सबैका लागि कपाल सुन्दर हुनु राम्रो मानिन्छ । बदलिँदो जीवनशैली र बदलिँदो मौसमका कारण अधिकांश मानिस कपाल झर्ने र फुल्ने समस्याबाट ग्रसित छन् ।
सामान्य अर्थमा कपाल फुले बुढ्यौली लाग्यो भनेर बुझिन्छ । तर आजकल कपाल सेतो हुँदैन मानिस बुढो हुदैन । आजभोलि कम उमेरमै कपाल फुल्नु धेरैको साझा समस्या हो ।पुरुषमा पहिला देखिने सेतो कपाल कन्चट र महिलाहरुमा टाउकोको दायाबायाँ हुन्छ । कपाल झर्नबाट जोगाउन र उमेरमा नै फुलेको कपाल कालो बनाउन मानिस विभिन्न उत्पादन प्रयोग गर्छन् । तर यी उत्पादनमा केमिकल हुन्छन् । जसले कपाललाई हानी पुर्याउन सक्छ ।
मुख्यतया सानै उमेरमा कपाल फुल्यो भने त्यसको पछाडि वंशानुगत कारण हुन सक्छ । यसवाहेक पनि अरु धेरै कारणहरु छन् ।
यी कारणले कपाल सानै उमेरमा फुलेको हुनसक्छः
– पोषणको कमी हुन सक्छ ।
– भिटामिन डी, बी १२, जिङ्क, आइरन, क्याल्सियमको कमीले पनि कपाल फुल्न सक्छ ।
– शरीरमा कुनै दीर्घरोग भएमा पनि उमेर अगावै कपाल फुल्न सक्छ ।
– अत्यधिक वा नियमित औषधीको सेवनले पनि कपाल फुल्न सक्छ ।
– रक्त अल्पता, थाइराइड तथा हर्मोनमा परिवर्तनले पनि चाडैँ कपाल फुल्दछ ।
– पेटको गडबडी वा पेटको रोगका कारणले पनि सानै उमेरमा कपाल फुल्दछ ।
– मदिरा, धुमपान, जंक फूड आदिको लामो सेवनले पनि सानै उमेरमा कपाल फुल्दछ ।
– जथाभावी रासायनिक पदार्थ, प्रदूषणले पनि उमेर अगावै कपाल फुल्दछ ।
– मानसिक तनाव अर्थात डिप्रेसनका कारणले पनि चाडैँ कपाल सेतो हुन सक्छ ।
कपाल फुल्ने समस्याबाट छुटकारा पाउने घरेलु उपचार विधि
– समुद्रफललाई पानीमा पिसेर तीन महिनासम्म कपालमा लगाउनाले कपाल कालो हुन्छ ।
– इन्द्रायणको बिउको वेल सेतो कपालमा लगाउनाले कपाल कालो हुन्छ ।
– हर्रो, बर्रो, अमला निमको पात, मृगराज आदि सबैलाई बराबर मात्रामा लिई कालो गाईको पिसाबमा मिलाई पिसेर केही समयसम्म निरन्तर टाउकोमा लगाउनाले कपाल कालो हुन्छ ।
– शरदऋतुको समयमा छ भने हरियो अमला टिपेर १०र१२ वटा अमलाको भित्री माग फाली पिस्नुहोस् । पिसिसकेपछि उक्त धुलो टाउकोमा लगाउनाले कपाल कालो हुन्छ । यसलाई २र३ घण्टासम्म टाउकोमा लगाई साबुन प्रयोग नगरी नुहाउनुहोस् ।
– ताजा ओखरलाई दूधमा पकाई उक्त दूधबाट मथेर घ्यू निकाल्नुहोस् उक्त घ्यूलाई कपालमा लगाउनाले कपाल कालो हुन्छ ।
– कपाल फुलेको खासै कुनै उपचार हुँदैन । तर कारण जानेर उपचार गरेमा यो समस्या केहि हदसम्म कम हुनसक्छ । साथै कपालमा केमिकलयुक्त हेयर कलरको प्रयोग गर्नु हुदैन ।
साथै सन्तुलित आहार तथा एन्टिअक्सिडेन्टयुक्त खानेकुरा खाने, गुणस्तरयुक्त सावुन तथा स्याम्पुको प्रयोग गरेमा कपाल फुल्नबाट बच्न सकिन्छ ।







Discussion about this post