HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

अहिले किन बढ्दो छ बाँझोपनाको समस्या

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अहिले बाँझोपना एक गम्भीर समस्या बनिरहेको छ। विभिन्न कारणले धेरैजसो दाम्पतीले बााझोपनाको समस्या भोगिरहेका छन्। विशेषज्ञहरूका बाँझोपना देखिनुमा ओव्यूलेशन, फैलोपियन ट्यूब र गर्भाशयमा विभिन्न खाले अवरोध हुनु हो।

फेलोपियन ट्युबमा समस्यायस ट्युबमा अवरोध भएमा वा दागका कारण ट्युबले अण्डाशयबाट निस्किएको अण्डा समात्न नसके बाँझोपन हुन सक्छ । यौन संक्रमणको इतिहासले पनि ट्युबमा समस्या आइपर्ने जोखिमलाई बढाउछ ।बाँझोपन हुनुका केही कारण यहाँ तल उल्लेख गरिएको छ।

एन्डोमेट्रिओसिस

एन्डोमेट्रियम एक तन्तु हो जसले गर्भाशयको भित्री भागलाई रेखा दिन्छ र एन्डोमेट्रियोसिस एक समस्या हो, जसमा यी तन्तुहरू गर्भाशयको गृहबाट बाहिर गएर हुर्कन्छ र तल्लो पेटका अन्य अंगहरू जस्तै अण्डाशय, ट्युब वा आन्द्रामा गएर बस्छ । यसले प्रजननमा क्षमतालाई असर गर्छ ।

यसरी बाहिर गएर बसेको एन्डोमेट्रियमको तन्तु प्रत्येक महिनावारीमा टुक्रिन्छ, रगत त्यही फस्न थाल्छ जसले वरिपरिका अंगहरूमा दाग सिर्जना हुन्छ र ती अंग एकअर्कामा टाँसिन्छन् ।

अण्डा नबन्नु

प्रायः महिनावारी अनियमित हुनेहरूमा गर्भवती हुन आवश्यक पर्ने अण्डा नबन्ने समस्या हुन्छ।

त्यस्तै महिलामा उमेर बढ्दै जाँदा प्रजननदर घट्छ किनकि उनीहरूको शरीरबाट अण्डा पनि घट्दै जान्छ । अरू कारणहरू जस्तै अंडाशयको शल्यक्रिया, किमोथेरापी र अण्डाशयको संक्रमणले पनि अण्डाको उत्पादनमा असर गर्छ ।

पाठेघरको समस्या

जन्मजात पाठेघरको समस्या, पाठेघरमा मासु पलाएको अथवा पहिला गरेको शल्यक्रियाको दाग छ भने गर्भपतन र समयभन्दा अगावै बच्चा जन्मने समस्या देखिने गर्छ ।

हर्मोनको समस्या

कुनै कारण मस्तिष्कबाट निस्किने हर्मोन (हाइपोथल्यामसबाट जीएनआरएच र पिट्युटरीबाट एफएसएच र एलएच) को मात्रा कम भएमा पनि बाँझोपन हुन्छ ।

यी हर्मोनहरू अण्डाशयबाट अण्डा र शुक्रकीटबाट शुक्राणु निकाल्न चाहिन्छन् । उदाहरणका लागि, मस्तिष्कबाट निस्किने प्रोल्यक्टिन हर्मोनको मात्रा कुनै कारण बढी भएमा वा यसको उत्पादन हुने ठाउँमा मासु पलाएमा जीएनआरएच को मात्रा घट्छ, जसले बाँझोपन गराउँछ ।

पुरुषकारक बाँझोपन

३०–४० प्रतिशत जोडीमा यो करणले बाँझोपन हुने गर्छ । सामान्यतया वीर्यको स्तर कम हुनु, कम शुक्राणु बन्नु वा जन्मजात पुरुषको भित्री अंगमा समस्या हुनु पुरुषकारक बाँझोपनका कारण हुन् ।

महिनावारीको अन्तराललाई ध्यान दिने

कुनै महिलाको महिनावारी हुने समयको अन्तराल २५ देखि ३० दिनभन्दा धेरै छ भने त्यसले उक्त महिलामा ओभ्यूलेसन नियमित नभएको जनाउ दिन्छ।

एक अध्ययनका अनुसार मासिक धर्मचक्र २५ दिनभन्दा कम रहने महिलामा २७ देखि २९ दिनसम्म उक्त चक्र रहनेको तुलनामा गर्भ बस्ने सम्भावना कम हुने गर्छ। त्यसबाहेक तीस वर्षको उमेरका आसपासका महिलामा महिनावारी नियमित नभएमा त्यो प्रि(मेनोपोजको संकेत हुन सक्छ।

तौल

करिब १२ प्रतिशत बाँझोपना हुनुमा तौल मुख्य कारण हुने गर्छ। विशेषगरी शरीरको तौल बढी भएमा शरीरको फ्याटले एस्ट्रोजेन नामक हर्मोनको उत्पादन गर्छ, जसले ओभ्युलेसनलाई असर पुर्‍याउँछ।

Previous Post

बेलुकाको खाना [सूर्यास्तअघि] छिट्टो खानाले शरीरलाई धेरै फाइदा

Next Post

खेतमा काम गर्ने क्रममा चट्याङ लागेर नवलपरासीमा एक पुरुषको मृत्यु

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

खेतमा काम गर्ने क्रममा चट्याङ लागेर नवलपरासीमा एक पुरुषको मृत्यु

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.