घुर्ने समस्या सामान्य लाग्छ । सुतेपछि आफु घुरेको पत्तो हुँदैन । यद्यपी यसले अरुलाई भने बाधा गर्छ । त्यतीमात्र होइन, आफ्नै स्वास्थ्यमा समेत यसले हानी पुर्याउँछ । खासमा यो सास लीको आंशिक अवरुद्धताका कारणले श्वासप्रश्वास क्रियाको क्रममा र्कश कम्पन हुनुलाई घुर्ने समस्या भनिन्छ । घुर्ने समस्यालाई गहिरो निन्द्राको द्योतक मानिएतापनि यथार्थ यसको ठीक विपरित छ । वास्तवमा निन्द्रामा घुर्ने मान्छे आफू त ठीक सँग सुतिरहेको हुँदैन नै, अरुको निन्द्रा समेत खल्बलाइरहेका हुन्छन् ।के हो कारण ?
श्वास नलीको माथिल्लो भाग विविध कारणवश अवरोध हुनु हो । खासगरी जिब्रोको पश्च भाग, मूल, तालु, तालुको त्यान्द्रो गालाको मांशपेशी र श्वास जसमध्ये यी परिस्थितिहरुको मुख्य भूमिका रहन्छ ।
किन घातक छ ?. उच्च रक्तचापः निदाएको बेलामा घुर्दा निद्रा कचमचिने र श्वासशन क्रिया गडबड हुने हँदा घुर्न समस्याले ग्रस्तहरु उच्च रक्तचापको जोखिममा पर्न सक्छन् ।
. स्लिप एप्नियाः निदाएको समयमा श्वास आपसेआप १० देखी ४० सेकेण्ड सम्म रोकिएर निसास्सिने रोगलाई स्लिप एप्निया भनिन्छ । घुर्ने समस्याले गर्दा श्वाश नलीहरु बन्द हुनगई यो अवस्थामा आएमा उसलाई अवस्ट्रक्टीभ स्लिप एप्निया भनिन्छ । स्लिप एप्निया आफैंमा अनेकौं रोगको कारक हुन् ।
. हृदयघातः धेरै जसो घुर्ने रोगबाट पीडित हुनेहरु हृदयघात भई निद्रामै मरेको धेरै केशहरु रिपोर्ट भएका छन् । शरीरमा प्राणवायु, अक्सिजनको एथेष्ट मात्रा पुग्न नपाउँदा हृदयलाई दवाव पर्न गई हृदयघात हुने खतरा ज्यादा रहन्छ ।
. मस्तिष्क घातः हृदय घात जस्तै घुर्नेहरुमा मस्तिष्क घातको समस्या पनि देखा पर्ने गई घुराइका कारणले मस्तिष्कलाई रगत आपुर्ती गर्ने, बोसो जम्न जाने मेकानिजम शुरुभई नसाभित्रै रगत जमेको थेग्लाले नशाथुनिदिंदा थुनिएको भागभन्दा अगाडिको स्नायु तन्तुहरु मर्न जाँदा देखापरेको समस्यालाई मस्तिष्क घात भनिन्छ ।
. मानसिक तथा मनेावैज्ञानिक समस्याः घुर्ने समस्या बाट ग्रस्तहुनेहरु चिड्चिडे स्वभावका , डाह तथा आहरिस गर्ने छिट्टै रिसाउने, उपलब्धि बाट सन्तोष लिन नसक्ने, चाँडै निराश भई हाल्ने र चन्चले स्वभावका हुन्छन् ।
. मानसिक चन्चलताः यो रोगबाट ग्रस्त भएकाहरुमा एकाग्र हुन नसक्ने, लय, ध्यान, स्मृति तथा कल्पनाशिलता मा क्षिणता देखापर्छ । सिक्ने प्रोसेसमा व्यवधानहरु पर्दछ ।
. झर्को-फर्को गर्ने हाइपर एक्टीभ र एग्रेसीभ बानीः जसले सामाजिक समरसता बनाइराख्न कठिन समरसता बनाइराख्न कठिन पर्छ ।
. हरमोन हरुको गडबडीः घुर्ने बानी भएकाहरु लाई पर्याप्त अक्सिजन नपुग्ने र ठीकसँग निदाउन नपाउने हुँदा हरमोन हरुको शारिरीक स्तर तलमाथी हुन जान्छ ।
. गहिरो प्रेम तथा काम सम्बन्ध बनाऊन असक्षम हुनुः फलतः दाम्पत्य जीवनमै कठिनाई आई सम्बन्ध विच्छेद सम्म हुन सक्छ ।
. अपच अजीर्ण, अम्लपित्त आँत्र प्रदाह र कब्जीयत जस्ता समस्या हरुले सताउनु ।
. घुर्ने समस्या बाट पिडितहरुलाई सडक परिवहन तथा यातायात दुर्घटनामा ज्यादा पर्दछन् ।
. जीवन साथीको निद्रा कच्मच्याई दिएको हुनाले सम्बन्ध मा दरार आउँछ र छोडपत्र सम्म दिने अवस्था उत्पन्न हुन सक्छ ।
