यो वर्षको दसैँसहितका चाडपर्वका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने भएको छ। नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले विगतका वर्षहरूमा नयाँ नोटको सटही दिने गरेको थियो। तर, यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने बैंकले जनाएको छ। सफा र सुकिलो नोटको मौज्दात रहुन्जेलसम्म नयाँ नोटको सटही नदिने निर्णय राष्ट्र बैंक व्यवस्थापनले गरेको छ। सटही दिएका नोटको अधिक माग हुने र सटही व्यवस्थापनसमेत झन्झटिलो हुने गरेको थियो।







Discussion about this post