कास्कीको पोखरा महानगरपालिका १७ घारीपाटन चोकमा शुक्रबार स्कुल बस दुर्घटना भएको छ । पोखरा-८ मा सञ्चालित न्यू मोडल सेकेन्डरी स्कुलको ग १ क ४६६१ नम्बरको विद्यार्थी बोकेको बस दिउँसो ३ बजेतिर दुर्घटना भएको हो ।अनियन्त्रित भएर बस दुर्घटना हुँदा पार्किङमा रहेका तीनवटा ट्याक्सीमा क्षति पुगेको छ । दुर्घटनामा बस चालक स्याङ्जा भिरकोट नगरपालिका-२ बयरघारी घर भई हाल पोखरा-९ कृष्णटोल बस्ने ५४ वर्षीय दलबहादुर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।घाइते बस चालक गुरुङलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा पठाइएको छ ।
बसको ठक्करबाट ग १ ज २९३४ नम्बरको ट्याक्सीको अगाडि र पछाडिको भाग क्षति, ग १ ज २२४१ नम्बरको ट्याक्सीको अगाडिको भागमा क्षति र ग १ ज ४१८० नम्बरको ट्याक्सीको बम्पर र सिसा फुटेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
बसमा २० जना विद्यार्थी सवार थिए । उनीहरु सबै सकुशल रहेका छन् ।







Discussion about this post