HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

पत्नीको अनैतिक सम्बन्ध सार्वजनिक गर्ने पुरुषलाई जेल सजाय

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

ताइवान । कसैले आफ्नो पत्नीको अनैतिक सम्बन्धको पर्दाफास गर्‍यो भने अदालतले के भन्ला ? पक्कै पनि सम्बन्ध विच्छेदका लागि अनुमति दिन्छ होला ।

तर, ताइवानमा परपुरुषसँग लागेकी आफ्नी पत्नीको गतिविधि पत्ता लगाउन खोज्दा एक पुरुषलाई उल्टै सजाय भएको छ । गोप्य क्यामेरा राखेर पत्नीको निजी जीवनमा हस्तक्षेप गरेको भन्दै अदालतले ती पुरुषलाई ३ महिनाको जेल सजाय सुनाएको हो ।

चिनियाँ मिडियामा प्रकाशित यो अनौठो समाचारमा फान थर भएका ताइवानी पुरुष घरमा गोप्य क्यामेरा राखेर आफ्नो पत्नीको अनैतिक सम्बन्धको खुलासा गरेको कारण जेलसम्म पुगेको उल्लेख छ । ती दम्पती लामो समयदेखि विवाह बन्धनमा थिए । उनीहरूको दुई सन्तान पनि थिए ।

तर, सन् २०२२ को सुरुवातमा फानलाई आफ्नो पत्नीको अर्को पुरुषसँग पनि सम्बन्ध रहेको आशङ्का सुरु भएको थियो । आफ्नो आशङ्का मेटाउन उनले घरको बैठक कोठामा रहेको पियानो र सुत्ने कोठामा रहेको कम्प्युटरमा गोप्य क्यामेरा राखेका थिए ।

दुई हप्तापछि क्यामेरा जाँच गर्दा आफ्नो पत्नीलाई अर्को पुरुषसँग सम्बन्ध कायम गरेको अवस्थामा फेला पारेका थिए । उनले उक्त भिडियो फुटेजलाई आधार बनाउँदै सम्बन्ध विच्छेदको माग गरे ।

सन् २०२२ को फेब्रुअरीमा फानले आफ्नो पत्नी र उनको वकिललाई सम्बन्ध विच्छेदबारे छलफल गर्न बोलाए । तर, उनीहरू सहमतिमा पुग्न सकेनन् । त्यसपछि फानले आफ्नो पत्नीविरुद्ध अदालतमा मुद्दा दर्ता गरे ।

तर, उनलाई थाहा थिएन, उनकी पत्नीको पनि अर्कै योजना थियो । उनकी पत्नी नजिकैको प्रहरी चौकी पुगेर आफ्नो सहमति बिना घरमा गोप्य क्यामेरा राखेर आफ्नो निजी जीवनमा हस्तक्षेप गरेको उजुरी दिइन् ।

उनले फानविरुद्ध मुद्दा पनि दर्ता गरिन् । अदालतमा सुनुवाइका क्रममा फानले आफ्नो पत्नी धेरै समय बाथरुममा बिताउने गरेको आफ्नो छोराछोरीले सुनाएपछि उनीहरूका लागि आफूले क्यामेरा राखेको जवाफ दिएका थिए ।

तर, उनको जवाफ न्यायाधीशलाई चित्त बुझेन । गत वर्षको अन्त्यमा ताओयुआन अदालतले फानलाई गोप्य रूपमा र बिना कुनै मान्य कारण अन्य व्यक्तिको निजी जीवन क्यामेरामा कैद गरेको आरोपमा तीन महिनाको जेल सजाय सुनाएको थियो ।

फानले अदालतको निर्णयमा पुनरावेदन पनि गरे । तर, गतको वर्षको अन्त्यमा ताओयुआन उच्च अदालतले तल्लो अदालतको निर्णयलाई सदर गर्‍यो । अब फानले आफ्नो पत्नीको अनैतिक सम्बन्ध पत्ता लगाएकोमा तीन महिना जेलमा बस्नुपर्ने भएको छ ।

यो अनौठो मुद्दाले चिनियाँ र ताइवानी सामाजिक सञ्जालमा ठुलो बहस सिर्जना गरेको थियो । गोपनीयता र अनैतिक सम्बन्धको प्रमाणको विषयमा सामाजिक सञ्जालमा ठुलै बहस भएको थियो । यसको साथै पारिवारिक जीवनमा आधुनिक प्रविधिको प्रभावको बारे पनि ठुलै छलफल भएको थियो ।

Previous Post

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

Next Post

महिलाको यौन स्वास्थ्य: शारीरिक सम्बन्धपछि अपनाउनुपर्ने प्रमुख उपायहरू

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

महिलाको यौन स्वास्थ्य: शारीरिक सम्बन्धपछि अपनाउनुपर्ने प्रमुख उपायहरू

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.