HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

साताको पहिलो दिन नै ५३.६३ अंकले घट्यो नेप्से

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

साताको पहिलो दिन आइतबार नै सेयर बजार घटेको छ। आइतबार ५३.६३ अंकले घटेर बजार २६९५.९३ विन्दुमा आइपुगेको हो।

यो सहित नेप्सेले उच्च बन्द विन्दु ३००१ बाट ३०५ अंक गुमाइसकेको छ।

अन्तरदिनको कारोबारमा २७ सय विन्दुबाट तल आउने प्रयास पटक–पटक कमजोर भए पनि बजार बन्दा हुँदा भने केही तल आइपुग्यो।

यद्यपि अहिले पनि २७ सयको विन्दु लगानीकर्ताको मनोवैज्ञानिक विन्दुमै बसेको देखिन्छ।

यसदिन कारोबार रकममा पनि कमी आएको छ।

बिहीबार १२ अर्ब २४ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार १० अर्ब ५१ करोड रूपैयाँको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ७३ करोड रूपैयाँ कमी आएको हो।

आइतबार ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने २०९ वटाको घटेको छ। यस्तै, चार कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन सुपर माइ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ५६ रूपैयाँ कायम भएको छ।

यसैगरी, हिमालयन पावर पार्टनरको मूल्य ९.८७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४२३ रूपैयाँ पुगेको छ।

यस्तै, पिप्ल्स हाइड्रोपावर र माइ खोला हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतका दरले घटेर प्रति कित्ता मूल्य क्रमशः ४०६ रूपैयाँ ८० पैसा र ६१२ रूपैयाँमा झरेको छ।

थ्री स्टार हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले घटेको छ।

उक्त कम्पनीको मूल्य एक हजार ९९७ रूपैयाँ २० पैसा कायम भएको छ।

आइतबार गुडविल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २३० रूपैयाँमा ५२ करोड ३१ लाखको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ४.४१ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८६१ रूपैयाँमा ३३ करोड ४३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.८० प्रतिशतले बढेको छ भने बाँकी १२ समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ३.४४ प्रतिशतले घटेको छ भने दोस्रोमा होटल्स तथा पर्यटन समूहको परिसूचक २.९८ प्रतिशतले घटेको छ।

Previous Post

खेतमा काम गर्ने क्रममा चट्याङ लागेर नवलपरासीमा एक पुरुषको मृत्यु

Next Post

दैनिक बिहानको घाम ताप्दा शरीरलाई मिल्छ थुप्रै फाईदा ,जानिराखौं

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

शेयर बजार

घट्यो सेयर बजार -१३.५२ अंकले घट्यो नेप्से

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७...

Read more

सेयर वृद्धिमा निरन्तरता-आज पनि १०.४३ अंकले बढ्यो नेप्से

६ महिना अगाडि
1.2k

सेयर बजार राताम्य -२७ अंकले घटेर २५ सय विन्दुमा झर्‍यो नेप्से

७ महिना अगाडि
1.2k
share

सेयर बजारमा हरियाली ६२ अंकले बढ्यो

७ महिना अगाडि
1.2k

लगातार घट्दै सेयर बजार -एक वर्षकै न्यून विन्दुमा

८ महिना अगाडि
1.2k
Next Post

दैनिक बिहानको घाम ताप्दा शरीरलाई मिल्छ थुप्रै फाईदा ,जानिराखौं

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    १८ मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.