. हङ्गेरीका वैज्ञानिक हरुले १२ हजार भन्दा धेरै रोगीहरुको इन्टरभ्यू लिएर घुर्ने समस्या बाट पिडितहरु ज्यादा उच्च रक्तचाप, हृदयघात, स्ट्रोक प्यारालाइसिसको सिकार भएको निष्कर्ष निकालेका छन् ।
. मुटु हल्लीने समस्या
. राता रक्तकोषहरुको संख्यामा वृद्धि
. अल्सर
. अचानक मृत्यु
उपचार
म्यान्डिबुलार एडभान्स डिभाईसः यो मुख भित्रै लगाउने यन्त्र हो । चिउँडोको हड्डी छोटो भएर घुर्ने हरुका लागी चिकित्सकहरु विशेषतः यो यन्त्रको सल्लाह दिन्छन् । यो यन्त्र व्यक्तिको चिउडाको हड्डीको नापको हुन्छ । सुत्दा यो यन्त्रलाई मुखमा लगाएर सुत्नाले श्वाशन मार्गमा कुनै अवरोध उत्पन्न हुन दिंदैन तर चिउँडाको हड्डी सँग तालमेल मिलाएर लगाउनु पर्ने भएकाले यो विधि कष्टकर पनि छ ।
२. शाल्य चिकित्साः यदि घुर्ने समस्याको कारण नाक, कान र घाँटी का समस्या अंग तथा तन्तुहरुको संरचनात्मक विकृतता हो भने यस्तो अवस्थामा शल्यचिकित्सकको मद्दत लिनुपर्ने हुन्छ । विशेषतः टन्सिल बढेको, तालु, तालुको त्यान्द्रो (ओभ्युल), श्वास-यन्त्र र गलाको शोथ, नाकको हड्डी बाङ्गएिको, घ्राण-रन्द्रमा मासु पलाएको वा गलाको ट्यूमर जस्ता कारणले घर्ने समस्या उत्पन्न भएको भए शल्य चिकित्साको सहायताले यसलाई निर्मूल पार्न सकिन्छ । शल्य चिकित्सामा ओभ्यूलो-प्यालेटो – फेरेङ्ग्जोप्लाष्टि, टन्सीलेक्टोमी, एडिनेक्टोमी, थर्मल एब्लेशन, बाइपोलर कौटरी एब्लेशन, लेजर र रेडियो फ्रिक्वेन्सि एब्लेशन जस्ता प्रक्रियाहरु जेनियो ग्लुसस तथा हायोइड हड्डीको एडभान्समेन्ट जस्ता विधिहरु कष्टमफिट ओरल एप्लिएन्स र इरिटेटियम चिजहरु राखेर घाँटीका तन्तुहरु लत्रन नदिने शाल्य विधिहरु विशेषतः प्रचलनमा छन् ।
३. जीवनशैली उपचार
घुर्ने समस्याबाट बच्न तथा मुक्ति पाउन जीवनशैली उपचारको विशेष महत्व छ । विशेषतः व्यस्ततामा र भागदौडले भरीएको जीवन जीउने शरु यो रोगको शिकार हुने हुँदा जीवनशैली परिवर्तन कको विशेष महत्व छ । यो रोग बाट बच्न तथा उन्मुक्ति पाउन निम्न लिखित जीवनशैलीका सुत्रहरु उपयोगी छन् ।
१. तौल ज्यादा भएकाहरुमा यो रोगको शिकार हुने हुँदा शारीरिक तौल लाई नियन्त्रीत राख्न विशेष जरुरी छ ।
घुर्ने समस्याबाट बच्न तथा मुक्ति पाउन जीवनशैली उपचारको विशेष महत्व छ । विशेषतः व्यस्ततामा र भागदौडले भरीएको जीवन जीउने शरु यो रोगको शिकार हुने हुँदा जीवनशैली परिवर्तन कको विशेष महत्व छ ।
२. उत्तानो परेर सुत्दा जिब्रो तथा कोमल तालू पछाडि धकेलिन गई श्वाशन मार्ग अवरुद्ध हुन पुग्छ । तसर्थ घुर्ने समस्याबाट ग्रस्तहरुले उत्तानो परेर सुत्नुको साटो घोप्टो वा कोल्टो परेर सुत्नु पर्ने हुन्छ ।
३. साँझ चाँडै सुत्ने र बिहान चाँडै उठ्ने बानीले निद्राको चक्रलाई सुचारु राख्न मद्दत गर्छ । यसका अलावा सयन र जागरणको निश्चित समय भएमा निद्रा कचमचिँदैन र घुर्ने समस्याले यति सताउँदैन ।
४. चुस्त पुष्ट र स्वस्थ जीवन जिउनाले मांशपेशीहरुको तान कमजोर हुन पाउँदैन फलतः गलाका मांशपेशी तथा कोमल तन्तुहरु लत्रन गई हुने घुराई बाट बचाउँछ ।
५. अग्लो सिरानी हालेर सुत्दा पनि घुर्ने समस्यामा फाइदा पर्याउँछ ।
