जस्तो थुक पठाउँछ, जसले खानालाई चपाउँदा चिसो बनाउन सहयोग गर्छ । थुकले हामीले खाने खानेकुरालाई सहज रुपमा पेटसम्म पुर्‍याउने काम गर्छ, जसलाई लुब्रिकेसन भनिन्छ । मुखमा थुक नभए हामीलाई खान निल्न गाह्रो हुन्छ ।

थुकमा एन्टिबायोटिक अर्थात् नराम्रो ब्याक्टेरियालाई नष्ट गर्ने र रोगबाट बचाउने शक्ति हुन्छ । त्यस्तै लाइसोसोम क्रियाकलाप हुन्छ जसमा थुकले मुखभित्रको नराम्रो ब्याक्टेरियालाई मार्ने काम गर्छ । साथै राम्रो ब्याक्टेरियालाई संरक्षण गर्ने काम गर्छ । जुन जिब्रोमुनिबाट निस्किने चिप्लो थुक हुन्छ । मुखको भित्री भागलाई सुरक्षित राख्न सहयोग गर्छ ।

त्यस्तै थुकमा पाचन इन्जाइम हुन्छ जसले पेटभित्रको खानेकुरालाई पचाउन मद्दत गर्छ । यति मात्र नभई थुकले दाँत बिग्रिनबाट बचाउनुका साथै सफा राख्न मद्दत गर्छ । थुकमा प्रतिरोधी क्षमता हुन्छ र निरन्तर थुक आउँदा दाँत, गिजामा उत्पन्न गर्ने नराम्रो ब्याक्टेरिया पखालेर फालिदिने वा मार्ने काम गर्छ । साथै थुकमा क्याल्सियम भएकाले दाँतलाई बलियो बनाउँछ ।

कति आउँछ ?

मानिसको उमेर अनुसार र आवश्यकता फरक-फरक हुन्छ । तर औसतमा एक स्वस्थ मानिसमा प्रतिमिनेट ०.३ देखि ०.५ मिलिमिटर उत्पादन हुन्छ । औसत दैनिक आधा लिटरदेखि डेढ लिटर थुक उत्पादन गर्छ ।

थुक धेरै आउनु राम्रो हो ?

कुनै पनि चीज आवश्यकता भन्दा धेरै आउनु पक्कै पनि राम्रो होइन । कतिपय अवस्थामा कुनै रोगको कारणले थुक ग्रन्थी बढी सक्रिय भएर थुकको मात्रा बढी आउन सक्छ । तर सामान्यतया थुकको मात्रा बढी आउनुलाई राम्रो मानिन्छ । कुनै शारीरिक समस्या छैन तथा ग्रन्थीलाई कुनै नकारात्मक असर गरेको छैन भने थुक बढी आउँदा कुनै समस्या हुँदैन । तर अन्य कारणले भएको छ भने त्यसको उपचार गर्नुपर्छ ।

सुत्नेबेला थुक आउनु समस्या हो ?

निद्रामा मुख चलाएर सुत्ने र मुख खुला गरेर सुत्ने मानिसमा थुक बढी आउँछ । किनभने जति मुख चलायो उत्ति नै थुक ग्रन्थी सक्रिय हुन्छ र थुक निस्किन्छ । तर कहिलेकाहीं कुनै शारीरिक तथा मानसिक समस्या छ वा भएमा पनि निस्कन सक्छ ।

तर रातभरि मुखमा जम्मा भएको थुक हानिकारक हुन्छ । त्यसैले बिहान उठ्दा मुखमा भएको थुक कुल्ला गरेर फाल्नुपर्छ । किनभने यसमा ब्याक्टेरिया संक्रमण भएको हुनसक्छ । जुन पेटभित्र गएको खण्डमा ग्यास्ट्रिक हुनसक्छ ।

थुक नआएमा के हुन्छ ?

थुक नहुनु भनेको स्वास्थ समस्या हो । मुखमा थुक भएन भने मुखमा घाउ तथा खटिरा आउने, चिलाउने, दुख्ने, मुखको संक्रमण तथा अल्सर हुने खतरा हुन्छ । त्यस्तै मुखमा थुक आएन भने स्वस्थ्यमा केही समस्या छ भन्ने बुझ्नुपर्छ । यसले मुखलाई मात्र नभई पाचन प्रणालीमा गडबडी गराउँछ ।

किन खाना देख्दा बढी थुक आउँछ ?

खाना वा यसको बास्ना आउँदा थुक ग्रन्थीहरु सक्रिय हुन्छन् । त्यसैले हामीले जुनसुकै बेला खाना देख्दा अझ बढी थुक उत्पादन हुने गर्छ । खानेकुरा देखेपछि स्वतः दिमागले बढी थुक निकाल्न थुक ग्रन्थीलाई संकेत दिन्छ ।

Previous Post

बिहान खालिपेट मह र लसुन मिसाएर खानुका १० फाइदाहरु

Next Post

साँझ भन्दा बिहान हिँड्नुका यस्ता छन् फाइदाहरू,जानिराखौं

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

साँझ भन्दा बिहान हिँड्नुका यस्ता छन् फाइदाहरू,जानिराखौं

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.