HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

अनलाइन अर्डरको पे*न्टी लाउँदा छोरी गर्भवती कम्पनीले भन्योः चर्चामा आउन यसो गरियो

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in अन्तर्राष्ट्रिय
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

चीनको एउटा कम्पनीले हालै आफ्नो ग्राहक सेवा र एक महिलाबिचको मेसेज सार्वजनिक गरेको छ । मेसेजमा महिलाले अनलाइनबाट किनिएको अन्डरवेयर (पेन्टी) लगाउँदा छोरी गर्भवती भएको दाबी गरेकी छिन् ।

ती महिलाले चीनको ठूला अनलाइन रिटेल प्लेटफर्महरूमध्ये एक ‘ताओबाओबाट’ पेन्टी किनेको दाबी गरेकी छिन् । उक्त कम्पनीको ग्राहक सेवासँग सम्पर्क गरी उक्त पेन्टी लगाउँदा आफ्नी छोरी गर्भवती भएको गुनासो गरेकी थिइन् ।

कम्पनीका कर्मचारीहरूले यस्तो कुरा सम्भव नभएको बताउन खोजे पनि महिलाले त्यो नै एक मात्र कारण भएको दाबी गरिन् र स्पष्टीकरण मागिन् । शारीरिक रूपमा असम्भव भएको कुरा बुझाउन कम्पनीका सबै प्रयास असफल भएपछि अन्त्यमा ग्राहक सेवाले उनको कारखानामा महिला मात्र कार्यरत रहेको बताएको छ ।

र, मालिकले भ्यासेक्टोमी गराएका कारण छोरीको गर्भावस्थासँग कम्पनीको कुनै सम्बन्ध नभएको समेत बताएको छ । “तपाईंहरूको अनलाइन स्टोरबाट किनेको पेन्टी लगाउँदा मेरी छोरी गर्भवती भइन्,” ती महिलाले कम्पनीको सामाजिक सञ्जालमा मेसेजमा लेखेकी छिन् । जवाफमा कम्पनीका कर्मचारीहरूले लेखेका छन्, “पेन्टीले गर्भवती हुन सक्ने कुरा असम्भव छ ।”

महिलाले आफ्नो कथालाई सार्वजनिक गर्ने डरले कम्पनीले ती महिलासँगको मेसेज आफैं सामाजिक सञ्जालमा पोस्ट गरेको थियो । यसले मानिसहरूले उनको दाबी कति हास्यास्पद छ भन्ने देखाउन सक्ने कम्पनीको भनाइ छ ।

यो पोस्ट भाइरल भएपछि थुप्रै हाँस्यास्पद टिप्पणीहरू आए । खासगरी महिलाकी छोरी कसरी गर्भवती भइन् भन्ने विषयमा विभिन्न अड्कलबाजी गरिएका छन् । केहीले छोरीले आफ्नी आमाको डरले थाहा नपाएको जस्तो गरेको हुनसक्ने बताएका छन् । केहीले भने सार्वजनिक पोखरीमा पौडी खेलेपछि गर्भवती भएको हुनसक्ने टिप्पणी गरेका छन् ।

यो घटना चौतर्फी चर्चाको विषय बनेपछि कम्पनीका सीईओले कम्पनीको आधिकारिक च्यानलहरूमा पोस्ट गर्दै ती महिलासँग सम्पर्क गर्ने प्रयास गरेको बताए । पछि ती महिला इन्फ्लुयन्सर भएको पत्ता लागेको उनले दाबी गरेका छन् । ती महिलाले यो अजिबको घटना बाहिर ल्याएर मान्छेको ध्यान खिचेर चर्चा कमाउने आशय राखेको बताइएको छ ।

“मलाई यस्ता खालका मान्छे फिटिक्कै मन पर्दैनन्, “ उनले लेखेका छन्, “ती महिलाले चर्चाका लागि कथा बनाएकी हुन् ।” महिलाले क्षणिक चर्चा पाए पनि त्यसले व्यवसायमा ठुलो झट्का लाग्ने उनको भनाइ छ ।

यस्ता अनौठा दाबी बाहिर आउँदा वर्षौं लगाएर स्थापित गरेको व्यवसाय क्षणभरमै चौपट हुने कम्पनीको चिन्ता छ । कम्पनीको कारखाना नै बन्द गराउनका लागि ती महिलाले यस्तो रणनीति अपनाएको हुनसक्ने आशंका कम्पनीले व्यक्त गरेको छ ।

Previous Post

मंगलबार रथ यात्रा, प्रदेशभर सार्वजनिक बिदा

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज भदौँ ११ गते मङ्गलबार तपाई राशिफल हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

अन्तर्राष्ट्रिय

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

by हो खबर
६ महिना अगाडि
0
1.2k

‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ। विशेषगरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)का सदस्य...

Read more

हालसम्मकै उच्च बिन्दुमा अमेरिकी डलरको भाउ

६ महिना अगाडि
1.2k

अत्यधिक गर्मी यस वर्ष युरोपमा

११ महिना अगाडि
1.2k

१८ वर्षमा पहिलोपटक,पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

१२ महिना अगाडि
1.2k

टर्कीएमा शक्तिशाली भूकम्प

१ वर्ष अगाडि
1.2k
Next Post
Nepali Rashifal

सुपा देउराली माताको दर्शन गर्दै आज भदौँ ११ गते मङ्गलबार तपाई राशिफल हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.