६. नुहाइ सकेपछि र सुत्न भन्दा पहिले नाकमा दुई तीन थोपा तोरीको तेल हाल्दापनि यो समस्यामा फाइदा पुग्छ ।
७. एक्सटर युनिभर्सिटीका शोधकर्ताहरुको अनुशार प्रतिदिन २० मिनेट गीत गाउने अभ्यासले गला गाला तथा नाकको मांशपेशी तथा कोमल तन्तहरुको व्यायम हुनगई घुर्ने समस्या कम गर्न मद्दत गर्छ ।
८. मदिरा, निद्राको गोली, ट्र्याङ्कुलाइजर तथा मशल रिलेक्सेन्ट औषधिहरुको सेवन हत्तपत्त नगरौं
९. सुत्नभन्दा दुई घण्टा पहिले भोजन गरौँ ता की आमाशयको भोजन आन्द्रामा गई छाती तथा श्वाशनलीमा अतिरिक्त दवाब नदियोस् ।
१०. धुम्रपान त्याग
११. दूध तथा दूधका परिकारको सेवनमा कटौती
१२. तनाव व्यवस्थापन
४. योग चिकित्सा
घुर्ने समस्याबाट मुक्ति पाउन आसन, प्राणयम, क्रिया, बन्ध, मुद्रा तथा ध्यान जस्ता योगीक चिकित्सा विधिहरुको उपयोग लाभदायक छ । खासगरी अनुलोमविलोम, उज्जयी, कपालभाँती, बाम तथा दक्षिण भस्त्रीका जस्ता श्वाशन विधि जल,सुत्र तथा घृतनेति, कुञ्जल क्रिया, जल-कपालभाँती, वस्त्र- धौती, दण्ड-धौती जस्ता शोधनविधि नुनपानीको गारगलीङ्घ, जलन्धर बन्ध खेचरी मुद्रा,भ्रमरोच्चार क्रिया, प्रणवोच्चार क्रिया र आनापान क्रिया जस्ता योगोपचारमा अपनाइने विशेष विधिहरुको भूमका हुन्छ । यसका अलावा निर्देशित विश्राम (गाईडेड रिल्याक्शेसन) विधिहरुले पनि यो समस्यामा पनि फाइदा पुर्याउँछ । सिंहासन, मत्स्यासन , उष्टा्रशन, र सर्वाङ्घसान, जस्ता आसनविधिहरुपनि यो समस्याका लागि गुणकारी छन् ।
यदि जिब्रो मोटो भएर यो समस्या उत्पन्न भएको भए जिब्रो-दोहन क्रियाद्वारा पातलो बनाई यस समस्याबाट उन्मुक्ति पाउन सकिन्छ । ग्रीवाशत्ति विकास क्रिया उज्जयी श्वास र ॐ कार जप जस्ता क्रिया विधिहरुपनि विशेष लाभकारी छन् ।
५.व्यायम चिकित्सा
दाह्रा किट्ने अभ्यासः घाँटीका मांशपेशीहरुलाई समेत संकुचन गरेर १०-१० पटक दाह्रा किट्नाले गलाका मांशपेशीहरु मजबुत हुनगई घुर्ने समस्या न्युनिरण गर्न मद्दत पुग्छ ।
चुइगम चपाउने वा चपाए जस्तो गर्नेः मुखमा चुइगम राखेर चपाई राख्नाले वा नराखिकन चपाए जस्तो गर्ने अभ्यास
गालामा हावा भरेर छोड्दा नाकबाट छोड्ने अभ्यास
-जीब्रो लाई सकेसम्म बाहिर निकालेर दायाँ बायाँ हल्लाउने तथा मोड्ने अभ्यास
-जीब्रो मोडेर तालु छुने अभ्यास
-लामो कृतिम हाइ काढ्ने अभ्यास
-घाँटीको आइसो मेट्रीक एक्सरसाइज
६. औषधोपचार
डीकन्जेसन ड्रप तथा स्थानीय कर्टीकोस्टेरोइड स्प्रे जस्ता दवाईहरु
७. प्राकृतिक चिकित्सा
विशेषतः गलाको न्यूटल्र प्याक , गारगलीङ्घ क्रिया , हात्केला, पैताला तथा स्थानीय बिन्दुहरुको अकुप्रेशर , फेसियल स्टीम जस्ता कुराहरुले पनि यो समस्याबाट मुक्ति दिलाउन मद्दत पुर्याउँछ ।
कान्छी औंलाको नङ भन्दा भित्र पट्टीको भागमा दबाउनाले पनि यस समस्यामा फाइदा पुग्छ ।
८. जडीबुटी चिकित्सा
तोरी तील तथा नौनी घ्यू पगालेर सुत्नुभन्दा अगाडी २-३ थोपा नाकमा हाल्ने वा ब्रम्ही तेल हाल्नाले फाइदा पुर्याउँछ । सुत्न भन्दा अगाडी अलैँची वा सुकुमेलको पाउडर एक गिलास पानीमा हालेर पिउने गरौं ।







Discussion about this post