HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

मागीविवाहका लागि गैरदलित युवा र दलित युवतीको फूलमाला

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सुनसरीको इटहरीमा गैरदलित युवा र दलित युवतीको अभिभावकको स्वीकृतीमा भव्य रूपमा बिहेका लागि फूलमाला सम्पन्न भएको छ । सुनसरीको धरान– ८ का परमदेव क्षेत्रीको छोरा इन्जिनियर समीर क्षेत्री र सुनसरी इटहरी– ४ निवासी राजकुमार गजमेर (विश्वकर्मा)की छोरी डा. रोशनी गजमेरको मागीविवाहका लागि सोमबार अभिभावकको स्वीकृतिमा फूलमाला समारोह सम्पन्न भएको हो।

प्रेमबन्धनमा रहेका दुवै युवायुवतीले मागीविवाह गर्न आ–आफना अभिभावकलाई स्वीकार गराएका थिए। त्यसपछि केटा पक्ष केटीको घरमा छोरी माग्न गएको थियो । केटी पक्षले स्वीकृति दिएपछि दुवै अभिभावकको सहमतिमा सोमबार कृष्णजन्माष्टीको अवसर पारेर इटहरीको दुर्गा पार्टी प्यालेसमा दुवैतर्फका दुई सयभन्दा बढी आफन्तको उपस्थितिमा भव्य रूपले फूलमाला सम्पन्न भएको हो।

विवाहका लागि दुवै पक्षका अभिभावकको स्वीकृतिमा भएको उक्त फूलमाला समारोहमा उपस्थित गैरदलित र दलित आफन्तहरूले समाजका लागि उदाहरणीय र अनुकरणीय कार्य गरेको भन्दै युवायुवतीलाई सफल दाम्पत्यका लागि आशीर्वाद र उनीहरूका अभिभावकलाई बधाई दिए।

राजीखुसी भव्य रूपले फूलमाला सम्पन्न गराएका अभिभावकहरूले चाँडै साइत निकालेर छोराछोरीको विवाह सम्पन्न गराउने बताएका छन्। संविधान र कानुनले दण्डनीय बनाए पनि अझै पनि दलित र गैरदलितको विवाह समाजमा नपचिरहेको अवस्थामा दुवै शिक्षित युवायुवती र उनीहरूका अभिभावक अनि आफन्तजनले समाज परिवर्तनको एउटा नमुना प्रस्तुत गरेको दलित अधिकारकर्मी अमर बराइलीले बताए। फूलमालामा केटी पक्षबाट सहभागी भएका अधिकारकर्मी बराइलीले भने, ‘यस्तो विवाहले अन्तरजातीय विवाह गर्ने युवायुवतीलाई हौसला दिँदै समाज परिवर्तनमा सहयोग गरेको छ, यसैले यो उदाहरणीय कार्य हो ।’

रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ सोतीगाउँकी मल्ल थरकी गैरदलित समुदायकी युवतीसँग प्रेमविवाह गर्न खोजकै कारण १० जेठ २०७७ मा जाजरकोटको भेरी नगरपालिका– ४ रानागाउँका २१ वर्षीय नवराज विकसहित ६ जनाको कुटपिट गरी भेरी नदीमा फालेर हत्या गरिएको थियो। १२ जना गम्भीर घाइते भएका थिए। गैरदलित युवतीसँग प्रेमविवाह गरेका कारण ०७३ सालमा हत्या गरिएका काभ्रे पाँचखालका दलित युवा अजित मिजारको शवको अझै दाहसंस्कार हुन पाएको छैन। उनको शव अझै अस्पतालको शवगृहमा न्याय पर्खेर बसिरहेको छ।

अझै दलित र गैरदलितबिच विवाह गर्ने र गरेका जोडीहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बहिष्कार गर्नेदेखि झुटा मुद्दा लगाउने अनि विभिन्न यातना दिने गरिएको छ।

Previous Post

बिजुली निर्यातः महिना दिनमै प्राधिकरणले कमायो चार अर्ब १९ करोड आम्दानी

Next Post

सुनको मुल्य हालसम्मकै उच्च ,कतिमा भैरहेको छ कारोबार ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

सुनको मुल्य हालसम्मकै उच्च ,कतिमा भैरहेको छ कारोबार ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.