HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

जति उमेर बढ्दै गयो त्यति बिर्सने बानी पनि बिस्तारै हट्दै किन जान्छ ?जान्नुहोस्

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

द्ध अबस्थामा दखिने समस्याहरु मध्यको एक समस्या हो डिमेन्सिया। कुनै मानिसको उमेर ६० वर्षभन्दा बढी भइसकेको छ र बिर्सने बानी पनि बढ्दै गएको छ भने उसलाई ‘डिमेन्सिया’ नामक मानसिक रोग लागेको हुन सक्छ ।

यो रोग लागेपछि बृद्धबृद्धाले आफन्तजनलाई चिन्ने, उनीहरुको नाम सम्झने, सरसफाई, नुहाइधुवाई तथा दिसा-पिसाब गर्ने जस्ता पहिले गर्दै आएका महत्वपूर्ण काम गर्ने शक्ति कम हुँदै जान्छ। यो रोग प्रायः ६० वर्ष उमेरपछि मात्र लाग्छ र जति उमेर वढ्दै गयो डिमेन्सिया हुने सम्भावना त्यती नै बढ्दै जान्छ।

७० प्रतिशत भन्दा बढि डिमेन्सिया अल्जाइमरका कारणले पनि हुने गर्छ । यद्यपि, डिमेन्सिया बुढेसकाल लागेकाले हुने रोग होइन, यो रोग मस्तिष्कमा लागेपछि हुने समस्या हो।डिमेन्सिया रोग लागेपछिका लक्षणहरु
गर्दै आएको काम बिगार्दै जाने र पछि गर्नै नसक्ने अवस्थामा पुग्ने ।
परिवारका सदस्यको नाम सम्झन पहिले कुनै कठिनाई नहुने गरेकोमा रोग लागेपछि बिर्सिरहने र सम्झाए पनि एकैछिनमा बिर्सिने ।
पैसा, गरगहना, साँचो वा कागजपत्रहरु राखेको ठाउँ प्रायः जसो बिर्सिने र घन्टौं खोजी गर्नुपर्ने ।
समय तथा स्थानको ज्ञान हराउने ।
महिना, बार, गतेजस्ता कुराको सम्झना हराउने, आफू बस्दै आएको गाउँ, टोल, छिमेकको पनि सम्झना हराउँदै जाने ।
रोग बढ्दै गएपछि भर्खरै खाना खाएको पनि बिर्सने र मलाई खानै दिएनन भनेर कराउने र बारम्बार खाना माग्ने ।
आफ्नै छोराछोरी, बुहारी नातिनातिनालाई नचिन्ने, हजुर, तपाईं भनेर सम्बोधन गर्ने।
आफ्नै परिवारका सदस्यलाई पनि नचिनेको मान्छे आयो, चोर हो कि, सामान चोरी गर्छ कि भनेर डराउने र आफ्नो सामान लुकाउने ।
डिमेन्सियाका बिरामीमा देखिने सबै लक्षण एकैचोटि देखिँदैनन्। सुरुको अवस्थामा अलिअलि बिर्सन सुरु हुन्छ र रोग बढ्दै गएपछि थप लक्षणहरु बढ्दै जान्छ । डिमेन्सिया धनी, गरिब, महिला, पुरुष जुनसुकै जातजाति र भाषाभाषीका मानिसलाई हुन सक्छ। डिमेन्सिया रोग हो भन्‍ने बुझ्‍न सक्दा हाम्रो समाजमा यसलाई बुढेसकालको लक्षण मान्ने गलत सोचाई व्याप्त छ ।
डिमेन्सियाको निदान
डिमेन्सिया रोगको निदान भनेकै बिरामीको सम्झना शक्ति ठीक छ कि छैन भनेर चिकित्सकले गर्ने परीक्षण हो।

यसको निदान गर्दा अन्य कुनै रोगका कारण हो कि अरु केही स्वास्थ्य समस्या हो भनेर खोजीनीति गर्नुका साथै रगत आदिको परीक्षण गर्ने गरिन्छ।

उपचार गरेर निको हुने अन्य कुनै रोगका कारण सम्झना शक्तिमा समस्या परेको रहेछ भने उपचारपछि निको हुन्छ ।

अन्य कारणले होइन, डिमेन्सिया भएर नै स्मरणशक्ति हराउँदै गएको हो भने यकिन भएपछि बिरामीको स्याहार-सुसारमा ध्यान दिनुपर्ने कुराबारे जानकारी लिन तथा व्यवहार गर्न परिवारलाई सजिलो हुन्छ।

