मैदा खाँदा स्वादमा जति राम्रो हुन्छ त्यति नै स्वास्थ्यका लागि हानिकारक हुन्छ । हिजोआज हामीले कुनै न कुनै रुपमा मैदाको सेवन गरिरहेका हुन्छौं ।
ब्रेड, पिज्जा, मःमः, समोसा, नानरोटी लगायतका खानेकुरा मैदाबाट नै बनेका हुन्छन् । दिनहुँ चियासँग खाने विभिन्न खाले विस्कुट पनि मैदाले नै बनेका हुन्छन् ।यदी धेरै चिज मैदाबाट बनेको खाइरहनुभएको छ तर तपाईंले यो कुरा सुन्दा अचम्म लाग्ला ती कुनै पनि खानेकुराबाट तपाईंको भोक मेटिनु बाहेक कुनै पनि खाले पोषक तत्व प्राप्त गर्नुहुन्न । बरु नोक्सान नै धेरै भइरहेको हुन्छ ।यो तपाईंको सम्पूर्ण स्वास्थ्यकै लागि हानिकारक छ । अब जानौं एक जना भारतीय डाइटिशियन डाक्टर सुगीता मुटरेजाका अनुसार मैदा खाँदा शरीरमा हुने नोक्सानीबारे ।
पाचनक्रियासँग जोडिएका समस्या
यदी तपाईं मैदाले बनेका रोटी तथा अन्य परिकार खानुहुन्छ भने पाचनसम्बन्धी समस्या झेल्नुपर्ने हुन सक्छ । खासगरी मैदामा फाइबर हुँदैन । जसले गर्दा यो सजिलोसँग पचाउन सकिँदैन साथै मैदा आन्द्रामा टाँसिन्छ र पाचनक्रियालाई नै रोक्ने काम गर्दछ ।
त्यसैले मैदा खाँदा ग्यास, कब्जियत, अपच लगायतका समस्या आउन सक्छन् । मैदाले पाचनक्रियालाई रोकी शरीरको सिस्टमलाई नै साँघुरो बनाइदिन्छ जसले गर्दा शरीरको मेटाबोलिज्म पनि कमजोर हुँदै जान्छ ।
तौल बढ्ने खतरा
मैदाको रोटी खाँदा तपाईंको पाचनक्रियामा समस्या आउँछ । यदी तपाई अधिक रुपमा मैदा सेवन गर्नुहुन्छ भने यसले तपाईंको मेटाबोलिज्म प्रभावित हुन्छ जसले गर्दा तपाईंले खाएको भोजन समयमा पच्दैन र तौल बढ्दै जान्छ । नियमित रुपमा मैदा सेवन गर्ने व्यक्ति मोटोपनको सिकार हुने गर्दछन् ।
मधुमेहको जोखिम
मैदाबाट बनेका खानेकुरा दिनहुँ खाने गरेमा मधुमेह जस्तो रोग पनि लाग्न सक्छ । तपाईंलाई भनिहालौं धेरै जीआईं हुनुका कारण मैदाले रगतमा सुगर छोड्छ अनि रगतमा सुगरको मात्रा बढ्न सक्छ । त्यसैले यदी तपाईंलाई पहिले नै मधुमेह लागिसकेको छ भने मैदा खानबाट टाढै रहनुस् । तपाईंले मैदाबाट बनेका कुनै पनि खानेकुरा खानु हुँदैन ।
रोग प्रतिरोधात्मक क्षमतामा ह्रास
मैदाको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता कम गर्छ । खानामा मैदाको धेरै प्रयोग गर्नाले एड्रेनल ग्रन्थीहरुमा दबाव पर्छ जसले गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ ।
त्यतिमात्र होइन मैदामा कुनै पनि प्रकारको भिटामिन वा मिनरल्स प्राप्त हुँदैन जसले गर्दा शरीरलाई कुनै पनि पोषण प्राप्त हुँदैन ।
कोलेस्ट्रोल बढाउँछ
मैदाको रोटी खाँदा हृदय रोग हुने जोखिम पनि धेरै हुन्छ । यदी तपाईं अधिक मात्रामा मैदा सेवन गर्नुहुन्छ भने यसले शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउँछ । जसले गर्दा मुटु सम्बन्धी समस्या आउँछ । आफ्नो मुटुलाई स्वस्थ बनाइरहन चाहनुहुन्छ भने मैदा खान बन्द गर्नुहोस् ।







Discussion about this post