डिमेन्सियाको उपचार
पोषणको कमीका कारण वा थाइरोइड ग्रन्थी सम्बन्धी रोगका कारण डिमेन्सिया भएको रहेछ भने उपचार सम्भव छ । तर, अन्य कारणले भएको डिमेन्सियाको उपचार छैन भने पनि हुन्छ।

औषधि उपचार नहुने भएका कारण यस्ता बिरामीको हेरचाहमा परिवारले निकै कठिनाइ झेल्नुपर्ने हुन सक्छ। यद्यपि, यस्ता बिरामीका लागि केही कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ।

व्यक्तिगत सरसफाई र खानपिन आदि साना बच्चाबच्चीलाई जस्तै गर्नुपर्ने हुन्छ।
दिउँसो सुत्न दिँदा राति ननिदाउने समस्या हुने भएकाले राति सुत्ने बानी बसाल्नु राम्रो हुन्छ।
खास गरेर शहरमा घरको ढोका, घर कम्पाउन्ड गेट राम्रोसँग बन्द गर्नुपर्छ अन्यथा घर बाहिर गएमा बिरामी आफैं घर फर्किन सक्दैनन र परिवारका सदस्यलाई बिरामी खोज्न सास्ती हुन सक्छ ।
बिरामीको खल्तीमा घरको नाम, ठेगाना, फोन नम्बर भएको कार्ड राखिदिएमा हराएमा पनि खोज्‍न सजिलो हुन्छ।
निद्रा नलाग्‍ने , रिसाउने, तोडफोड गर्ने आदि समस्या भएमा केही औषिधको प्रयोग गर्नपर्छ ।
अनुपयुक्त व्यवहार जस्तैः कपडा खोल्ने, नाङ्गै हुने, रिसाउने, कुटपिट गर्ने वा तोडफोड गर्ने समस्या भए मनोरोग विशेषज्ञसँग सल्लाह लिएर औषधिको प्रयोग गर्न सकिन्छ ।
डिमेन्सियाबाट बच्‍ने उपाय
पहिलो कुरा, स्मरण शक्तिमा कमी आउने अरु धेरै कारण छन भनेर बुझ्नुपर्छ । जस्तै, केही भिटामिनको कमी जस्तैः भिटामिन बि १२, केही हर्माेनहरुको कमी र केही औषधिहरुको प्रयोगका कारणले स्मरण शक्ति हराउन सक्छ । त्यस्तै, डिप्रेसन रोग लाग्दा, धेरै मानसिक तनाव हुँदा, निद्राको समस्याले गर्दा, लागू औषधको प्रयोग वा धेरै मदिरापानका कारण पनि स्मरण शक्ति कम भएको हुन सक्छ । यी कारणले गर्दा स्मरण शक्ति कम भएको हो भने, कमी भएको तत्व पूरा गर्दा र नोक्सान गर्ने पदार्थहरु छोड्दा फाइदा हुन्छ।

यस्तै, धूमपान नगर्ने, मधुमेह डाइबिटिज छ भने नियन्त्रण गर्ने, उच्च रक्तचाप छ भने नियन्त्रण गर्ने
शरीरको वजन बढी छ भने घटाउने, नियमित शारीरिक व्यायाम गर्ने र रगतमा कोलेस्टेरोलको मात्रा बढी छ भने नियन्त्रणमा ल्याउने।
टाउकोमा जोडले चोटपटक लागेको छ भने पनि पछि गएर डिमेन्सिया हुने सम्भावना हुन्छ । टाउकोमा चोटपटक नलागोस भन्नेतर्फ ध्यान दिनुपर्छ।
मानसिक तनावलाई सकेसम्म कम गर्ने प्रयास गर्नुपर्छ ।
तनावको राम्रो व्यवस्थापन गर्नु भनेको आफ्ना समस्या मिल्ने साथी वा परिवारका सदस्यसँग भन्नु, समस्या समाधान गर्न प्रयास गर्नु, शारिरीक व्यायाम, ध्यान, आराम, निद्रा, पौष्टिक आहार, संगीत श्रवण आदि गतिविधि हुन् ।
स्वस्थ जीवनशैली अवलम्बन गर्दा डिमेन्सिया लगायत धेरै रोगबाट बच्न सकिन्छ, त्यसैले यसबारे युवावस्थादेखि नै ध्यान दिनु राम्रो हुन्छ।

Previous Post

मुगुमा मन्दिर दर्शन गरी फर्कने क्रममा चट्याङ लागेर एकजना दर्शनार्थीको मृत्यु

Next Post

साताको पहिलो दिन नेप्से परिसूचक ३४.४७ अंक घट्यो

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

साताको पहिलो दिन नेप्से परिसूचक ३४.४७ अंक घट्यो

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.